२०७७ साउन १, बिहिबार

हिमालय एयरलाइन्स र हुवावेले सहकार्य गर्ने

काठमाडौं। हिमालय एयरलाइन्स र हुवावे क्लाउडले आपसमा सहकार्य गर्ने सम्झौता गरेका छन्। दुई कम्पनीले २८ जुनमा आयोजित एक कार्यक्रममा सहकार्य गर्ने सम्झौता गरेका हुन्।

सम्झौतामा हिमालय एअरलायन्सका अध्यक्ष झोउ इन्योङ्‍ग र हुवावे टेक्नोलोजिज् नेपालका प्रमुख कार्यकारी अधिकृत डेङ्‍ग शुइजेनले हस्ताक्षर गरेका छन्।

हुवावेसँगको सम्झौतापछि हिमालय एअरलाइन्सलाई थप सक्षम बनाउन प्रतिस्पर्धात्मक सेवामार्फत् यात्रुलाई उत्कृष्ट टिकेटिङकाे विकल्प र यात्रा अनुभव प्रदान गर्नेछ। सम्झौताले हिमालय एअरलाइन्सलाई दक्षिण एशियाको अग्रणी वायुसेवाको रुपमा स्थापित गर्न सहज हुनुका साथै स्मार्ट उड्डयन क्षेत्र निर्माण र बहुआयामिक हवाई सञ्जाललाई प्रवर्द्धनमा मद्दत पुग्ने बताइएको छ।

आपसी लाभ र साझा विकास प्राप्त गर्ने उद्देश्यका साथ हिमालय र हुवावेले आइसीटी प्रविधिहरु (हुवावे क्लाउड र एआई) मा सहकार्य गर्ने हिमालय एअरलाईन्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

जसमा विद्यमान आइसीटी प्रविधि उपकरणहरुको मर्मत, व्यवसाय इन्टेलिजेन्स प्रणालीको विकास, हिमालयको बिक्री तथा वित्त प्रणालीका लागि क्लाउड प्लाटफर्मको निर्माण गर्ने लगायतका कार्यहरु पर्नेछन्।

भविष्यमा हिमालय एअरलाइन्स्, हुवावे र अन्य तेस्राे पक्षहरुसँग यात्रु र कार्गो यातायात प्रणालीसँग सम्बन्धित सम्पूर्ण किसिमका सहकार्यहरुका लागि तत्पर रहने बताइएको छ।

प्रकाशित: मंगलबार, असार १६, २०७७ १०:२३
सारांशमा :
  • आपसी लाभ र साझा विकास प्राप्त गर्ने उद्देश्य
  • स्मार्ट उड्डयन क्षेत्र निर्माण र बहुआयामिक हवाई सञ्जाललाई प्रवर्द्धनमा मद्दत पुग्ने 
पूरा पढ्नुहोस्