२०७७ असार २१, आईतबार

‘बहस’ भर्सेस् ‘ब हस्’!

म अहिले स्कटल्यान्डमा छु र दिनहुँजसो बेलायतका अखबारहरू भ्याएसम्म पढ्ने गर्छु। यहाँका अखबारहरुमा नेताका बोली विरलै सुनिन्छन्। राजनीतिक बोली, जसले समाजलाई प्रत्यक्ष असर गर्छ, तिनमा सामाजिक ‘बहस’ हुन्छ। म फेरि दोहोर्‍याउँछु ‘बहस’ हुन्छ। ‘ब हस्’ होइन। 

बहसमा एउटा मुलभूत विषयको निष्कर्षका लागि सम्बन्धित विज्ञ तथा पक्षहरूबीच छलफल हुन्छ। र, एउटा सामान्य निष्कर्ष निस्कन्छ। तर, ‘ब हस्’ मा व्यक्तिहरूले आआफ्नो रटान मरिगए छाड्दैनन् र जबसम्म एउटा पक्षको कुरोलाई अर्को पक्षले हस् भन्दैन तबसम्म जारी रहन्छ। तर कुनै पनि पक्षले अर्को पक्षलाई स्वीकार्दै नस्वीकार्ने हुँदा निष्कर्ष निस्कने सम्भावना रहँदैन। सजिलो भाषामा भन्नु पर्दा ‘बहस’ गर्नु मानिसबाहेक अरूको बसमा छैन तर ‘ब हस्’ सुगाले पनि गर्न सक्छ। किनकि यहाँ रटाइएको या रटिएको एउटै तथ्यलाई विभिन्न तालमा भन्नु पर्ने मात्र हुन्छ।

करिब तीन महिनाअघि नै हो स्कटल्यान्ड आउने योजना बनाएको। पोर्तुगलमा नौ वर्ष रहँदा त्यहाँ एक किसिमको युरो–नेपाली संस्कृति भेटिन्थ्यो र बसाइ पनि सहज थियो। तर लन्डन आएदेखि नै निसास्सिएको थिएँ म। मानिसको भीडमा कतै हराएजस्तो ! यहाँका मानिसहरू पैसोबाहेक केही नदेख्ने ! मिल्दो हो त शान्ति, समय र मृत्यु नै किनिदिन्थे यहाँका मानिसहरू। यो सम्भव छैन भन्ने थाहा हुँदाहुँदै पनि फेरि किन यसरी दगुरिरहेका ? कहिलेकाहीँ त सोच्छु, बिहान सौच गर्दा पनि यी दगुरेरै गर्दा हुन् कि बसेर ? धेरै पल्ट त नेपाल फर्कने र फेरि यो विदेश नै नआउने विचारले पनि जोरी खोज्यो। तर १० वर्षपछि खाली हात नेपाल फर्कंदा केही गर्न नसकेको बज्रस्वाँठको ट्याग लाग्ने डरले हिम्मत गरेको थिइनँ। त्यसैले पनि स्कटल्यान्ड जाने योजनामा थप बल पुगेको थियो। जाने सबै तयारी भइसके पनि अचानक लकडाउन भएकाले तत्काललाई लन्डनमै थिएँ। 

करिब एक साताअघि स्कटल्यान्ड आउँदा यहाँको बस्ती देखेर यस्तो लाग्यो, मानौं गौतम बुद्ध नेपालबाट यतै बसाइ सरेका छन्। सफा, स्वच्छ र हराभरा। मेरो नौ वर्षे पोर्तुगल बसाइमा हरेक वर्ष बुद्ध जयन्तीमा ‘बुद्ध वाज बर्न इन नेपाल’ र्‍याली हुन्थ्यो। खै किन सहभागी हुने संयोग भने कहिल्यै जुरेन ! अहिले ग्लास्गोको छेउमा हराउँदा जता हेरे पनि मन शान्त हुन्छ। र, सोचेँ एउटा फोटो राखेर सामाजिक सञ्जालमा हाल्छु र लेख्छु– ‘आई डोन्ट केएर ह्वेयर बुद्ध वाज बर्न, बट आई एम स्योर, राइट नाउ हि इज इन स्कटल्यान्ड।’ अर्थात्, ‘मलाई मतलब छैन बुद्ध कहाँ जन्मिएका हुन्, तर म ढुक्क छु यस समय उनी स्कटल्यान्डमा छन्।’ र, मेरै छिमेकीको आँगनमा बुद्धको मूर्ति देखेपछि त धेरैबेर म लुम्बिनीमै हराएँ। 

