२०७७ साउन १, बिहिबार

विदेशमा अलपत्र नेपालीको नियमित उद्धार    

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक सातादेखि नियमित रूपमा अन्तर्राष्ट्रिय चार्टर्ड उडान भइरहेको छ। ती उडानबाट कोभिड–१९ महामारीबाट विभिन्न देशमा अलपत्र परेका नेपाली धमाधम स्वदेश फर्किरहेका छन्। नेपालको तर्फबाट नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स), निजी क्षेत्रको हिमालय एअरलाइन्सले अन्तर्राष्ट्रिय गन्तव्यबाट चार्टर्ड उडान गरी नेपाली काठमाडौं ल्याइरहेका छन् भने आन्तरिक उडानको श्री एअरले पनि छोटा गन्तव्यबाट केही चार्टर्ड उडान गरिरहेको छ।     

त्यस्तै, विदेशी वायुसेवा कम्पनी कतार एअरवेज, जजीरा एअर, टर्किस एअर, कोरियन एअरलगायत एअरलाइन्सले नेपालमा चार्टर्ड उडान गरिरहेका छन्। अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार आज नेपाल एअरलाइन्स, हिमालय एअरलाइन्स र जजीरा एअरले चार्टर्ड उडानमार्फत् नेपाली ल्याउँदैछन्। 

आज बिहान ८ : ३० बजे हिमालय एअरलाइन्सले अबुदाबीबाट नेपाली ल्याएको छ भने जजीराले ८ : ४८ बजे कुवेतबाट नेपालीको उद्धार गरेको छ। त्यस्तै नेपाल एअरलाइन्सले बिहान १० : ३० बजे साउदी अरेबियाको रियादबाट नेपाली काठमाडौं ल्याउँदैछ। सोही एअरलाइन्सको जहाजले अष्ट्रेलियाको मेलबर्नबाट नेपाली काठमाडौं ल्याउने विमानस्थलले जनाएको छ।

अन्तर्राष्ट्रिय विमानस्थलमा अघिल्लो शनिबारदेखि दैनिक १० देखि १६ वटासम्म अन्तर्राष्ट्रिय उडान भइरहेको छ। हिजो मात्रै १६ अन्तर्राष्ट्रिय उडान भएको छ। त्यसअघि असार ६, ७ र ८ गते समान १०, असार ९ र १० गते १४ र असार ११ गते १५ अन्तर्राष्ट्रिय उडान भएको विमानस्थल कार्यालयले विज्ञप्तिमार्फत् जनाएको छ।     

सरकारले विभिन्न मुलुकमा अलपत्र परेका करीब ३० हजार नेपाली जहाज चार्टर्ड गरेर ल्याउने निर्णय गरेको थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल एअरलाइन्सलाई २४ र हिमालय एअरलाइन्सलाई १९ उडान गर्नेगरी अनुमति दिएको थियो। त्यस्तै २४ वटासम्म विदेशी एयरलाइन्सलाई उडान अनुमति दिइएको छ। रासस     

विदेशमा अलपत्र नेपालीको नियमित उद्धार    

प्रकाशित: शनिबार, असार १३, २०७७ ०४:५९
सारांशमा :
  • आज नेपाल एअरलाइन्स, हिमालय एअरलाइन्स र जजीरा एअरले चार्टर्ड उडानमार्फत् नेपाली ल्याउँदै
  • अन्तर्राष्ट्रिय विमानस्थलमा अघिल्लो शनिबारदेखि दैनिक १० देखि १६ वटासम्म अन्तर्राष्ट्रिय उडान
पूरा पढ्नुहोस्