२०७७ असार २१, आईतबार

‘सेल्फ क्‍वारेन्टिन’ : भिन्न परिवेश, पृथक अनुभूति

२०७६ को अन्तिम पक्ष (चैत १५ पछिको दुई साता) मेरो जीवनमा ठूलो वियोगान्त नाटकको समय बनेर आयो। सत्य घटनामा आधारित त्यो नाटकमा म आफू नै एक अभिनेता बन्न पुगेँ। विधाता नै निर्देशक रहेको त्यस नाटकमा हाम्रा बा प्रा. मधुसूदन रिसाल ‘प्रदीप’ सधैँका लागि अनन्त यात्रा गर्न जानुभयो। अनि सांस्कृतिक परम्परालाई पछ्याउँदै उहाँको क्रियाका लागि म बसेँ ‘सेल्फ क्‍वारेन्टिन’मा, एउटा भिन्न परिवेश अनि एक पृथक अनुभूति सँगालेर।

वर्षान्तका दुई महिना मिडिया अनि जनजिब्रोमा औधी प्रचलित शब्द हो ‘क्‍वारेन्टिन’। तर हाम्रो संस्कृति अनि परम्परामा भने लामो समयदेखि नै प्रयोगात्मक अभ्यासमै प्रचलनमा रहेछ यो पद्दति।

खासगरी नजिकैका व्यक्तिको मृत्युपछि उनका अति नजिकका नातेदारले आशौच बार्नुपर्ने, और्धदेहिक क्रियाकर्म गर्नका लागि १०-१३ दिन (लगभग दुई साता) सकभर तल्लो तल्लामा नै अलग्गै बस्नुपर्ने, मृतकका लागि पिण्डदान-जलदान गर्नुपर्ने... चोखो अनि अलग बस्नुपर्ने... एकसरो नसिलाएको सेतो कपडा (मेखला, नयाँ धोती) लगाउनुपर्ने, पराल या राम्ररी सुकाइएका राडीपाखीमा सुत्नुपर्ने, एक छाकमात्र शुद्ध सात्विक भोजन गर्नुपर्ने, दैनिक स्नान गर्नुपर्ने- छुट्टै धारामा। अझ कसैलाई छुनसमेत नहुने, आफैंले पकाएर एक्लै नै खानुपर्ने, अरूले प्रयोग गरेका कपडा, भाँडाकुँडा, शौचालय, पानी केही पनि प्रयोग गर्न नपाइने! यी सबै अहिले प्रचलित क्‍वारेन्टिनका नै नियम होइनन् र? भौतिक दूरी कायम गरी घरभित्रै रहनुपर्ने, हात नमिलाउने, बारम्बार साबुनपानीले हात धोइरहनुपर्ने, अरूसँग घुलमिल, छाइछुइ नभई, भीडभाड नगरी निश्चित दूरीमा बस्नुपर्ने। आफ्ना लत्ताकपडा, सरसामान आफैंले मात्र प्रयोग गर्नुपर्ने, साटफेर गर्न नपाइने।

१० दिनमा प्रत्येक दिन सूक्ष्म शरीरको एक एक भाग (शीर, मुखाकृति, छाती, हातखुट्टा आदि) बन्ने अनि १० दिनपछि मात्र अन्नपानी ग्रहण गर्न सक्ने पूर्ण शरीर बनिसक्ने भएकोले दसै दिनको किरिया आवश्यक रहेको गुरूजनको मान्यता छ।

बाको अकल्पनीय रूपमा भएको देहावसानपछि म पनि अलग्गै बस्नुपर्ने भयो। लकडाउन (बन्दाबन्दी)को समय, घरनजिकैको किरियाभवनमा बस्ने सल्लाह भयो। परिवारका सदस्यहरू पनि सबै जम्मा हुन नसक्ने समयमा येनकेन प्रकारेण जुटेका बन्धुबान्धव, मित्रवर्ग आदिको सहयोगमा स्रोतसाधन जुटाइयो। अनि एक दिनको पूरा क्षेत्रवास (उपवास) बसेर भोलिपल्टदेखि सुरू भयो धार्मिक-सांस्कृतिक-परम्परागत विधिअनुसारको किरियाकर्म। बन्दाबन्दीको कठिन समयको त्यो सेल्फ क्‍वारेन्टिन जीवनभरिकै लागि अविस्मरणीय घटनाका रूपमा रह्यो, रहिरहनेछ पनि।

