२०७७ असार २९, सोमबार

कोही किन गर्छ आत्महत्या ?

काठमाडौं। बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आइतबार आत्महत्या गरे। बान्द्रास्थित आफ्नै अपार्टमेन्टमा सुशान्त झुन्डिएको अवस्थामा फेला परेका थिए। उनको निधनले अहिले उनका भारतीय मात्रै नभई नेपाली फ्यानहरू पनि मर्माहत बनेका छन्। 

डान्सर बोयदेखि टीभी सिरियल हुँदै बलिउडमा कदम राखेका उनको करिअर कम समयमै चम्किएको थियो। ‘काइ पो चे’ बाट डेब्यु गरेका उनले बलिउडलाई ‘एमएस धोनी द अनटोल्ड स्टोरी’, ‘केदारनाथ’ जस्ता उत्कृष्‍ट फिल्म दिएका छन्। सुशान्त र मनोज बाजपाइ अभिनीत ‘सोनचिरिया’ले बक्सअफिसमा धमाका नगरे पनि उनको अभिनयको भने राम्रो तारिफ पाएका थिए। 

बलिउड अभिनेता स्व. सुशान्तसिंह राजपुत

कम समयमै राम्रो सफलता पाएका सुशान्तले किन आत्महत्या गरे ? यो प्रश्‍न अहिले निकै पेचिलो बनेको छ। भारतीय सञ्‍चारमाध्यमका अनुसार सुशान्तको अपार्टमेन्टमा डिप्रेसनका औषधि पनि थिए। र, उनले केही दिनदेखि औषधि नियमित नखाएको उनका साथीहरूले बताएका थिए। 

मानिसको स्वभाव नै हो, बाँच्‍ने इच्छा राख्‍नु। जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा पनि जिजिविषा मान्छेको स्वभाव बन्‍ने गरेको छ। तर, मानवीय स्वभावको विपरीत मानिसले आत्महत्या गर्ने गरेका छन्। 

विश्‍व स्वास्थ्य संगठनले ९ सेप्‍टेम्बर २०१९ मा सार्वजनिक गरेको प्रतिवेदन अनुसार विश्‍वभर हरेक ४० सेकेण्डमा एक जनाले आत्महत्या गर्ने गरेका छन्। त्यस्तै हरेक तीन सेकेण्डमा एक जनाले आत्महत्या गर्ने प्रयास गर्छन्। आत्महत्या गर्नेभन्दा त्यसको प्रयास गर्नेको संख्या २० गुणा बढी देखिएको संगठनको प्रतिवेदनमा उल्लेख छ। 

विश्‍वमा वार्षिक आठ लाख जनाले आत्महत्या गर्छन्। यी मध्ये ७५ प्रतिशत आत्महत्या न्युन आय भएका र विकासोन्मुख देशका मानिस छन्। पछिल्लो ४५ वर्षको अवधिमा विश्‍वमा आत्महत्याको दर ६० प्रतिशले वृद्धि भएको पाइएको छ।

विश्‍वमा वार्षिक आठ लाख जनाले आत्महत्या गर्छन्। यी मध्ये ७५ प्रतिशत आत्महत्या न्युन आय भएका र विकासोन्मुख देशका मानिस छन्। पछिल्लो ४५ वर्षको अवधिमा विश्‍वमा आत्महत्याको दर ६० प्रतिशले वृद्धि भएको पाइएको छ। विगतमा ६० वर्ष भन्दा बढी उमेर समूहकाले आत्महत्या गर्ने भए पनि पछिल्लो समय १५ देखि ६० वर्ष उमेर समूहकाले बढी आत्महत्या गर्ने गरेका छन्।

नेपालमै पनि आत्महत्याको स्थिति विकराल छ। २६ जेठमा नयाँ बानेश्‍वरस्थित एक सुरक्षा गार्डले आत्महत्या गरे। सपिङ कम्प्लेक्समा कार्यरत ५५ बर्षका डम्बर खवासले आत्महत्या गरेका थिए। त्यस्तै २ जेठमा मदाने गाउँपालिका-२ बाँझकटेरीका २३ वर्षीय लीलाबहादुर झाँक्रीले रुखमा झुण्डिएर आत्महत्या गरेका थिए। गुल्मी कै धुर्कोट गाउँपालिका-२ पिपलधारका ८० वर्षीय वृद्ध कर्णबहादुर बस्‍नेतले विष सेवन गरेर आत्महत्या गरे।

२७ जेठमा अनलाइन खबरले नेपाल प्रहरी प्रवक्ता डीआइजी निरबहादुर शाहीलाई उद्धृत गर्दै ११ चैतदेखि १७ जेठसम्मको अवधिमा एक हजार एक सय पाँच जनाले आत्महत्या गरेको खुलाएको छ। ११ चैतदेखि २० जेठसम्म कुल नौ सय ६३ जनाले आत्महत्या गरेको देखिएको थियो। एक हप्ताको अन्तरालमा १ सय ४२ जना अर्थात् दैनिक २० जनाले आत्महत्या गरेको देखिन्छ। 