मैले तस्बिर हालेर सामाजिक सञ्जालमा पोस्टाउनै लागेको थिएँ। एकजना मित्रले मलाई टेलिभिजनमा एमसीसी विज्ञहरूको बहस छेडिएको र त्यसलाई हेरेर धारणा बनाउन अुनरोध गर्दै सन्देश पठाए। म नेपाली नेता सम्मिलित बहसहरू खासै हेर्दिनँ। मेरो चासो सामाजिक मुद्दामा बढी केन्द्रित हुने गर्छ। तर नेपालको हकमा राजनीति यसरी घुसेको छ कि मलाई छुट्टाउनै गाह्रो हुन्छ कि त्यो सामाजिक मुद्दा हो या राजनीतिक ! क्वारेन्टिनमा पानी पिउन नपाएर मृत्युवरण गरेकोमा बहस गर्नुस् तपाईंलाई सरकार विरोधी बनाइदिहाल्छन्। नतिजा केन्द्रित बहस तपाईंले सायदै कतै पाउनुहुनेछ ! नेताहरुको शारीरिक हाउभाउ हेर्ने हो भने कसले कति धेरै बेवकुफ बनाउन सक्यो ऊ त्यही दरमा फुलेको हुन्छ। 

अँ, ती त्यही मित्र थिए जुन एमसीसीको विरोध गर्नेहरूलाई राष्ट्रघाती भन्थे। यसर्थमा उनको नजरमा म राष्ट्रघाती थिएँ।  मेरो बुझाइमा एमसीसी नेपालको हितमा छँदै छैन, तर यसलाई समर्थन गर्नेहरूलाई मैले राष्ट्रघाती भन्नु त परै जाओस्, सामान्य गाली ‘मा का फुइँ’ पनि भन्दिनँ। किनकि म उनीहरूको बुझाइलाई सम्मान गर्छु। तर त्यो बहसमा मलाई शङ्का थियो त्यहाँ बहस होइन ‘ब हस्’  हुनेछ र त्यसले आमजनमानसलाई झनै भ्रमित गर्नेछ। 

ती मित्रले मलाई एमसीसी नबुझेको भनेर राष्ट्रघाती भन्दै गर्दा मैले उनलाई एउटा प्रश्न सोधेको थिएँ।

सुगौली सन्धिअघि नेपालले लडाइँ कोसँग लडेको थियो ?

मित्रले जवाफ दिए– अङ्ग्रेजसँग।

मैले फेरि सोधेँ– सुगौली सन्धि नेपाल र कुन पक्षबीच भएको थियो।

मित्रले जवाफ दिए– अङ्ग्रेज।

मैले मित्रलाई भनेँ– माफ गर्नुस् विद्वान् मित्र, नेपालको लडाइँ इस्ट इन्डिया कम्पनीसँग भएको थियो र सुगौली सन्धि नेपाल र इस्ट इन्डिया कम्पनीबीच भएको थियो। मेरो बुझाइमा एमसीसी त्यही इस्ट इन्डिया कम्पनीको आधुनिक ‘भर्सन’ हो। 

अँ, म फेरि हराएँ। बुद्धका बारेमा पोस्टाउनै लाग्दा जब मैले बहस हेरेँ, मेरो मुट काम्यो। त्यहाँ शब्द होइन महाभारतको धनुष चलिरहेको थियो। त्यहाँ एक जनाबाहेक बाँकी कोही पनि कसैलाई सुनिरहेको थिएन। आफ्नै व्याख्यामा अडिग थिए र अर्कोलाई अबुझ देख्दै थिए! बहस भयो भने विद्वत्ताले ‘लिड’ गर्छ। तर ‘ब हस्’ भयो भने विद्वत्ता पाखा लाग्छ र उच्छृङ्खलताले ‘लिड’ गर्छ। त्यहाँ त्यही भएको थियो। बहस कसका लागि र किन भन्ने मुद्दा नै थिएन! जनताले बुझ्ने भाषामा यसका फाइदा र बेफाइदा वा सजग हुनु पर्ने पक्षमा बहस केन्द्रित नै थिएन। बहस त त्यो हो जहाँ अर्को पक्षले बुझेन भने मैले किन बुझाउन सकिनँ भनेर आफ्नो आत्मसमीक्षा हुन्छ।  ‘ब हस्’ मा त अर्कोले हस् भनेन भने त्यो अबुझ, अज्ञानी र पटमुर्ख बन्छ। त्यो ‘ब हस्’ मा कसैले कसैलाई ‘बाल’ दिएनन्। 

