२०७७ असार २१, आईतबार

घाइते खेलाडीको भावना कसले बुझ्ने ?

त्यतिबेलाको पीडा सम्झने हो मेरो शरीरमा अझै पनि काँडा उम्रन्छ। २०१७ अगष्टमा हो, मलाई चोट लागेको। त्रिपुरेश्वरस्थित् राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा नेपाल बास्केटबल संघले आयोजना गरेको ‘थ्री बाई थ्री प्रेसिडेन्ट कप’ बास्केटबल प्रतियोगिता भइरहेको थियो। म प्राइम कलेजको टीममा थिएँ। 

साइपल एकेडेमीविरुद्धको सेमिफाइनलमा मलाई चोट लागेको थियो। रिबाउन्डमा आएको बल लिने क्रममा मेरो घुँडा विपाक्षी खेलाडीको घुँडामा ठोक्कियो। म भुईँमा लडें। एकदम धेरै पीडा भएपछि मलाई सिधै रंगशाला नजिकको ब्लुक्रस अस्पताल लगियो। त्यहाँ एक्स–रे गरेर हेरियो। डाक्टरले दुई साता आराम गरेपछि ठीक हुन्छ भन्नु भयो। तर, दुई सातापछि आराम भएन। दुखाई झन बढ्यो।

त्यसपछि मैले प्रशिक्षक विकास शाही र टीम म्यानेजर सन्तोष ताम्राकारलाई सम्पर्क गरेँ। उहाँहरूले मलाई एमआरआई गर्न लग्नुभयो। एमआरआई गरेपछि मात्र थाहा भयो कि मेरो एसियल (एन्टियर क्रुसियल लिगामेन्ट)मा चोट लागेको रहेछ। फिजियो गरेपछि ठीक हुन्छ भन्ने कुरा भयो। ठीक हुन्छ भन्ने भएपछि टीम, प्रशिक्षक सबैले साथ छोड्नु भयो। 

हाम्रो खानपिन पनि मिल्दैन। प्रशिक्षकहरूलाई पनि त्यसबारे राम्रो जानकारी हुँदैन। त्यही कारण म घाइते हुँदा प्रशिक्षकले राम्रो सुझाव दिन नसक्नुभएको हो।

फिजियोथेरापीबाट मात्र नभएपछि डाक्टरले सानो शल्यक्रिया गर्नुपर्छ भन्नुभयो। डाक्टरले जे–जे भन्नुभयो मैले त्यो मान्दै गएँ। त्यतिबेला म एकदम कच्चा उमेरको थिएँ। मलाई कस्तो चोट लागेको हो, के गर्दा ठीक हुन्छ भन्ने केही थाहा नै थिएन। राम्रो सल्लाह दिने मान्छे पनि भएन। 

शल्यक्रिया गरेर मैले फिजियोथेरापी गरेँ। तर, दुखाईमा कमी नआएपछि म अर्थोप्लास्ट सेन्टरमा गएँ। त्यहाँको डक्टरलाई भेटेपछि मात्र थाहा भयो कि मेरो एक ठाँउमा गर्नुपर्ने शल्यक्रिया अर्कै ठाँउमा भएको रहेछ। अहिले म फिजियोथेरापी गरिरहेको छु। अर्को शल्यक्रिया गर्ने तयारीमा छु। आशा छ अब चाँडै ठीक भएर पुनः कोर्टमा फर्किनेछु। 

घाइते हुने बित्तिकै प्रशिक्षक तथा टीमबाट राम्रो सुझाव पाएको भए, यति लामो समयसम्म घाइते भएर बस्नु पर्दैन थियो होला। एक वर्षमै ठीक हुन्थ्यो होला। यहाँ टीममा फिजियो तथा न्युट्रिसियन राख्ने चलन छैन। त्यसकारण पनि कतिपय खेलाडीलाई चोटकाबारे केही थाहा हुँदैन। हाम्रो खानपिन पनि मिल्दैन। प्रशिक्षकहरूलाई पनि त्यसबारे राम्रो जानकारी हुँदैन। त्यही कारण म घाइते हुँदा प्रशिक्षकले राम्रो सुझाव दिन नसक्नुभएको हो।

यदि, टीममा राम्रो फिजियो र न्युट्रिसियन भइदिएको भए, हामीले राम्रो सुझाव पाउन सक्थ्यौं। समयमै राम्रो ठाँउमा पुग्न सक्थ्यौं। चोट लाग्नुभन्दा अगाडी नै खेलाडीहरू सजग हुन पाउँथे। चोट लागेपछि खेलाडीलाई ‘कमब्याक’ गर्न धेरै कठिन हुन्छ। कतिपयको करिअर नै सकिन्छ। त्यसैले यस्तो अवस्थामा खेलाडीलाई सबैको साथ र सहयोग चाहिन्छ। नभए खेलाडीलाई धेरै गाह्रो हुन्छ। 