नेपाल प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७२-०७३ मा चार हजार ६८० जनाले आत्महत्या गरेका छन्। यस्तै २०७३-०७४ मा पाँच हजार १२४ र ०७४-०७५ मा ५ हजार ३१७ जनाले आत्महत्या गरेको तथ्यांकले देखाउँछ भने आर्थिक वर्ष २०७५-०७६ मा तीन हजार २२ जनाले आत्महत्या गरेका छन्।

तर विश्‍व स्वास्थ्य संगठनको लागि विश्‍व स्वास्थ्य संगठनको नेपालको कार्यालय, पाटन एकेडेमी अफ हेल्थ साइन्स, ललितपुर र स्वास्थ्य मन्त्रालय अन्तर्गतको क्युरेटिभ सर्भिस डिभिजन, नेपालका केदार मरहट्ठा, रेउबेन स्याम्युअल, पवन शर्मा, लोनिम दिक्षित, भोलाराम श्रेष्‍ठ लगायतले २०१७ मा गरेको अध्ययन पत्रमा नेपालमा आत्महत्या र आत्महत्याको आंकडासम्बन्धी भएको तथ्यांक विश्‍वसनीय नभएको उल्लेख गरेका थिए।

प्रतिवदेनमा लेखिएको छ- ‘उपलब्ध तथ्यांक पुलिस रिपोर्टमा आधारित छ। नेपालमा राष्‍ट्रिय स्तरको तथ्यांकहरूको अभाव छ। विश्‍व स्वास्थ्य संगठनले २०१२ मा नेपालको लागि एक उमेर मापदण्ड आत्महत्याको दरको नमुना बनाएको छ। जुन विश्‍वमा सातौं स्थानमा पर्छ।’

सन् १९९६ देखि २००६ सम्म नेपालमा माओवादी विद्रोहको क्रममा द्वन्दको प्रभावले गर्दा मानसिक स्वास्थ्य र आत्महत्याको मुद्दा प्रकाशमा आएको थियो। सन् २०१५ को महाभुकम्प पछि पनि मानसिक स्वास्थ्यको हेरचाहको आवश्यकता रहेको रिपोर्ट बनेको उक्त प्रतिवेदनमा उल्लेख छ। 

किन गर्छन् त आत्महत्या ?
मनोविश्लेषक बासु आचार्यका अनुसार आत्महत्या आफैंंमा रोग होइन। यो मनोरोगको परिणाम हो। उनका अनुसार आत्महत्याका लागि धेरै पक्षहरूले प्रेरित गरिरहेका हुन्छन्। डिप्रेसन, सिजोफेनिया, पर्सनालिटी डिसअर्डर, एडजस्टमेन्ट प्रब्लम, बाइकोलार, लगायत आत्महत्याको मुख्य कारण हुन्। अचानक कुनै परिस्थिति आइलागेमा वा अरूलाई रीस देखाउन पनि आत्महत्या गर्ने गरेको उनी बताउँछन्। 

“मानिसमा यी रोग हुँदैमा मर्छन् भन्‍ने होइन। तर यस्ता रोग भएका मानिसले आत्महत्या गर्न सक्ने सम्भावनाचाहिँ हुन्छ,” उनी भन्छन्, “कुनै दीर्घ रोग भएका वा अत्यधिक लागुऔषध र मद्यपान गर्ने मानिसहरूमा पनि आत्महत्याको सोच आउन सक्छ। र कहिलेकाहिँ अरूलाई दुःख दिन पनि आत्महत्या गर्न सक्छन्।”

सामान्य मानिसहरूलाई सानो उपलब्धिमा रमाउने खुशी हुने बानी परेको हुन्छ, यस्ता मानिसले समस्यालाई सहज रूपमा लिने गर्छन्। तर मनोविश्लेषक आचार्यका अनुसार डिप्रेसनमा भएको मानिसले सानो समस्यालाई ठूलो र ठूलो उपलब्धिलाई सानो देख्‍न थाल्छ। उसले एक्लो महशुस गर्न थाल्छ। “मानिसलाई डिप्रेसनले १५ दिनमै समात्‍न सक्छ,” आचार्य भन्छन्, “तर मानिसलाई आफू डिप्रेसनको शिकार भएको स्वीकार गर्न पाँच वर्ष लाग्छ।”

डिप्रेसन वा अन्य रोगले समात्दा सुरुमा महशुस नै नहुने तर पछि त्यही रोगले बिस्तारै सबै थोकमा असर देखाउन थाल्ने उनी बताउँछन्। “केही उत्साह, उमंग, रस, जाँगर नै हुँदैन। उनीहरू आफूलाई एउटा कोठामा बन्द गरेर राख्‍न चाहन्छन्। उनीहरू आशा, भरोसा र सहयोगविहिन हुँदै जान्छन्। आफूलाई निरर्थक देख्‍नु र आफैंंलाई माया नगर्नुले मानिसलाई कमजोर बनाउँदै लैजान्छ र व्यक्तिले आत्महत्या रोज्छ”, आचार्य भन्छन्।