आफन्तजन, त्यसमा पनि आफ्ना जन्मदाता पिताको मृत्युको पीडा, अनि त्यो वबयोगको असिम मर्म भोग्नेलाई मात्र थाहा हुन्छ। त्यस्तो समयमा यसरी क्‍वारेन्टिनमा बस्नुपर्ने, सम्झँदै पनि अत्यासलाग्दो... ‘दु:खको बेला’ भनी सामाजिक रूपमा नै परापूर्वकालदेखि नै मानिँदै आएको।

म भने मनोचिकित्साको विद्यार्थी-शोधार्थी अनि अहिले मनोचिकित्सा नै मेरो पेशा... पहिल्यैदेखि नै हाम्रो पूर्वीय हिन्दू संस्कारमा चल्दै आएको अन्त्येष्टि-किरियाकर्म आदिलाई वियोगको पीडाको मनोवैज्ञानिक उपचार प्रक्रियाका रूपमा नै हेर्ने गर्थें। अहिले आफैंले अनुभूत गरिसकेपछि त झन् त्यो दृष्टिकोण अझै मजबुत भएको छ। 

हो, यो अत्यन्त नै प्रभावकारी उपचार पद्दति रहेछ। हिन्दू मान्यतामा षोडश संस्कारमध्येको महत्त्वपूर्ण संस्कार, अन्तिम संस्कार जसमा व्यक्ति आफैं सरिक हुन नपाउने, उसका एकदमै नजिकैका आफन्त (पुत्र)ले नै गरिदिनुपर्ने त्यो संस्कार उसको सद्गतिका लागि त महत्त्वपूर्ण हो नै, अझ त्यस संस्कारले परिवारमा परेको पीडा, चोट अनि मनोसामाजिक आघातहरूमा समेत मल्हमपट्टी लगाउने रहेछ। मलाई यो नमीठो समयमा हुनपुगेका यी अनुभूतिले हाम्रो पूर्वीय ज्ञान-आचार एवम् मान्यताहरूप्रति अझै बढी लालसा, तृष्णा र भोक बढाइदिएको छ। यसका आध्यात्मिक अनि वैज्ञानिक पक्षहरूको अध्ययन-अन्वेषणप्रति अझ जिज्ञासु अनि मुमुक्षु बनाइदिएको छ। बाको स्वर्गारोहणको दुई सातापछि कोर्न थालेका यी अक्षरहरू त्यही जिज्ञासाका प्रारम्भिक रेखाङ्‍कन मात्र हुन्, विस्तृत अध्ययनपछि अझै बढी लेख्ने नै छु, कोर्ने नै छु।

म संस्कृत भाषाको ज्ञाता होइन, न त धर्मशास्त्र नै मेरो औपचारिक अध्ययनको विषय! विधि व्यवहारमा पर्ने धार्मिक चाडवाड, पूजापाठहरूका बारेमा थोरबहुत अभ्यास एवम् जानकारी भएता पनि अन्तिम संस्कारको कुरा त आफैंलाई नपरी या आफैं सरिक नभई नजानिने नै रहेछ। विगत १५ दिनयता आफूले गरेको अभ्यास, मान्यवर एवम् गुरूजनसँगको सवालजवाफ अनि गरूडपुराणको एकसरो पारायण श्रवण गरेपछि भने केही जान्ने-बुझ्ने भएको महसुस भएको छ।

आत्माले शरीरलाई छोडेपछि व्यक्तिको मृत्यु भएको मानिन्छ। त्यसपछि त्यस शरीरको अन्त्येष्टि गरेर शरीर बनाउने पञ्चमहाभूत (पृथ्वी, जल, तेज, वायु, आकाश)लाई ती पाँचै तत्त्वसँग समागम गराइन्छ। त्यसका लागि हाम्रो संस्कृतिअनुसारको दाहसंस्कार नै अत्युत्तम लाग्छ। व्यक्तिको मृत्युको शारीरिक कारण जे पनि हुन सक्छ, सङ्‍क्रमण या सरूवा रोग भएकाहरूको सङ्‍क्रमण समाजमा फैलने सम्भावनालाई पूरै निस्तेज गर्ने अग्निदाहबाहेक अरू वैज्ञानिक उपाय के नै पो हुनसक्ला र?