घाइते भएपछि मैले कतैबाट केही सहयोग पाएको छैन।आर्थिक मात्र होइन मलाई मानसिक सहयोगका लागि पनि बास्केटबल संघ, खेलकुद परिषद्, मेरो आफ्नै टीम, प्रशिक्षक कोही उपलब्ध भएन।

घाइते भएपछि मैले कतैबाट केही सहयोग पाएको छैन। आर्थिक मात्र होइन मलाई मानसिक सहयोगका लागि पनि बास्केटबल संघ, खेलकुद परिषद्, मेरो आफ्नै टीम, प्रशिक्षक कोही उपलब्ध भएन। कतैबाट साथ, सहयोग नपाउँदा धेरै चित्त दुख्ने रहेछ। खेलाडीले एक खालको आशा गरेको हुन्छ। आफ्नो पूरा जीवन समर्पित गरेर खेलेका हुन्छन्। तर, सम्बन्धित निकायले खेलाडीको भावना बुझुदैन। कहिलेकाँही त एकदम धेरै ‘फ्रस्टेट’ हुन्छु। रिस उठ्छ। के गर्ने कसो गर्ने तनाब हुन्छ। मानसिक पीडा सहन झनै गाह्रो हुने रहेछ। 

यो तीन वर्षको अवधिमा म धेरैपटक रोएको छु। जब खुट्टा अलि धेरै दुख्छ, जब जब प्रतियोगिताहरू शुरू हुन्छन, जब राष्ट्रिय टीमको प्रशिक्षण शुरू हुन्छ, त्यस्तो बेला अचानक मन भक्कानिन्छ। आँखा आफैं रसाउन थाल्छन्। अनि एक्लै कोठामा ढोका थुनेर रुन थाल्छु।चोटकै कारण मैले कलेजका कक्षा धेरै छुटाए। ‘प्रयाक्टिकल’ कक्षाहरू धेरै छुट्यो। इन्टर्नसिपका लागि विदेश जाने अवसर थियो। त्यो पनि गुमाए। चोटले बास्केटबल करिअरमात्र नभई मेरो पढाईमा पनि धेरै हानी पुर्‍यायो। 

कहिलेकाँही विरक्त लाग्छ। बेक्कार यो खेलमा लागेछु भन्ने पनि हुन्छ। तर, मेरो प्यासनका कारण खेलमा आएकाले धैर्य गरिरहेको छु। यो तीन वर्षको दौरान मैले धेरै कुरा सिकेको छु। हरेश भने खाएको छैन। जीवन अझ धेरै बाँकी छ। अझै ‘कमब्याक’ गर्नसक्छु भन्ने विश्वास छ। शरीरले साथ दिएसम्म खेल्ने रहर छ। कोर्ट फर्किएँ भने अझै देशका लागि केही गर्न सक्छु भन्ने आत्मविश्वास छ। 

बास्केटबलमै लागेर केही गर्छु भन्ने हो भने, खेलाडीले दोहोर्‍याएर सोच्नुपर्ने हुन्छ। किनकी खेलमा मात्र लागेर अझै पनि परिवार पाल्न सक्ने अवस्था छैन।

चोट लाग्दा म करिअरको उच्च लयमा थिएँ। त्यसकारण राष्ट्रिय टीममा पर्ने आशा थियो। चोट नलागेको भए सायद म यतिबेला राष्ट्रिय टीममा हुन्थे। तर, चोटकै कारण मेरो करिअरमा ठूलो धक्का लाग्यो। मेरो उर्जावान समय चोटसँग संघर्ष गरेर बिताउनु पर्‍यो। १३औं दक्षिण एशियाली खेलकुद नेपालमै भएको थियो। मैले दर्शकदीर्घाबाट हेर्नुपर्‍यो। त्यतिबेला साह्रै नरमाइलो लाग्यो। घाइते नभएको भए म कोर्टमा खेलिरहेको हुन्थेँ भन्ने लागिरह्यो। चोटकै कारण कोर्ट बाहिर बस्नुपर्दा धेरै पीडा हुने रहेछ। 

राष्ट्रिय टीमबाट खेल्ने आशा मैले अझै मारिसकेको छैन। हामीले यति धेरै मिहिनेत गर्ने राष्ट्रिय टीमको जर्सी लगाएर खेल्ने लक्ष्यका लागि नै हो। खेलाडीका लागि त्यो गौरवको क्षण हो। तर, चोटका कारण मेरो त्यो धोको पूरा हुन पाएको छैन। म अहिले २१ वर्षको मात्र भए। त्यसैले हिम्मत हारेको छैन। मलाई सानै उमेरबाट बास्केटबलले तान्यो। घरमा मेरो दुई दिदी पनि बास्केटबल खेल्नुहुन्थ्यो। मेरो स्कुल विल्सन एकेडेमीमा पनि बास्केटबलको वातावरण थियो। स्कुलको प्रिन्सिपल बास्केटबल मन पराउनुहुन्थ्यो। त्यसकारण पनि स्कुल बास्केटबलमय थियो। घर र स्कुल दुवैको माहोल बास्केटलमय भएका कारण मलाई त्यसको प्रभाव परेको हो। 

