२०७७ साउन १, बिहिबार

के चीन-भारत सीमामा नयाँ परिदृश्य बन्दैछ ? (पहिलो भाग)

चीन–भारत सीमा फेरि एकपटक उम्लिरहेछ। दोक्लाम क्षेत्रमा चिनियाँ र भारतीय फौज विवादमा उत्रिएको दुई वर्ष पनि नपुग्दै दुई हजार १६७ माइल लामो सीमानामा गत मे महीनामा तनाव सिर्जना भयो। मुक्का हानाहान भयो। रगत बग्यो। ‘लाइन अफ् एक्च्युअल कन्ट्रोल’ (वास्तविक नियन्त्रण रेखा,  एलएसी) नाघियो। सीमा नजिकका स्थानहरूमा हातहतियार तैनाथ गरियो। जुन महीनाको शुरुमा भने आशा केही किरण देखापरे। पांगोंग ताल नजिकै भारतीय र चिनिया सैनिक दस्ता तैनाथ भए पनि ६ जुनमा चीन र भारतका सैन्य अधिकारीबीच वार्ता भयो। यति हुँदाहुँदै पनि र ‘एलएसी’ मा भएको विकास क्रमले छिटो निकास पाउने देखिँदैन। 

पछिल्ला केही दशकदेख चीनले मुख्यतः चारवटा भौगोलिक मोर्चामा बलप्रयोगको नीति अपनाइरहेको छ। ती हुन् – पूर्वी चिनियाँ सागर, दक्षिण चिनियाँ सागर, चीन–भारत सीमा र सामुद्रिक पारवहनको स्वतन्त्रता सम्बन्धमा संयुक्त अमेरिकासँग। यीमध्ये चीन–भारत सीमानाको यी मोर्चाहरूमध्ये बढी स्थिर हुने ठानिन्थ्यो। अहिले यो चिन्तनमाथि पुनर्विचार गर्नुपर्ने भएको छ।

चीन र भारतबीच एलओएसी देखाउने नक्शा। एलओएसी सन् १९६२ पछि निर्माण भएको सीमा रेखा हो जसले भारत नियन्त्रित भूमीलाई चीन नियन्त्रित भूमीबाट छुट्याउँछ।

पृष्ठभूमि
चीन–भारत सीमानामा पछिल्लो विवाद मेको पहिलो हप्ताबाट शुरु भयो। सीमा गस्तीमा रहेका चिनियाँ र भारतीय सेनाबीच दुईवटा भिन्दाभिन्दै स्थानमा मुक्कामुक्की भयो। ५ मेमा लद्दाखमा रहेको पांगोंग तालको किनारमा पहिलो मुक्कामुक्की भयो। चीन–भारत सीमानामा दुई दर्जनजति ठाउँमा एलएसीमा परस्पर सहमति भएको छैन र यी ठाउँमा सीमा सरिरहन्छ। पांगोग तालको किनार त्यसमध्ये एक हो। त्यस्तै ९ मेमा सिक्किममा भारत र तिब्बत छोइने विन्दुमा मुक्कामुक्की भयो। ध्यान दिनुपर्ने के हो भने, सीमानाको यो भागबारे सन् २०००को दशकको मध्यतिर एउटा सहमति कायम गरिएको थियो र यसलाई भारतले विवादित क्षेत्र मानेको थिएन। तथापी त्यसपछि पनि बारम्बार चीनको ‘जनमुक्ति सेना’ले सीमापार गरेको समाचार सार्वजनिक भएका थिए। 

मेको मध्यदेखि लद्दाखका चारवटा विन्दुमा चिनियाँ र भारतीय सेनाबीच तनाव सिर्जना भएको र दुवै पक्षबाट सैन्य संरचना निर्माण हुनथाले। ती चार विन्दु हुन् – गलवान नदीनेरको भाग, चांग चेन्मो उपत्यकामा रहेको क्याम (हट स्प्रिंग्स), गोग्रा क्षेत्र र पांगोंग तालको किनार। मे महिनाको अन्त्यतिर पांगोंग ताल क्षेत्रमा चिनियाँ र भारतीय सेना झगडामा उत्रिएको भिडिओ सार्वजनिक भए। भारतीय सञ्चारमाध्यमहरूले १० हजार चिनियाँ सेनाले एलएसी पार गरेको अड्कलबाजी गरे। 

