२०७७ असार २१, आईतबार

मनसुनको पहिलो १५ दिन: गत वर्षभन्दा बढी मानवीय क्षति

काठमाडाैं। पर्वतको कुश्मा नगरपालिका-३ दुर्लुङमा मनसुन सक्रिय भएकै दिन गत जेठ ३१ गते घरमा पहिरो खस्दा दुई परिवारका ९ जनाले ज्यान गुमाए।

५४ घर रहेको वस्तीको बीचमा पहिरो खस्दा तीन घरगोठ बगाएको थियो भने अझै ९ घर उच्च जोखिममा रहेका छन्।

असार ८ गते पाल्पाको तानसेन नगरपालिकास्थित सम्मोबारीमा फेरि अर्काे विपद्को घटना दोहोरियो।

त्यहाँ पहिरो खस्दा चारजनाले ज्यान गुमाए भने चारवटा गाडीसमेत पुरिएको थियो।

मनसुन सक्रिय भएको पहिलो १५ दिनको अवधिमा पहिरोका कारण मात्रै १८ जनाको दुःखद् निधन भएको छ। 

अन्य घटना जोड्दा ३१ जनाले ज्यान गुमाइसकेका छन्। गत वर्ष यो अवधिमा १४ जनाको ज्यान गएको थियो। 

सो अवधिमा गत वर्षको तुलनामा विपद्का घटना केही कम देखिए तर मानवीय क्षति भने निकै बढी हुन पुगेको छ।

मनसुन शुरू भएको पहिलो १५ दिनको तथ्याङ्क विश्लेषण गर्दा पछिल्लो १० वर्षमा यो वर्ष २०७० पछिकै सबैभन्दा बढी मानवीय क्षति भएको पाइएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त अवधिमा गत वर्ष १५९ घटना भएकोमा यस वर्ष १४३ घटना भयो।

घटना १६ ले कमी आए पनि मानवीय क्षति भने दोब्बर बढी अर्थात् गत वर्ष १४ को मृत्यु भएकामा १७ बढेर यस वर्ष ३१ जनाले ज्यान गुमाए।

पहिरोबाहेक यो अवधिमा चट्याङबाट १० र सर्पको डसाइबाट तीनजनाको ज्यान गएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताए।

पछिल्लो १० वर्षको उक्त १५ दिनको तथ्यांक विश्लेषण गर्दा २०७० मा सबैभन्दा बढी बाढी, पहिरोका घटना भएको थियो।

बाढीका ४९ र पहिरोका २३ घटना भएकोमा त्यस साल बाढीबाट ५२ र पहिरोबाट ३० गरी ८२ जनाले ज्यान गुमाएका थिए। त्यसपछि अहिले नै बढी मानवीय क्षति भएको छ।

यस वर्ष मनसुन शुरू भएपछिको १५ दिनमा पहिरोका घटना बढी भयो। रासस

प्रकाशित: मंगलबार, असार १६, २०७७ १७:५५
समाचार सारांशमा :
  • मनसुन सक्रिय भएको पहिलो १५ दिनको अवधिमा पहिरोका कारण मात्रै १८ जनाको दुःखद् निधन भएको छ। 
  • अन्य घटना जोड्दा ३१ जनाले ज्यान गुमाइसकेका छन्। गत वर्ष यो अवधिमा १४ जनाको ज्यान गएको थियो। 
पूरा समाचार पढ्नुहोस्