२०७७ साउन १, बिहिबार

तनाव, अवसाद, द्वेष, इर्श्या र निन्दाबाट मुक्त हुन योग : प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले समाजलाई स्वस्थ, खुशी र सकारात्मक मनोचेतनाले डोर्‍याउन योग मानवीय जीवनको अंग बन्‍नु आवश्यक रहेको बताएका छन्। 

अन्तर्राष्‍ट्रिय योग दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले योगको महत्वका बारेमा चेतना अभिवृद्धि गर्ने र यसका सरल विधिहरूको जनसाधारणमा पहुँच पुर्‍याउने काममा यस दिवसलाई सबै तह र क्षेत्रले सार्थकले बनाउनुपर्ने बताए। ‘‘यतिबेला सिंगो विश्‍वसँगै हामी पनि कोरोना भाइरसको महामारीसँग जुधिरहेका छौं। यस्तो बेला औषधीय गुणयुक्त आहार, व्यायाम र उच्च मनोस्वास्थ्य अन्यन्तै महत्वपूर्ण विषय हुन्," प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, "यी विषयमा योग शास्त्रले ज्ञान दिँदै आएको छ । आधारभूत स्वास्थ्य सेवाभित्र योग र वानस्पतिक औषधीय वस्तुको प्रयोगमा समेत जोड दिँदै हामी निरोगी नेपालको उद्देश्य पूरा गर्न सक्छौं।’’

संयुक्त राष्‍ट्रसंघले सन् २०१५ देखि २१ जुनलाई अन्तर्राष्‍ट्रिय योग दिवस मनाउन थालेको हो । नेपालमा भने १ माघमा राष्‍ट्रिय योग दिवस मनाइन्छ । ‘‘मानसिक अन्तर्यात्रामार्फत शारीरिक तथा मानसिक स्वास्थ्यको अध्ययन गर्ने योग शास्त्रको महत्व आधुनिक युगमा झनै मुखर भइरहेको छ। तनाव, अवसाद, द्वेष, इर्श्या र निन्दाका दुष्‍प्रभावबाट मुक्त गर्दै समाजलाई स्वास्थ, खुशी र सकारात्मक मनोचेतनाले डोर्‍याउन योग मानवीय जीवनको अंग बन्‍नु आवश्यक छ,’’ प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ। 

प्राच्य दर्शनमा अपनाइएको योग पद्दतिलाई आधुनिक मेडिकल विज्ञानले पनि स्वीकार गरिसकेको प्रधानमन्त्रीले आफ्नो सन्देशमा खुलाएका छन्। ‘‘समृद्ध नेपाल-सुखी नेपाली हाम्रो राष्‍ट्रिय आकांक्षा छ। शारीरिक एवं मानसिक रूपले स्वस्थ र निरोगी नागरिक यसका मुख्य आधार हुन्,’’ सन्देशमा भनिएको छ, ‘‘अन्तर्राष्‍ट्रिय योग दिवसको यस अवसरमा योग साधना र अभ्यासलाई आफ्नो जीवनशैली बनाएर आरोग्य प्राप्त गर्न म सबैमा आह्वान गर्छु।’’

प्रकाशित: आईतबार, असार ७, २०७७ ०२:५९

योग दिवसमा प्रधानमन्त्रीको सन्देश- ‘‘समृद्ध नेपाल-सुखी नेपाली हाम्रो राष्‍ट्रिय आकांक्षा छ। शारीरिक एवं मानसिक रूपले स्वस्थ र निरोगी नागरिक यसका मुख्य आधार हुन् ।'’