शुरुमा चिनियाँ र भारतीय अधिकारीहरूले एलएसीमा भएको विवादबारे खासै टिप्पणी गरेनन्। मेको मध्यतिर चीनले भारतलाई एलएसी नेर ‘अतिक्रमणकारी’ र ‘अवैध’ पूर्वाधार निर्माण गरेको आरोप लगायो। त्यसको जवाफमा भारतको परराष्ट्र मन्त्रालयले दावी गर्‍यो– ‘सबै भारतीय गतिविधी एलएसीको भारततिर भइरहेका छन्। वास्तवमा चिनियाँ पक्षले हालै भारतको नियमित गस्तीलाई वाधा पुर्‍याउने काम गरिरहेछ।’

भारतीय सञ्चारमाध्यम चीनले ‘भारतीय भूभाग’ कब्जा गर्‍यो कि गरेन भन्ने बहसमा अल्झिएको छ। यसको जवाफ भने जटिल छ। 

चीनको उच्च नेतृत्वले आफ्ना भाषणहरूमा यो विषयमाथि चर्चा गर्न उपयुक्त ठानेनन्। भारतका लागि चिनियाँ राजदूतले भने दुवै देशहरूले ‘एक अर्कोलाई त्रास सिर्जना नगर्ने’ र ‘वार्ताबाट समझदारीको खोजी गर्ने’मा जोड दिए। चीनको परराष्ट्र मन्त्रालयले ‘अवस्था स्थिर र नियन्त्रणमा रहेको’ दावी गर्‍यो। केवल चीनको अति–राष्ट्रवादी प्रचारमाध्यम ‘ग्लोबल टाइम्स’ ले मात्रै दिल्लीको आलोचना गरिरह्यो। ग्लोबल टाइम्सले शुरुमा भारतले संकट सिर्जना गरेको दावी गर्‍यो। सिमानामा भएको गतिरोधको कारक संयुक्त राज्य अमेरिका रहेको आरोप लगायो। भारतलाई कसैको हतियार नबन्न चेतावनी दियो। दिल्लीले ‘चीनबारको बुझाई र अनुसन्धान सुधार्न’ र ‘सही र रणनीतिक निक्र्यौल निकाल्न’ सुझाव दियो। 

जुनको शुरुमा भारतीय रक्षामन्त्री राजनाथ सिंहले कुटनीतिक तवरबाट समाधान खोज्नुपर्ने धारणा राख्दै चेतावनी पनि दिए– ‘भारत कसैको पनि आत्मसम्मानमा ठेस पुर्‍याउन चाहन्न न त ऊ भारतको आत्मसम्मानमा ठेस पुर्‍याउने कुनै गतिविधी नै सहन्छ...कसैले हाम्रो शीर झुकाउन खोज्छ भने, कुनै शंका छैन हामीले उपयुक्त जवाफ दिनसक्छौं।’

घटनाको स्पष्ट चित्र

त्यसोभए यो हिमालय क्षेत्रमा खास के भइरहेछ ? एलएसीको मामिलामा हाम्रा धेरैजसो बुझाई सिमित सूचना, विवादास्पद अभिव्यक्ति, र स्रोत नखुलाइएका अनुमानहरूको धाराप्रवाह प्रसारणमा आधारित छन्। अवश्य पनि सार्वजनिक भएका नयाँ रिपोर्टहरू, सरकारका वक्तव्य, स्याटलाइट तस्वीरले यथार्थपरक विश्लेषण गर्न मद्दत पुर्‍याउँछन्। यति हुँदाहुँदै पनि लद्दाखका पछिल्ला घटनाको तस्वीर अधुरो नै रहन्छ। 

सबैभन्दा पहिला त एलएसी नजिकका तीनवटा विन्दु (गलवान नदी, गोग्रा र हट स्प्रिंग) मा ठूलो संख्यामा सैन्य शक्ति बढाइयो। गोग्रा नजिक ठूला हातहतियार सहितका चिनियाँ सेना खटाइए। गलवान नदि क्षेत्रमा मे महिनामा चिनियाँ सेनाले एलएसी पार गरेको विश्वसनीय रिपोर्टहरू प्रकाशन भएका छन्। तर चिनियाँ सेना एलएसीको चीन क्षेत्रमै कि फर्काइए कि स्वईच्छाले फर्किए।

अरु केही रिपोर्टहरूले यी क्षेत्रका केही ठाउँमा एलएसी पार गरेर चिनियाँ सेनाले अड्डा जमाएको पनि बताइएको छ। तर यी दावीहरू पुष्टि हुन बाँकी छन्। यता भारतपक्षले पनि एलएसीनेर आफ्नो स्थान कायमै राख्न छिटोछिटो सेना, हातहतियार र सामग्री पठायो। त्यहाँ खटाउनका लागि काश्मिरको ‘लाइन अफ कन्ट्रोल’ (एलओसी) नेर तैनाथ सेनासमेत फिर्ता बोलायो। विभिन्न रिपोर्टहरूले हरेक पक्षबाट करिब १० हजार सेना परिचालन भएको दावी गर्छन्। 

