२०७७ असार २०, शनिबार

सरकार ढाल्न खोजिएको विषयमा प्रस्ट पार्न प्रधानमन्त्रीसँग नेकपा नेताहरूको माग

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूले सरकार ढाल्न खोजिएको विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिबारे प्रस्ट पार्नुपर्ने माग गरेका छन्।

बालुवाटारमा जारी बैठकको सुरुआतमा बोल्दै अर्का अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरूले प्रधानमन्त्रीलाई प्रस्ट पार्न माग गरेका हुन्।

बैठकमा अन्य सदस्यहरुले यस विषयमा प्रमाण पेश गर्न पनि भनेका छन्। नेताहरूले यस विषयमा प्रस्ट पार्न कुरा उठाएका थिए। तर प्रधानमन्त्रीले भने नेताहरूको कुरा सुनेको र कुनै जवाफ भने नदिएको स्थायी कमिटीका एक सदस्यले जानकारी दिए।

अहिलेसम्म नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमले यस विषयमा प्रस्ट पार्न माग गरेका हुन्। प्रधानमन्त्री भने बैठकमा ब्रेकपछि बाहिरिएका छन्। अहिले बैठक पुनः सुरु भइसकेको छ। तर प्रधानमन्त्री आइपुगेका छैनन्। 

प्रधानमन्त्रीले असार १४ गते दिएको मिचिएको भूमि फिर्ता लिन खोजेका बेला प्रधानमन्त्रीबाट हटाउन विभिन्न खेल भइरहेको बताएका छन्।

प्रकाशित: मंगलबार, असार १६, २०७७ १४:३८
समाचार सारांशमा :
  • सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूले सरकार ढाल्न खोजिएको विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिबारे प्रस्ट पार्नुपर्ने माग गरेका छन्।
पूरा समाचार पढ्नुहोस्