२०७७ साउन १, बिहिबार

ट्याक्सी चलाउन पाउनुपर्ने मागसहित व्यवसायीहरू आन्दोलनमा उत्रिए

काठमाडौं। लामो समय लकडाउनका कारण ट्याक्सी चलाउन नपाउँदा आम्दानीको स्रोत बन्द भएको भन्दै ट्याक्सी व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्।

रोगले नभई भोकले मर्ने अवस्था आएको भन्दै ट्याक्सी सञ्चालनको माग गर्दै आन्दोलन गर्नुपरेको व्यवसायीहरूले बताएका छन्। 

अखिल नेपाल यातायात मजदुर संघ बागमती प्रदेशका अध्यक्ष दीपक केसीले सरकारलाई हिजो, १५ असारसम्मलाई आफ्नो माग सम्बोधन गर्न समय दिइएको तर सरकारले बेवास्ता गरेपछि विरोध स्वरुप ट्याक्सीको चाबी यातायात व्यवस्था विभागमार्फत सरकारलाई बुझाइएको बताए। 

ट्याक्सी चलाउन नपाउँदा बैंकको किस्ता तिर्न समस्या भएको र बैंकले ट्याक्सी नै लिलाम गर्ने अवस्था आएकाले यातायात व्यवस्था विभाग मार्फत सरकारलाई चाबी बुझाइएको केसीको भनाइ छ। 

"निजी गाडी सञ्चालन गर्दा कोरोना नलाग्ने तर ट्याक्सी सञ्चालन गर्दा लाग्ने जस्तो गरी सरकारले व्यवहार गरेको छ", उनले गुनासो गरे। 

व्यवसायीहरुले ट्याक्सी सञ्चालन गर्न नपाउँदा आफ्नो दैनिक जीवन निर्वाहमा समस्या भएको गुनासो गरेका छन्। 

व्यवसायीहरूले पछाडिको सिटमा दुईजना मात्र राखेर ट्याक्सी चलाउन पाउनुपर्ने बताएका छन्। 

उनीहरूले स्यानिटाइनजर र मास्कसहित पछाडि दुईजना राखेर उपत्यकाभित्र ट्याक्सी चलाउन पाउनुपर्ने भन्दै यसअघि नै ज्ञापन पत्र बुझाएको तर सरकारले बेवास्ता गरेकोले आन्दोलन गर्नुपरेको बताए। 

प्रकाशित: मंगलबार, असार १६, २०७७ ०६:४५
  • रोगभन्दा भोकले मर्ने अवस्था आएको भन्दै ट्याक्सी व्यवसायीले सरकारलाई बुझाए चाबी
  • स्यानिटाइनजर र मास्कसहित पछाडि दुईजना राखेर उपत्यकाभित्र ट्याक्सी चलाउन पाउनुपर्ने 
  • ट्याक्सी चलाउन नपाउँदा बैंकको किस्ता तिर्न समस्या भएको र ट्याक्सी नै लिलाम हुन लागेको गुनासो