२०७७ साउन १, बिहिबार

स्रोत नखुलेको नगदसहित दुईजना पक्राउ 

काठमाडौं। स्रोत नखुलेको नगद ६५ लाख ८ हजार रूपैयाँसहित प्रहरीले आज काठमाडौं महानगरपालिकाको कुलेश्वरबाट दुई जनालाई पक्राउ गरेको छ। 

केन्द्रीय प्रहरी समाचार कक्षले जनाएअनुसार कुलेश्वर बस्ने बारा जितपुरका ४७ वर्षे रमेश सिंह र भारत घर भएका २५ वर्षे रविशंकर सिंहलाई पक्राउ गरिएको हो।

अवैध नगद कारोबार भइरहेको भन्ने सुराकीका आधारमा घटनास्थल पुगेको महानगरीय प्रहरी वृत्त कालिमाटीको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको थियो। दुवैलाई थुनामा राखेर अनुसन्धान भइरहेको बताइएको छ।

स्रोत नखुलेको नगदसहित दुईजना पक्राउ 

प्रकाशित: मंगलबार, असार १६, २०७७ ०७:३५
सारांशमा :
  • कुलेश्वर बस्ने बारा जितपुरका ४७ वर्षे रमेश सिंह र भारत घर भएका २५ वर्षे रविशंकर सिंह पक्राउ
पूरा पढ्नुहोस्