घरायसी काममा उतिसारो मेसो नभएको मलाई सुरूका एक-दुई दिन त गाह्रो नै अनुभव भयो। तर १२ दिनसम्ममा सिकियो-जानियो। हामीलाई धार्मिक कार्यमा सहयोग गर्ने गुरूको भनाइ सापटी लिएर भन्नुपर्दा यो समय आमाबाबु नभएपछिको एक्लो जीवनलाई स्वतन्त्र रूपमा बाँच्न सक्ने समर्थ बनाउन छोराहरूलाई तालिम दिने समय पनि हो।

अन्त्येष्टि सकिनासाथ मृतकको सबैभन्दा नजिकका व्यक्तिहरू (विशेषत: छोरा) क्रियाकर्मका लागि अलग्गै बस्ने माथि व्याख्या भएझैँ सेल्फ क्‍वारेन्टिन  विधिले सम्भावित सङ्‍क्रमण-फैलावटलाई रोक्ने काम गर्छ। अझ १०-१३ दिनको संस्कारले त अहिले प्रचलित १४ दिने क्‍वारेन्टिन अवधिलाई झनै प्रमाणित गरेको होइन र?

गरूडपुराणमा उल्लेख भएमुताबिक मृत्युपछिको १० दिनसम्म शरीरलाई छोडेर वातावरणमा निस्किएको आत्मा प्रेतावस्थामा रहेको हुन्छ। उक्त प्रेत जमिनमा टेक्न सक्दैन अनि जल-भोजन आदिका लागि छट्पटिरहेको हुन्छ। त्यसमाथि नजिकका व्यक्तिहरू अनि परिवारका सदस्यको माया, प्रेम, पीडा, आँसुका कारण त्यो प्रेत परलोक जाने आफ्नो महायात्राका लागि तयार हुन सकिरहेको हुँदैन। 

अत: त्यस प्रेतलाई आवश्यक अन्नपानी ग्रहण गर्न समर्थ बन्नका लागि एउटा सूक्ष्म शरीरको आवश्यकता पर्छ अनि आफन्तहरूको भावात्मक अनुभूतिबाट प्रभावित हुन नदिनका लागि नजिकका व्यक्तिहरूको प्रार्थना, पिण्डदान आदि चाहिन्छ। त्यसैका लागि १० दिने क्रियाकर्म (दशक्रिया) गर्ने, ढिकुरो बनाउने, श्राद्धादि गर्ने, जलदान-पिण्डदान गर्ने, पुराणश्रवण गर्ने आदि विधि गरिन्छ। १० दिनमा प्रत्येक दिन सूक्ष्म शरीरको एक एक भाग (शीर, मुखाकृति, छाती, हातखुट्टा आदि) बन्ने अनि १० दिनपछि मात्र अन्नपानी ग्रहण गर्न सक्ने पूर्ण शरीर बनिसक्ने भएकोले दसै दिनको किरिया आवश्यक रहेको गुरूजनको मान्यता छ।

भावनात्मक कुरा नै मात्र मानिने भएता पनि १० दिनमा क्रियाकर्म गरिदिने व्यक्ति (छोरा) अनि बन्धुबान्धवको मनोवैज्ञानिक आघात कम गर्न पनि यी दिनहरूले ठूलो काम गरेको मैले प्रत्यक्ष नै अनुभूति गर्न सकेकाले यस पद्दति अपरिहार्य रहेको म ठोकुवा गर्न सक्छु। विस्तृत अध्ययनपछि यस क्रियाको प्रामाणिकता अझै उजागर गर्ने नै छु भविष्यमा।

