२०७७ साउन १, बिहिबार

एनआरएनएले शुरू गर्‍याे डिजिटल परिचयपत्रकाे वितरण

काठमाडाैं। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले डिजिटल परिचय पत्र वितरण शुरू गरेकाे छ। 

एनआरएनएले डिजिटल प्रविधियुक्त बनाउन स्मार्ट एनआरएनए प्रोजेक्टको घोषणा गरेको दुई महिना नहुँदै डिजिटल परिचयपत्र वितरण शुरू गरेकाे हाे।

गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माले पहिलो चरणमा गैरआवासीय नेपाली संघ अमेरिकाका राष्ट्रिय समन्वय परिषदबाट सो परिचयपत्र वितरण शुरू भएकाे बताए। 

एनआरएनएले चरणबद्धरूपमा अन्य देशमा पनि परिचयपत्र योजनाबद्ध तरिकाले वितरण गर्ने योजना बनाएको छ। नयाँ प्रविधिको डिजिटल परिचयपत्र प्राप्त गर्न सबै पन्जिकृत सदस्यहरूको विवरण गैरआवासीय नेपाली संघको केन्द्रीय प्रणाली (एमआईएस) मा नाम दर्ता गरेको हुनुपर्छ।

टेण्डरमार्फत् नेपालको एक कम्पनीलाई यसको जिम्मा दिइएको संघका महासचिव शर्माकाे भनाइ छ। 

उक्त कम्पनीले सचिव गौरी जोशीको नेतृत्वमा रहेको स्मार्ट एनआरएनए कमिटीसँग संयोजन गरेर काम गर्नेछ।

स्मार्ट एनआरएनए प्रोजेक्ट प्रयोगमा आएपछि संघका सदस्यहरूको विद्युतीय डाटाबेस तयार गरिनेछ।

सदस्यता फाराम आ-आफ्नो मोबाइलबाट भर्न सकिनेछ भने पहिलेको एमआईएस पद्धतिलाई सरल, सुरक्षित र व्यवस्थित गरिने एनआरएनएले जनाएकाे छ। 

संघका सम्पूर्ण गतिविधि मोबाइल एप्सबाट प्राप्त गर्न सकिनेछ। सदस्यहरूले आ-आफ्नो मोबाइल फोनमा डिजिटल आईडी कार्ड डाउनलोड गर्न सक्नेछन्।

प्रत्येक सदस्यको युनिक सदस्यता नम्बर हुनेछ, सदस्यता नवीकरण सहज हुनेछ भने संघका विभिन्न निकायका निर्वाचन विद्युतीय पद्धतिबाट गर्न सकिने एनआरएनएकाे भनाइ छ।

सदस्यहरूले पाउने सुविधा र सहुलियत अनलाइनबाट व्यवस्था गरिनेछ।

सदस्यहरूले क्रेडिट वा डेबिट कार्ड प्रयोग गरी संघलाई आर्थिक सहयोग गर्न सक्नेछन् भने निर्वाचनमा रजिष्ट्रेशन शुल्क तिर्न घन्टौं लाइन बस्नुपर्ने छैन।

हरेक राष्ट्रिय समन्वय परिषदको वेबसाइटको व्यवस्था गरिनेछ। वेबसाइटमा एकरूपता ल्याइनेछ भने आईसीसीको वेबसाइटलाई आधुनिकरण गरिनेछ।

संघका दस्तावेज, बैंठक, सम्मेलन, प्रोजेक्ट आदिको डिजिटल लाइब्ररी तयार गरिने संयोजक जोशीले बताए।

प्रकाशित: सोमबार, असार १५, २०७७ १२:४१
सारांशमा :
  • स्मार्ट एनआरएनए प्रोजेक्ट प्रयोगमा आएपछि संघका सदस्यहरूको विद्युतीय डाटाबेस तयार गरिनेछ।
  • सदस्यता फाराम आ-आफ्नो मोबाइलबाट भर्न सकिनेछ। 
  • पहिलेको एमआईएस पद्धतिलाई सरल, सुरक्षित र व्यवस्थित गरिनेछ।
  • संघका सम्पूर्ण गतिविधि मोबाइल एप्सबाट प्राप्त गर्न सकिनेछ।
  • सदस्यहरूले आ-आफ्नो मोबाइल फोनमा डिजिटल आईडी कार्ड डाउनलोड गर्न सक्नेछन्।
पूरा पढ्नुहोस्