मलाई डर लाग्यो। पोस्टाउनै लागेको पनि पोस्टाउन सकेन। फेरि मलाई बुद्ध स्कटल्यान्डमा जन्म्यो भनेर भन्ने राष्ट्रघाती पो भन्दिने हुन् कि ? किनकि राइट नाउ हि इज इन स्कटल्यान्डलाई उनीहरुले बुद्ध स्कटल्यान्डमा जन्मेको भनेर भनेको हो भनेर प्रमाणित नै गर्दिन्छन् ! किनकि त्यहाँ ‘बहस’ हुँदैन ‘ब हस्’ हुन्छ। 

सामाजिक बहस गर्ने विषय थुप्रै छन्। र, हामी सबै त्यस बहसतर्फ केन्द्रित हुनु पर्छ। केही प्रमुख बहसका विषय यी हुन सक्छन्ः 

१. तीन महिनाको लकडाउनका बेला कोरोना सङ्क्रमण झनै उकालो लागेपछि नियन्त्रणका लागि गर्नुपर्ने कार्यहरु के हुन सक्छन् ?
२. रुकुमको चौरजहारी घटनाको अन्तर्य के हो? र, यस्ता घटना दोहोरिन नदिन कस्तो सामाजिक संरचना खडा गर्नुपर्छ ?
३. भ्रष्टाचार सबैभन्दा ठूलो अभिषाप हो। जनचेतनाबिना भ्रष्टाचारमा कमी ल्याउन सम्भव छैन। भ्रष्टाचार संस्थागत भइसकेका बेला यसको नियन्त्रणका केके गर्न सकिन्छ? जनचेतनाका लागि कस्तो संयन्त्रको विकास गर्न सकिन्छ ?

यस्ता थुप्रै सामाजिक मुद्दा छन् जसमा बहस अत्यावश्यक छ। अझै प्रमुख बहसका रुपमा शिक्षा र स्वास्थ्यलाई व्यवसाय बन्न नदिई समाजकै अङ्गका रुपमा विकास गर्न कसरी सम्भव छ ? यी सबै बहसको प्रमुख माध्यम भनेको सञ्चार नै हो। अहिले ‘डिजिटिलाइज’ भइरहेका बेला यस्ता बहसहरू चलाउने हिम्मत गर्ने सञ्चारगृह र सञ्चारकर्मीहरूको आवश्यकता छ। तर त्यो भन्दा पनि ठूलो चुनौती के छ भने– त्यसमा बुद्धिमत्तापूर्ण ढङ्गमा बोल्न सक्ने व्यक्तिहरूको खोज, जसले ब हस् होइन बहस गर्ने कुरामा विश्वास राख्छन्। आशा छ नेपाली सञ्चार माध्यम र सञ्चारकर्मीहरूसँगै बहस गर्ने विद्वानहरू पनि ‘फ्रन्ट लाइन’ मा आउने छन्। 

म एकछिन ग्लास्गोका खेतहरूमा गएँ है त ! बुद्ध भेटिन्छन् कि ! आई डोन्ट केएर ह्वेयर बुद्ध वाज बर्न, बट आई एम स्योर, राइट नाउ हि इज इन स्कटल्यान्ड। बुद्ध अर्थात् शान्ति तपाईंकै छेउमा पनि छन्। बस् तपाईंले भन्न सक्नुपर्छ- आई एम स्योर, राइट नाउ हि इज इन... !

‘बहस’ भर्सेस् ‘ब हस्’!

प्रकाशित: शुक्रबार, असार १२, २०७७ १३:५१
समाचार सारांशमा :
  • ‘बहस’ गर्नु मानिसबाहेक अरुको बसमा छैन तर ‘ब हस्’ सुगाले पनि गर्न सक्छ
  • बहस भयो भने विद्वत्ताले ‘लिड’ गर्छ। तर ‘ब हस्’ भयो भने विद्वत्ता पाखा लाग्छ र उच्छृङ्खलताले ‘लिड’ गर्छ
  • आशा छ नेपाली सञ्चार माध्यम र सञ्चारकर्मीहरुसँगै बहस गर्ने विद्वानहरू पनि ‘फ्रन्ट लाइन’ मा आउने छन् 
  • आई डोन्ट केएर ह्वेयर बुद्ध वाज बर्न, बट आई एम स्योर, राइट नाउ हि इज इन स्कटल्यान्ड
पूरा समाचार पढ्नुहोस्