२०७७ असार २१, आईतबार

सुदूरपश्चिममा थप ९६ जनामा कोरोना पुष्टि

कैलाली। सुदूरपश्चिममा आज थप ९६ जनामा कोरोना पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, पाटन अस्पताल, वीर अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र धनगढी प्रयोगशालामा भएका परीक्षणमा ९६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा अछामका २७ जना र बाजुराका एक पुरुषमा कोरोना पुष्टि भएको छ।

यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा बाजुराका ४८ जना, पाटन अस्पतालमा भएको परीक्षणमा डडेल्धुराका एक पुरुष र वीर अस्पतालमा भएको परीक्षणमा डोटीका १५ जना, बैतडीका र अछामका एक/एक जनामा कोरोना पुष्टि भएको छ।

यस्तै धनगढीमा भएको परीक्षणमा कैलालीका एक र अछामका एक जनामा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले बताए।

योसँगै सुदूरपश्चिम प्रदेशमा काेराेना सङ्क्रमितकाे सङ्ख्या द्ई  हजार ४६२ पुगेकाे छ।

सुदूरपश्चिममा थप ९६ जनामा कोरोना पुष्टि

प्रकाशित: मंगलबार, असार १६, २०७७ १७:०९
समाचार सारांशमा :
  • राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा अछामका २७ जना र बाजुराका एक पुरुषमा कोरोना पुष्टि
  • सुदूरपश्चिम प्रदेशमा काेराेना सङ्क्रमितकाे सङ्ख्या द्ई  हजार ४६२ पुग्याे
पूरा समाचार पढ्नुहोस्