स्थानीय र जिल्ला तहका सैन्य कमान्डरहरूबीच भएका थुप्रै अनिर्णायक बैठकहरूपछि ६ जुनमा दुवै पक्षका कमान्डरहरूबीच ‘सौहार्दपूर्ण र सकारात्मक वातावरण’मा वार्ता भयो। यी वार्ताहरूपछि दुवै पक्ष गलवान, गोग्रा र हट स्प्रिंगनेर एलएसीमा तैनाथ आफ्ना सेना एकपछि अर्को गरी फिर्ता बोलाउन सहमत भए। चिनियाँ परराष्ट्र मन्त्रालयले दुवै पक्ष ‘सिमानाको अवस्थालाई सहज बनाउन सकारात्मक सहमतिमा पुगेको’ बतायो। 

समस्याको कारक बनेको ताल 

लद्दाखको दक्षिणमा पांगोंग तालनेर भने अझै पनि विवाद कायमै छ। वर्षौंदेखि तालको किनार क्षेत्रमा समस्या जारी छ। त्यो ताललाई एलएसीले बीचबाट चिरेको छ। भारतले तालको पश्चिमी एक तिहाई भूभाग नियन्त्रण गर्छ भने चीनले पूर्वी दुई तिहाई क्षेत्र। भारतीय सरकारले सार्वजनिक गरेका तस्वीरहरूले सन् २०१५ देखि २०१९को बीचमा सिमानाका अरु विन्दुमा भन्दा पांगोंग क्षेत्रमा चिनियाँ सेनाले बढी अतिक्रमण गरेको देखाउँछ। यो बीचमा एकहजार पटक एलएसी मिचिएका छन् जसमध्ये एक चौथाई सीमा अतिक्रमण पांगोंग ताल क्षेत्रमा भएको छ। 

सन् २०१७ मा यो तालबाट ५०० माइल दक्षिणपूर्वमा रहेको दोक्लाम क्षेत्रमा चिनियाँ र भारतीय सेना अभुतपूर्व विवादमा उत्रिएका थिए। दुवै पक्षका सेनाहरू ढुंगा हानाहानमा उत्रिएको भिडिओ सार्वजनिक भएको थियो। यो मेमा चीनले विवादित तालमा गस्ती गर्ने डुंगाको संख्या तीन गुणा बढाएको थियो। 

पांगोंग ताल क्षेत्रमा चीन र भारतको दावी रहेका क्षेत्रहरू देखाइएको स्याटलाइट तस्वीर। तस्वीर स्रोतः ट्वीटर अकाउन्ट @detresfa_

किन यो पांगोंग ताल यति धेरै समस्याजनक छ ? तालको उत्तरी किनारमा आठ ठाउँमा हिमालका फेदका चुच्चाहरू तालसम्म पुगेका छन्। यी चुच्चालाई ‘फिंगर’ नामाकरण गरेर हरेकको संख्या तोकिएको छ (तस्वीरमा देखाइएका अंकहरू यिनै फिंगरहरू हुन्) । ‘फिंगर ८’ सम्मै आफ्नो सीमा भएको भारतको दाबी छ। अर्कोतर्फ चीनले ‘फिंगर २’ सम्मै आफ्नो सीमा भएको दाबी गर्छ। पांगोंग तालमा दुवैको दाबी खप्टिएको छ। तर यो मुख्य समस्या होइन। वास्तवमा मुख्य समस्या के हो भने, यो क्षेत्रमा एलएसीको अवस्थितिबारे चीन र भारतको सहमति नै कायम भएको छैन। चीनले एलएसी ‘फिंगर ४’ बाट जान्छ भन्ने दावी गर्छ। भारतले त्यसको केही माइल पूर्व रहेको ‘फिंगर ८’बाट एलएसी जान्छ भन्ने दाबी गर्छ। 