१० दिनमा सूक्ष्म शरीर प्राप्त गरेको प्रेतले ११औं दिनमा आफन्तले दिएको दान वस्तु (शैया, सामल, भाँडाकुँडा आदि) ग्रहण गर्ने अनि १२औं दिनमा गरिने सपिण्डीकरण श्राद्धपछि प्रेतत्वबाट पितृत्वमा पुगेर आफ्नै कूलको पितृगण (पिता, पितामह आदि)सँग गई मिल्ने विश्वास गरिन्छ। प्रेतत्व मोचनका लागि १२ दिनसम्मको विधिविधान अपरिहार्य रहेको अनि पिताको प्रेतत्व मोचन गर्ने कर्तव्य छोराछोरीको नै भएको शास्त्रवचन छ। अनि १३औं दिनमा गरिने रूद्री, हवन, वेदपाठ आदिले गर्ने गृहशुद्धि अनि मानसिक शान्ति-सन्तुष्टिको प्रभाव त अवर्णनीय नै छ। अत: मनोवैज्ञानिक पीडाबाट मुक्तिका लागि मात्र नभई आफ्नो वंश-कूल परम्परा अनि पितृऋण मोचनका लागि पनि अपरिहार्य रहेछ यो संस्कार-पद्दति। अझ विस्तृत शास्त्रीय अध्ययनपछि यो परम्पराको वैज्ञानिकता पुष्टि गर्ने प्रयास गर्ने नै छु।

यी त भए धार्मिक-सांस्कृतिक पक्ष, प्रेतत्वमा रहेका पितालाई और्धदेहिक क्रियाको माध्यमद्वारा पितृलोकमा पुर्‍याई संसारचक्रबाट मुक्त गराई मोक्षत्व अथवा अर्को जन्मका लागि तयार पार्ने प्रक्रिया। त्यस्तै सङ्‍क्रमण या रोग प्रसारबाट बचाउने क्‍वारेन्टिन  विधि पनि यसैमा अन्तर्निहित रहेको चर्चा पनि गरी नै सकियो।

अर्को सामाजिक पक्ष, यी १२ दिनमा आफैं पकाउने, खाने, भाँडाकुँडा माझ्ने, आगो बालेर पिण्ड तयार गर्ने, सरसफाइ गर्ने, लुगा धुने आदि प्रक्रिया पनि एक्लै नै गर्नुपर्‍यो। घरायसी काममा उतिसारो मेसो नभएको मलाई सुरूका एक-दुई दिन त गाह्रो नै अनुभव भयो। तर १२ दिनसम्ममा सिकियो-जानियो। हामीलाई धार्मिक कार्यमा सहयोग गर्ने गुरूको भनाइ सापटी लिएर भन्नुपर्दा यो समय आमाबाबु नभएपछिको एक्लो जीवनलाई स्वतन्त्र रूपमा बाँच्न सक्ने समर्थ बनाउन छोराहरूलाई तालिम दिने समय पनि हो।

बन्दाबन्दीको समयमा अकस्मात् पर्न आएको दुई साताको सेल्फ क्‍वारेन्टिनमा रहँदाको मेरो नितान्त निजी-व्यक्तिगत अनुभव लिपिबद्ध गर्ने प्रयास मात्र हो यो मेरो। यसमा अझ अध्ययन गर्ने ढोका खुलै राखेको छु मैले। मनोसामाजिक स्वास्थ्यमा पार्ने प्रभावको पनि प्रत्यक्ष नै अनुभव गर्ने मौका मिल्यो मलाई। यसका वैज्ञानिक पक्षहरू उजागर गर्ने प्रयास गर्ने नै छु। अध्यात्म र विज्ञान जोड्ने प्रयासको श्रीगणेश भने गरेको छु।

(लेखक धुलिखेल अस्पताल, काठमाडौं विश्वविद्यालय अस्पतालका मानसिक रोग विशेषज्ञ हुन्।)

प्रकाशित: मंगलबार, असार १६, २०७७ ११:२८
समाचार सारांशमा :
  • हाम्रो संस्कृति अनि परम्परामा लामो समयदेखि प्रचलनमा रहेछ क्‍वारेन्टिन
  • आत्माले शरीर छोडेपछि व्यक्तिको मृत्यु भएको मानिन्छ, त्यसपछि हाम्रो संस्कृतिअनुसारको दाहसंस्कार नै अत्युत्तम लाग्छ
  • १०-१३ दिनको संस्कारले त अहिले प्रचलित १४ दिने क्‍वारेन्टिन अवधिलाई झनै प्रमाणित गरेको होइन र?
पूरा समाचार पढ्नुहोस्