२०७७ साउन १, बिहिबार

यस्तो देखियाे छम्पीको धान दिवस...


गाेपेन राई
सोमबार, असार १५, २०७७ १२:५०
प्रकाशित: सोमबार, असार १५, २०७७ १२:५०

आज मुलुकभर विभिन्न कार्यक्रमसहित १७ औं धान दिवस मनाइएको छ।

यही अवसरमा ललितपुरको छम्पीका खेतमा आज पुग्दा किसानहरू रोपाइँमा व्यस्त थिए। उनीहरू दही चिउरा खाँदै रोपाइँमा रमाइरहेका भेटिए। छम्पीका अधिकांश खेतमा भने रोपाइँ गरिसकिएको पाइयाे। त्यसैले खेतमा किसानहरू थाेरै सङ्ख्यामा देखिन्थ्यो।

अन्य दिन आफ्नो दैनिकीमा व्यस्त रहने सहरी क्षेत्रका मानिसहरू असार १५ का दिन खेतमा पुगेर रमाउने संस्कार बढ्दो छ। 

किसानहरू भने मनसुनी वर्षा शुरू भएपछि हरेक दिनजसो रोपाइँमा व्यस्त हुन्छन्। धान दिवसका दिन भने किसानहरू सामूहिक रूपमा दही चिउरा खाने, असारे गीत गाउने, नाचगान गर्ने र एक अर्कालाई हिलो छ्यापेर रमाइलो गर्ने गर्दछन्। 

विगतमा तामझामका साथ मनाइँदै आएको धान दिवस यस वर्ष कोरोना महामारीका कारण सामान्य कार्यक्रम आयोजना गरी मनाइएको छ।

सरकारले धानमा आत्मनिर्भर बन्ने लक्ष्यससहित २०६२ बाट प्रत्येक असार १५ मा धान दिवस मनाउन शुरू गरेको थियो। 

आज ललितपुर छम्पी क्षेत्र पुगेर कैद गरिएका तस्वीरहरूः