२०७७ असार २१, आईतबार

संसारमा जे भइरहेको छ, त्यही लेखौं

काठमाडौं। संसारमा के भइरहेको छ भन्ने कुरा नै लेखकले लेख्नुपर्ने मान्यता राख्छिन् प्रसिद्ध भारतीय आख्यानकार शशी देशपाण्डे । ८२ वर्षीया यी लेखकको पहिलो कथासङ्ग्रह १९७८ मा र पहिलो उपन्यास ‘दि डार्क होल्ड्स नो टेरर’ १९८० मा प्रकाशित भयो। केही समय पत्रकारिता पनि गरेकी उनले विभिन्न पुरस्कार पाएकी छन्। स्क्रोलडटइनमा उनले आख्यान लेखनको अनुभव पोखेकी छन्। त्यसको सङ्क्षिप्त र सम्पादित तथा अनुदित अंशः

कथा कहाँबाट आउँछ ? अथवा एउटा कविता, उपन्यास वा एउटा नाटक ? कुनै पनि लेखकले यसको उत्तर दिन सक्दैन। एउटा लेखकका निम्ति यो एक रहस्य बनेर रहेको हुन्छ र कुनै समय यस्तो पनि आउने छ, जतिखेर लेखकले आफैंलाई सोध्नेछन्– के यो मैले नै लेखेको थिएँ ?

मैले लेखेको एउटा कथा छ, जसका बारेमा म पत्ता लगाउँछु। यदि स्पष्ट ढङ्गमा त्यो पत्ता लागेन भने सायद कुनै एक सङ्केत, जसले मलाई कथाको स्रोतसम्म लिएर जानेछ।

मैले आफ्नो जीवनमा एउटा निकै अन्धकारमय समयमा लेखेको कथा छ। जब दुःखले मलाई स्तब्ध बनाएको थियो र लेखनले मलाई छाडिदिएको थियो, एउटा यस्तो समय जब  मेरो उमेरले त्यो वहन गर्न असम्भवजस्तै लागिरहेको थियो। मैले सोचेको थिएँ, म ७० वर्षसम्म जीवित रहने छु। सायद ७५ वा ८० वा त्योभन्दा बढी। अहिले पनि बाँचिरहेकै छु।

मैले यो कथा ‘फिट एन्ड स्टार्ट’मा लेखेँ। लेख्न सक्दा म निकै खुसी भएँ। मेरा निम्ति यो एउटा असामान्य कथा थियो। यसलाई मैले ‘डायस्टोपियन’ भविष्यमा ‘सेट’ गरेको थिएँ। एक समय जतिखेर संसारमा अत्यधिक भीड थियो, यो अधिक बच्चा जन्मिएकाले भएको होइन, तर बूढाहरू बढी बाँचिरहेका थिए। यो समस्या निकै महत्वपूर्ण स्तरमा पुगेको थियो, जसका कारण मानिसलाई अति कम जमिन उपलब्ध थियो। एउटालाई नब्युँझाइ अर्कोले सुत्न नपाउने जस्तै। र, संसाधनहरू निकै बढाइएको थियो।

एउटा नयाँ तर व्यावहारिक तथा निर्मम सरकारले फैसला गर्‍यो– यसको एक मात्र समाधान बूढालाई खत्तम पार्नु हो। यो फैसला निकै गोप्य तवरमा भएको थियो। के हुँदैछ भन्ने कसैलाई थाहा थिएन। एउटा अप्रत्याशित बोनस पनि थियो त्यहाँ– कम उमेरका मानिस जसले बूढापाकाको हेरचाह गर्नुथियो, तिनले अब अधिक उत्पादनशील काम गर्नुपर्ने भयो।

मेरो कथाको नायक– जो एक्लै बस्थ्यो, उसकी पत्नी र पुत्रलाई लामो समयपछि एउटा सन्देश दिइन्छ– अब ऊ ‘प्रस्थान’का लागि योग्य छ। उसलाई थाहा छ, यसको अर्थ के हो ? मानिसहरूले सधैं सोचेका थिए कि, उसले मृत्युलाई स्वागत गर्नेछ। आखिर उसले बाँच्नका लागि के गर्नु पर्‍यो ? कुनै पनि परिवार, एउटा अवैयक्तिक संस्थामा काम गर्ने र एउटा सानो कोठामा बस्ने मानिस। उसलाई अरूसँग घुलमिल गर्न र कुरा गर्न पनि प्रोत्साहित गरिँदैन।

तर त्यो क्षण उसलाई भनिन्छ– तिमीलाई ‘प्रस्थान’का लागि छानिएको छ। उसलाई थाहा छ, ऊ मर्न चाहँदैन। ऊ बाँच्न चाहन्छ। तर ऊ कसरी बाँच्छ ? जान्छ कहाँ ? म यही बिन्दुमा अड्किएको थिएँ। मलाई थाहा थियो उसले के गर्छ।

जब तपाईंको पात्रले तपाईंलाई निराश बनाउँछ, तब तपाईं हार मान्नु हुन्छ। मैले कथालाई त्यहीँ टुङ्ग्याइदिएँ। मलााई लाग्यो– यो कहिल्यै पनि पूरा हुन सक्दैन।
 
संसारमा जे भइरहेको छ, त्यही लेखौं

प्रकाशित: आईतबार, असार १४, २०७७ १४:४९
समाचार सारांशमा :
  • कुनै समय यस्तो पनि आउने छ, जतिखेर लेखकले आफैंलाई सोध्नेछन्– के यो मैले नै लेखेको थिएँ ?
  • कथा कहाँबाट आउँछ ? अथवा एउटा कविता, उपन्यास वा एउटा नाटक ? कुनै पनि लेखकले यसको उत्तर दिन सक्दैन
पूरा समाचार पढ्नुहोस्