२०७७ साउन १, बिहिबार

नौ वर्षमा चट्याङ लागेर करीब एक हजारको मृत्यु, तपाईंको घर चट्याङ प्रतिरोधात्मक छ ?

काठमाडौं। १२ असारमा एकैदिन नेपालको सात ठाउँमा चट्याङ पर्‍यो। चट्याङ लागेर तीन जनाको मृत्यु भयो। यसको एकदिन अघि ११ असार बिहान सप्तरी र मकवानपुर विभिन्न स्थानमा चट्याङ पर्दा सात जनाले ज्यान गुमाए भने चार जना घाइते भए। दुई दिनमा चट्याङबाट १० जनाको मृत्यृ भयो। 

यी पछिल्ला दुई दिनका प्रतिनिधि घटना मात्र हुन्। नेपालमा चैतदेखि भदौसम्म वर्षेनी १०० भन्दा बढीको मृत्यु चट्याङका कारण हुने गरेको छ। कसैले खासै वास्ता नगर्ने तर, वर्षेनी ठूलो जनधनको क्षति गर्ने विपद् हो– चट्याङ। नेपालमा वर्षेनी चट्याङका कारण धेरैले ज्यान गुमाउँदै आए पनि यसबारे अध्ययन, अनुसन्धान हुन सकेको छैन। 

“नेपालमा चट्याङ्को अध्ययन भएको छैन। तर, चट्याङ्का घटना हेर्दा केही ठाउँ बढी जोखिममा रहेको देखिन्छ”, गृह मन्त्रालयकी सहसचिव एवं विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख ईन्दु घिमिरेले देखापढीसँग भनिन्। गृह मन्त्रालयको तथ्याङ्कअनुसार २०७७ साल शुरू भएयता करीब साढे दुई महीनाको अवधिमा मात्र नेपालमा चट्याङ लागेर ४० जनाको मृत्यु भइसकेको छ। १३२ जना घाइते भएका छन्। ९९ घरमा क्षति पुर्‍याएको छ। यो अवधिमा भएका १३० वटा चट्याङका घटनाले ४६ लाख २१ हजार बराबरको भौतिक सम्पत्ति क्षति गरेको छ। 

नौ वर्षमा २१ सय बढी चट्याङ

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्याङ्क अनुसार बितेका ९ वर्षमा नेपालमा दुई हजार १०८ वटा चट्याङ्का घटना भएका छन्। यो संख्या मानविय र भौतिक क्षति पुर्‍याएका घटना मात्र हुन्। 

बितेका ९ वर्षको तथ्याङ्क हेर्दा चट्याङका कारण सबैभन्दा बढीको मृत्यु २०६९ सालमा भएको छ।

पछिल्लो नौ वर्षमा चट्याङ लागि ९७३ जनाको मृत्यु भएको छ भने दुई हजार ५७६ जना घाइते भएका छन्। यो अवधिमा ४१८ घरमा क्षति पुगेको छ। अर्थात चट्याङले प्रत्येक वर्ष नेपालमा औषतमा १०८ जना भढीको ज्यान लिने गरेको छ। चट्याङ्ले बितेका ९ वर्षमा पाँच करोड ९९ लाख १० हजार ५०० रूपैयाँ बराबरको क्षति गरेको छ। यही अवधिमा १ हजार ३१० चौपाया चट्याङ लागेर मरेका छन्। 

कहाँ पर्छ बढी चट्याङ 

नेपालको कुन क्षेत्रमा बढी चट्याङ पर्छ वा बढी जोखिम भएका ठाउँ कुन हुन् भनेर अध्ययन भएको छैन। तर, चट्याङ्ले पुर्‍याएको मानविय र भौतिक क्षतिका घटनाका आधारमा केही स्थानहरू बढी जोखिमपूर्ण रहेको देखिन्छ। 

पछिल्लो ९ वर्षको तथ्याङ्क हेर्ने हो भने नेपालमा चट्याङ्का दृष्टिले सबैभन्दा बढी जोखिम जिल्लाहरूमा मकवानपुर, इलाम, संखुवासभा, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, झापा, मोरङ, सुनसरी, सप्तरी, सर्लाही, पर्सा, दोलखा, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, दाङ र कैलाली रहेका छन्। 

राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्याङ्क अनुसार पछिल्ला ९ वर्षमा चट्याङबाट सबैभन्द बढीको मृत्यु मकवानपुरमा भएको छ। मकवानपुरमा ९ वर्षको अवधिमा चट्याङबाट ७५ जनाको मृत्यु भएको छ। अर्थात मकवानपुरमा औसतमा प्रत्येक वर्ष ८ जनाको मृत्यु चट्याङका कारण हुने गरेको छ। 

नेपालमा चट्याङ लागेर धेरैको मृत्यु मेलापात, घाँस दाउरा गर्दा हुने गरेको छ। त्यसैले पानी परेको बेला सकभर घरबाट बाहिर निस्कनु हुँदैन।

पछिल्लो ९ वर्षमा चट्याङका कारण इलाम १६, संखुवासभा १६, खोटाङ २४, सोलुखुम्बु २५, ओखलढुंगा ३१, उदयपुर ३६, झापा २८, मोरङ ४४, सुनसरी १७, सप्तरी २८, सर्लाही १६, पर्सा १८, दोलखा २०, सिन्धुली २५, काभ्रेपलाञ्चोक २२, सिन्धुपाल्चोक १९, नुवाकोट २४, धादिङ २१, दाङ २१ र कैलाली १७ जनाको मृत्यु भएको छ। 

कुन बर्ष कतिको मृत्यु 

बितेका ९ वर्षको तथ्याङ्क हेर्दा चट्याङका कारण सबैभन्दा बढीको मृत्यु २०६९ सालमा भएको छ। सो वर्ष नेपालमा १३१ जनाले चट्याङका कारण ज्यान गुमाएका थिए। राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्याङ्क अनुसार २०६८ सालमा १०३, २०७० सालमा १११, २०७१ सालमा १२६, २०७२ सालमा ८३, २०७३ सालमा ११५, २०७४ सालमा १०५, २०७५ सालमा ६८ र २०७६ सालमा ८८ जनाको मृत्यु चट्याङका कारण भएको थियो। 

कसरी बच्ने

चट्याङबाट बच्नको लागि सबैभन्दा पहिला आफू बस्ने घर चट्याङ प्रतिरोधात्मक बनाउनु पर्छ। घरलाई जसरी भूकम्प प्रतिरोधात्मक बनाइन्छ त्यसरी नै चट्याङ प्रतिरोधात्मक बनाउन सकिन्छ। यसको लागि घर बनाउँदा ध्यान दिनुपर्ने हुन्छ। “अहिले हामीले स्थानीय तहहरूलाई घर बनाउन प्रतिरोधात्मक बनाउन भनेका छौं र भवन निर्माण सम्बन्धी आचारसंहितामा यसलाई अनिवार्य समेट्न भनेका छौं”, गृह मन्त्रालयकी सहसचिव एवं विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख घिमिरेले भनिन्, “यत्तिमा ध्यान दिने हो भने पनि धेरै जोखिम कम हुन्छ।”

चट्याङ कुन बेला कहाँ पर्छ अहिलेसम्म पूर्वानुमान गर्न सकिएको छैन। यति भन्न सकिन्छ– यो चैत देखि भदौसम्म बढी पर्छ। वर्षायाममा बढी चट्याङ पर्छ। नेपालमा चट्याङ लागेर धेरैको मृत्यु मेलापात, घाँस दाउरा गर्दा हुने गरेको छ। त्यसैले पानी परेको बेला सकभर घरबाट बाहिर निस्कनु हुँदैन। पानी परेको बेला ठूला रुखको ओत लाग्ने चलन धेरैतिर छ, जुन चट्याङको हिसाबले राम्रो होइन। पानी परेको बेला रुखको ओत लाग्नै हुँदैन। 

इन्फोग्राफिक्स : विष्णु तामाङ।
प्रकाशित: आईतबार, असार १४, २०७७ ०२:५८
सारांशमा :
  • मकवानपुरमा मात्र ९ वर्षको अवधिमा चट्याङबाट ७५ जनाको मृत्यु
  • चट्याङबाट जोगिन आफू बस्ने घर चट्याङ प्रतिरोधात्मक बनाउनु पर्छ
  • पानी परेको बेला रुखको ओत लाग्नु हुँदैन
पूरा पढ्नुहोस्