‘फिंगर ४’ सम्म भारतले अहिलेसम्म आफ्नो सार्वभौम नियन्त्रण कायम गरिरहेको छ। यसको दक्षिणी भागमा उसले सैनिक चौकी निर्माण गरेको छ। चीन र भारत दुवैको आ–आफ्नै दावी रहेको ‘एलएसी’ बीचको भूभागग ‘फिंगर ४’को पूर्वमा छ। यो क्षेत्रमा चीनले दशकौंदेखि नियमित गस्ती लगाइरहेछ र सन् १९९९ मा यहाँ सडक पनि बनाएको छ। भारतीय फौजले पनि आफ्नो दावी रहेको ‘फिंगर ८’ सम्म गस्ती लगाउँछ। ‘फिंगर ४’ नेर अप्ठ्यारो खण्ड भएकाले यहाँबाट अगाडि गाडी नचल्ने भएकाले भारतीय फौजले पैदलै गस्ती लगाउँछ। दुवैपक्षको दावी रहेको ‘एलएसी’ बीच पर्ने ‘फिंगर ४’ र ‘फिंगर ८’ बीचको भूभाग नै भारतीय र चिनियाँ सेनाबीचको विवादको मुख्य कारक हो। सन् २०१३ देखि यो क्षेत्रमा चीनले भारतलाई गस्ती लगाउन रोकेको रिपोर्टहरू सार्वजनिक भएका छन्। 

मे महिनामा लद्दाखको उत्तरी क्षेत्रमा तनाव सिर्जना भइरहँदा करिब दुई सयजनाको चिनियाँ फौज ‘फिंगर ४’ सम्म पुगेको थियो। ‘फिंगर ४’ नेर चिनियाँ सेनाले चौकी स्थापना गरेको पाइएको छ। त्यहीँनेर यथास्थिति (स्ट्याटस क्वो) कायम गर्ने उसको प्रयत्न हो। 

भारतीय सञ्चारमाध्यम चीनले ‘भारतीय भूभाग’ कब्जा गर्‍यो कि गरेन भन्ने बहसमा अल्झिएको छ। यसको जवाफ भने जटिल छ। पक्कै पनि ‘फिंगर ४’ र ‘फिंगर ८’ बीचको भूभागमा भारतले दावी गरेको छ र गस्ती पनि गरेको छ तर उसले कहिल्यै पनि त्यहाँ सार्वभौम नियन्त्रणको अभ्यास गरेको छैन। तर त्यही भूभागमा चीनले आफ्नो बलियो उपस्थिति देखाउने गरी सडक पनि निर्माण गरेको छ। 

चीन–भारत सीमा विवादका प्रवृत्ति

भारतले चिनियाँ पक्षबाट हरेक वर्ष सयौं पटक एलएसी उल्लंघन भएको दावी गर्ने गरेको छ। र, भारतीय र चिनियाँ सैनिकबीच बढीजसो विवाद गस्तीका क्रममा हुने गरेको छ। सन् २०१३ को बसन्तमा भने यो प्रवृत्तिमा केही परिवर्तन देखापर्‍यो। सीमानेर भारतले नयाँ बंकर र चौकी निर्माण गरेकोमा विरोध जनाउँदै दर्जनौं चिनियाँ सेनाले लद्दाखको देप्सांग उपत्यकामा एलएसी नाघे र चौकी स्थापना गरे। भारतीय सेनाले बनाएका केही चौकी हटाउने गरी सहमति नहुँदासम्म करिब तीन हप्ता चिनियाँ सेना त्यहाँ रहिरहे। 

अझ ध्यान दिनुपर्ने त, त्यसको अर्को वर्ष नै चिनियाँ राष्ट्रपति सी चीनफिङको भारत भ्रमणको पूर्वसन्ध्यामा चिनियाँ सेनाले फेरी त्यस्तै अभ्यास गर्‍यो। सेप्टेम्बर २०१४ मा सयौं चिनियाँ सेनाले चुमार नेरको ‘एलएसी’ पार गरे र १६ दिनसम्म रहिरहे। भारतले हालै बनाएको अवलोकन चौकी र एलएसीनेरका बंकरहरू हटाउने र चीनले एलएसीसम्म पुग्नेगरी विस्तार गरिरहेको सडक निर्माण रोक्नेगरी दुवैपक्ष सहमतिमा पुगेपछि बल्ल उनीहरू फिर्ता भए। सन् २०१५ मा लद्दाखमा फेरी त्यस्तैखाले विवाद देखापर्‍यो। त्यतिबेला भने एलएसीनेर चिनियाँ फौजलाई चौकी बनाउन भारतीय फौजले रोकेको थियो  

सुखद पक्ष के हो भने, लद्दाखमा भइरहेका वर्तमान संकटहरू अघिल्ला विवादसँगै मिल्छन्। ती विवाद शान्तिपूर्ण रूपमा समाधान भएका थिए। दुखद पक्ष के हो भने, वर्तमान विवाद केही महत्वपूर्ण हिसाबले अघिल्लाभन्दा फरक छन् जसले एलएसी नयाँ र परिवर्तनशील चरणमा पुगेको दर्शाउँछन्। 