कतिपय खेलाडी चोटकै कारण पलायन भएका छन्। चोट लागेर ‘कमब्याक’ गर्न नसकेका खेलाडी धेरै छन्। किनकी हामीलाई कतैबाट पनि आर्थिक तथा मानसिक सहयोग छैन।

पछि मैले श्रीदिवा अन्तर्राष्ट्रिय स्कुलमा पढेँ। त्यहाँ पनि मैले बास्केटबललाई निरन्तरता दिएँ। प्लस टु मैले ट्रिनिटी कलेजबाट गरेँ। मैले कजेल तथा क्लबस्तरका थुप्रै प्रतियोगिता खेलेको छु। नेपालमा अहिले बास्केटबलले राम्रो गरिरहेको छ। हालसालै लिग शुरू भएको छ। त्यसबाट बास्केटल परिवार धेरै खुशी छ। निजी क्षेत्रबाट गरिएको लिगमा सबै खेलाडीको बीमाको व्यवस्था छ। जुन बास्केटबल संघले आयोजना गर्ने प्रतियोगितामा पनि हुँदैन। त्यसकारण त्यस्तो लिगले नेपालमा बास्केटबलको स्तर बढाउन सहयोग गर्छ भन्ने लाग्छ। 

यति हुदाँहुदै पनि खेलाडीहरू पलायन हुने क्रम बढ्दो छ। बास्केटबलमै लागेर केही गर्छु भन्ने हो भने, खेलाडीले दोहोर्‍याएर सोच्नुपर्ने हुन्छ। किनकी खेलमा मात्र लागेर अझै पनि परिवार पाल्न सक्ने अवस्था छैन। स्थायित्व छैन। बास्केटबल खेलेर के गर्ने ? भनेर सँधै प्रश्न चिन्ह खडा हुन्छ। खेलाडीहरूले अन्य पेशा रोज्नुपर्ने बाध्यता छ। विदेश गएर पढाइलाई निरन्तरता दिने क्रम बढ्दो छ। बास्केटबलमै लाग्ने हो भने खेलाडीले धेरै कुरा त्याग गर्नुपर्ने अवस्था छ।

कतिपय खेलाडी चोटकै कारण पलायन भएका छन्। चोट लागेर ‘कमब्याक’ गर्न नसकेका खेलाडी धेरै छन्। किनकी हामीलाई कतैबाट पनि आर्थिक तथा मानसिक सहयोग छैन। ६ वर्षसम्म खेलाडी चोटबाट गुज्रिरहेको अवस्था छ। उनीहरूले कसैको सहयोग पाएको छैन।
एक वर्ष गरौंला, दुई वर्ष गरौंला तर, जबसम्म संघ तथा सम्बन्धित निकायले यसलाई गम्भीर रूपमा लिँदैनन, तबसम्म खेलाडीलाई ‘कमब्याक’ गर्न धेरै गाह्रो हुन्छ। चोटकै कारण खेलाडीको करिअर अन्य भएको उदहारण थुप्रै छ। त्यसैले म यस्तो समस्याबाट गुज्रिएपनि कुनै पनि खेलाडीलाई यस्तो चोट नलागोस् भनेर कामना गर्छु। 

(सुजन श्रेष्ठसँगको कुराकानीमा आधारित)

घाइते खेलाडीको भावना कसले बुझ्ने ?

प्रकाशित: सोमबार, असार १५, २०७७ ०९:३३
समाचार सारांशमा :
  • मेरो एक ठाँउमा गर्नुपर्ने शल्यक्रिया अर्कै ठाँउमा भएको रहेछ। फेरि अर्को शल्यक्रिया गर्ने तयारीमा छु
  • चोट लागेपछि खेलाडीलाई ‘कमब्याक’ गर्न धेरै कठिन हुन्छ, कतिपयको करिअर नै सकिन्छ
  • घाइते भएपछि आर्थिक मात्र होइन, मानसिक सहयोगका लागि पनि कोही उपलब्ध भएन
  • जबसम्म संघ तथा सम्बन्धित निकायले यसलाई गम्भीर रूपमा लिँदैनन, तबसम्म खेलाडीलाई ‘कमब्याक’ गर्न धेरै गाह्रो हुन्छ
  • चोटका कारण राष्ट्रिय टोलीबाट खेल्ने धोको पूरा हुन पाएको छैन, तर हिम्मत हारेको छैन 
पूरा समाचार पढ्नुहोस्