आचार्यका अनुसार मनोरोगले काम राम्रोसँग गर्न नसक्ने, डिभोर्स हुने लगायतका घटनासम्म पुर्याउँछ। यस्ता रोग लागेका मानिस घर वा समाजमा टिक्नै नसक्ने महशुस गर्छन्। जसले गर्दा मानिसलाई आफ्नो नियन्त्रण भन्दा बाहिर धकेलिदिन्छ। 

आचार्य भन्छन्, “त्यसपछि मानिसले बाँच्‍नुपर्छ भन्‍ने सोच्‍नै छोडिदिन्छ। दिमागमा म केही गर्न सक्दिनँ, यो दुनियाँमा मजस्तो असफल र अभागी मान्छे कोही छैन भन्‍ने कुरा मात्र आउँछ। स्वस्थ मानिसमा यस्तो कुरा एक, दुई पटक मात्र आउँछ। तर जो डिप्रेसनको शिकार भएको छ उसले २४ घण्टा त्यही कुरा मात्र सोचिरहेको हुन्छ। कोही व्यक्तिलाई त यस्तो हुन्छ की निदाउँदा सपनामा पनि म असफल र बेकारको मान्छे हुँ भन्‍ने कुरा मात्र आउँछ।” 

बासुका अनुसार दिमागमा सेरोट्रोनको मात्रा कम छ भने मानिसले चाहेर पनि सकारात्मक सोच्‍न सक्दैन। दिमागमा डोपामिन भन्‍ने तत्व बढी भएमा मानिसमा भ्रम पैदा हुन्छ। यसले अरूले आफूमाथि षडयन्त्र गरिरहेको महशुस गराउँछ। 

कोही उदास रहेको कसरी थाहा पाउने ?
मनोविश्लषेक वासु आचार्यका अनुसार आत्महत्या गर्ने वा मानसिक रोगले ग्रस्त मानिसले विभिन्‍न संकेत देखाउँछन्। तिनलाई परिवारका सदस्य बुझेर हल गर्ने कोशिस गर्नुपर्नेमा उनी जोड दिन्छन्। कुनै पनि मानिसलाई धेरै गाली मात्रै गरिरह्यो भने पनि उसमा मृत्युको सोच आउन सक्ने भएकाले परिवारका सदस्यलाई बुझ्ने कोशिस गर्नुपर्ने उनी बताउँछन्। 

“मानिसलाई डिप्रेसनले १५ दिनमै समात्‍न सक्छ। तर मानिसलाई आफू डिप्रेसनको शिकार भएको स्वीकार गर्न पाँच वर्ष लाग्छ।”

“यदि आफ्ना परिवारको सदस्य एक्लै बस्‍न रुचाउने, उदास रहने, काममा मन लगाउन नसक्ने भयो भने उनीहरूलाई के भएको छ भनेर बुझ्न पर्छ,” उनी भन्छन्, “उनीहरूले सामाजिक सञ्‍जालमा दर्दनाक, एक्लो भएको महशुस दिने खालका, आँशुले भरिएका समाचार,  ट्रोल वा कविता, शायरीहरू सेयर गर्छन्। ऋणी भएर मर्न नचाहनेहरू कोही आफुले लिएको ऋण तिर्दै हिँड्छन्। परिवारका सदस्य कुन अवस्थामा छन् त्यो बुझ्‍नपर्छ।” 

मानसिक समस्या ब्यवस्थापन गर्ने मुख्य दुई तरिका हुन्छन्। एउटा औषधि सेवन हो भने अर्को साइकोथेरापी। औषधि सेवनले मस्तिष्‍कमा थपघट भएको तत्वहरू समायोजन गर्छ। साइकोथेरापीले मानिसको सोच्‍ने नजर नै परिवर्तन गर्छ। 

आचार्य भन्छन्, “त्यस्तै घरमा दीर्घ रोगी वा कुनै मानसिक रोगी छन् भने परिवारका सदस्यले घरमा उनीहरूको कोठाको चुकुल याद गरिरहनुपर्छ। र  सिलिङमा पर्खा झुण्ड्याउने वा कुनै अड्काउन मिल्ने कुराहरू राख्‍नुहुँदैन।”

कोही किन गर्छ आत्महत्या ?

जीवन सुन्दर छ तर मानिसले किन समाप्त गर्छन् यही अमूल्य जीवन

प्रकाशित: बुधबार, असार ३, २०७७ ०७:०३
सारांशमा :
  • आत्महत्या आफैंमा रोग होइन, मनोरोगको परिणाम हो
  • कोही एक्लै बस्‍न थाल्छ, अरूसँग घुलमिल हुन खोज्दैन भने उसमा समस्या हुनसक्छ
  • औषधि वा साइकोथेरापीबाट मनोरोगको उपचार हुनसक्छ 
पूरा पढ्नुहोस्