लद्दाखमा भइरहेका वर्तमान संकटहरू अघिल्ला विवादसँगै मिल्छन्। ती विवाद शान्तिपूर्ण रूपमा समाधान भएका थिए। दुखद पक्ष के हो भने, वर्तमान विवाद केही महत्वपूर्ण हिसाबले अघिल्लाभन्दा फरक छन् जसले एलएसी नयाँ र परिवर्तनशील चरणमा पुगेको दर्शाउँछन्। 

पहिलो, चिनियाँ पक्षबाट हुने एलएसी उल्लंघनको मात्रा सबैतिर निरन्तर रूपमा बढिरहेछ। भारत सरकारले सन् २०१९ मा २०१८ को तुलनामा ५० प्रतिशत बढी ६६० पटक चिनियाँ सेनाले एलएसी उल्लंघन गरेको तथ्यांक राखेको छ। दोस्रो, वर्तमान विवादहरू एलएसीका अविवादित क्षेत्रहरूमा पनि अस्वभाविक रूपमा भएका छन्। तेस्रो, दुवै पक्ष असाधारण तहको शत्रुतामा होमिएका छन्। सन् २०१७ भन्दा पहिला दुर्लभ हुने मुक्कामुक्की र ढुंगा हानाहानमा संलग्न भइरहेका छन्। 

चौथो, परम्परागत रूपमा परिवर्तनशील वा विवादित नमानिएका क्षेत्रहरूमा पनि झडप भएका छन्। ती क्षेत्रमा एलएसी कहाँनेर पर्छ भन्नेमा विवाद पनि छैन। ती क्षेत्रहरू हुन् – गलवान नदी, हट स्प्रिंग र सिक्किम। समग्रमा यी पछिल्ला प्रवृत्तिले चीन–भारत सिमाना तय गर्ने ‘एलएसी’ मा शत्रुतापूर्ण, नियमित, लामो समय रहने खालको, सञ्चारमाध्यममा बढी स्थान पाउने र अन्तर्राष्ट्रिय चासोको विषय बन्ने गरी विवादहरू बढ्दै गइरहेको देखाउँछन्। 

–स्मिथ ‘हेरिटेज फाउन्डेसन्स एशियन स्टडीज सेन्टर’मा अनुसन्धाताका रूपमा कार्यरत छन्। यसअघि उनी ‘अमेरिकन फरेन फोलिसी काउन्सिल’मा ‘एशियन सेक्युरिटी प्रोग्राम’का निर्देशक थिए। स्मिथ ‘कोल्डपिसः सिनो–इन्डियन राइभलरी इन द ट्वेन्टीफर्स्ट सेन्चुरी’ र ‘एशियाज क्वेस्ट फर ब्यालेन्सः चाइनाज् राइज एन्ड ब्यालेन्सिङ इन द इन्डो–प्यासिफिक’ पुस्तकका लेखक हुन्।

–अब्जर्भर रिसर्च फाउन्डेसनको वेबसाइटमा  ३१ जेठमा प्रकाशित यो लेखको अनुवाद लक्ष्मण श्रेष्ठले गरेका हुन्। यो लेखको पहिलो भाग हो।

टिप्पणी : स्मिथले यो लेखमा भारतीय दाबीहरूलाई बढी स्थान दिएका छन्। वर्तमान सीमा विवादबारे चिनियाँ दाबीलाई यो लेखले समेटेको छैन। तथापी एक अनुसन्धानकर्मीका रूपमा उनले विवादको मूल कारक रहेको भौगोलिक विन्दुहरूबारे व्याख्या गरेका छन्। यो लेख प्रकाशन हुँदासम्म चिनियाँ र भारतीय फौजबीच ज्यान नै जानेगरी विवाद भइसकेको थिएन तथापी विवाद त्योभन्दा पेचिलो हुनेगरी लेखकले आंकलन गरेका छन्। 

यो पनि पढ्नुहोस्
के चीन र भारत सन् १९६२ कै अवस्थामा पुग्दैछन् ?
 
२ असारमा लद्दाख जानुअघि श्रीनगरको दक्षिणपश्चिममा रहेको बाल्तालनेर आराम गर्दै भारतीय सेनाका सैनिकहरू। तस्वीर : रोयटर्स।
प्रकाशित: बिहिबार, असार ४, २०७७ १४:५९
सारांशमा :
  • दुवै पक्षले एकअर्कालाई सीमा मिचेको आरोप लगाउँछन् 
  • समस्याको मूल कारक पांगोंग ताल हो
  • पहिले विवाद नरहेका क्षेत्रमा पनि तनाव सिर्जना भएको छ
  • अघिल्ला तनावहरूभन्दा वर्तमान तनाव फरक छ 
पूरा पढ्नुहोस्