२०७७ साउन १, बिहिबार

विदेशमा समस्यामा परेका ११ हजार बढी नेपालीको उद्धार, ८७ वटा शव ल्याइयो

काठमाडाै‌ं। कोरोना भाइरसको संक्रमणबाट विदेशमा मृत्यु हुने नेपालीकाे संख्या यो साता शून्यमा झरेको छ।

अघिल्लो सातासम्म १३ देशमा १३० जना नेपालीको कोरोनाका कारणले ज्यान गएको थियाे।

गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता विदेशमा १८ हजार सात सयभन्दा बढी नेपालीहरू कोरोना संक्रमणबाट मुक्त भएका छन्।

संघअन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार हालसम्म विदेशमा रहेका २६ हजार २२७ जना नेपालीहरू कोरोना भाइरसबाट संक्रमित भएका छन्।

नेपालको १२ हजार ३०९ सहित विश्वभरका ३७ देशमा ३८ हजार ५३६ जना नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा भने हालसम्म २८ जनाको ज्यान गएको छ। 

मध्यपूर्वका देशमा विगत गत दुई सातामा मात्र आठ हजारभन्दा बढी नेपालीमा संक्रमण थपिएको स्वास्थ्य समितिले जनाएको छ। हालसम्म कतारमा कोरोना संक्रमण भएका ९२ हजार मध्ये २० प्रतिशत नेपाली प्रभावित भएका छन्।  

संयोजक डा. सापकोटाका अनुसार यही साता पहिलोपटक साउथ अफ्रिकामा रहेका पाँचजना नेपालीमा समेत कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। अफ्रिकी अन्य देशसहित सो क्षेत्रमा १० जना नेपालीमा कोरोनाको संक्रमण देखिएको हो।

यो साता बंगललादेशमा रहेका १५ जना नेपालीमा कोरोना संक्रमण भएको स्वास्थ्य समितिले जनाएको छ यस्तै भारतमा १५० जना थप नेपालीमा संक्रमण भएको छ।

जेठ २२ गतेदेखि असार १३ गते शनिबारसम्म विभिन्न मुलुकबाट कोरोनाका कारण समस्यामा परेका ११ हजार ३७१ नेपाली स्वदेश फर्काइएको हो।

हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेनलगायत १३ देशमा रहेका नेपालीहरूको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएका छ।

यस्तै डेनमार्क, नेदरल्याण्ड, अष्ट्रेलिया, माल्टा, जापान, म्यानमार, पोल्याण्ड, रुस, न्युजिल्याण्ड, क्यानाडा, फिनल्याण्ड, आयरल्याण्ड, जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियम, हङ्गकङ्ग, दक्षिण कोरिया, मलेसियालगायतका १९ देशमा बस्ने नेपालीहरू कोरोना संक्रमणबाट मुक्त भएका हुन् ।

विदेशमा समस्या परेका ११ हजार ३७१ नेपाली स्वदेश फर्काइए

भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका ११ हजार ३७१ नेपाली स्वदेश फर्काइएको छ।

कुन देशबाट कति फर्काइए  ?

विदेशमा अलपत्र परेका नेपालीको उद्धार तीव्र गतिमा भइरहेको छ। त्यसका लागि गैरआवासीय नेपाली संघका विभिन्न मुलुकस्थित राष्ट्रिय समन्वय परिषद्हरूले सहकार्य एवं समन्वय गरिरहेका छन्।

जेठ २३ गतेदेखि असार १३ गते शनिबारसम्म विभिन्न  राष्ट्रबाट नेपाली स्वदेश फर्किएका हुन्।

शनिबारसम्म सबैभन्दा बढी कुवेतबाट दुई हजार दुईजना नेपाली स्वदेश फर्किएका छन्। यस्तै युएईबाट दुई हजार १७ जना, साउदी अरेबियाबाट १,२१८, मलेसियाबाट ९२१, बगंलादेशबाट ८१५, कतारबाट ६३८, माल्दिभ्सबाट, ६०४, जापानबाट ४९२, अस्ट्रेलियाबाट २६९, बहराइनबाट ४२०, थाइल्याण्डबाट ३२६, ओमानबाट ३१३, अमेरिकाबाट ४८३, दक्षिण कोरिया २२८, सिंगापुरबाट १४६, बेलायत २२९, हङकङबाट ८९, पाकिस्तान ७२, म्यानमारबाट २६,  अफगानिस्तानबाट १८ र श्रीलंकाबाट पाँचजना गरी ११ हजार ३३१  नेपाली स्वदेश फर्किएका हुन्।

विदेशमा विभिन्न कारण ज्यान गुमाएका तर लकडाउनका कारण नेपाल ल्याउन नपाएका ८७ वटा शव नेपालमा ल्याइएको छ।

गैरआवासीय नेपाली संघले विदेशस्थित आफ्ना राष्ट्रिय समन्वय परिषद्लाई अलपत्र नेपालीको सहयोग र उद्धारका लागि गन्तव्य मुलुकका राजदूतावाससँग समन्वय एवं सहकार्य गर्न निर्देशन दिएको गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले जानकारी दिए। सोहीअनुरूप विदेशमा अलपत्रका लागि राहतका विभिन्न कार्य पनि जारी रहेको गैरआवासीय नेपाली संघले जनाएको छ।

 ८७ वटा शव नेपाल ल्याइयो

हालसम्म कतारबाट २० वटा शव नेपाल ल्याइएको छ। यस्तै साउदी अरेबियाबाट २०, मलेसियाबाट ३१, कुवेतबाट सात, युएईबाट पाँच, बहराइनबाट तीन र ओमानबाट एउटा शव नेपालमा ल्याइएको छ।

यस अलावा १२० वटा शव अझै विदेशमै छन्। जसलाई नेपाल ल्याउन गैरआवासीय नेपाली संघले सरकारको पटक-पटक ध्यानाकर्षण गराउँदै आएको छ।

प्रकाशित: आईतबार, असार १४, २०७७ ०८:३७
सारांशमा :
  • ३७ देशमा रहेका नेपालीमा कोरोना संक्रमण
  • विश्वभर १५८ नेपालीको ज्यान गयो
  • विदेशमा समस्या परेका ११ हजार ३७१ नेपाली स्वदेश फर्काइए
पूरा पढ्नुहोस्