२०७७ साउन १, बिहिबार

कोरोना कहरबीच नेपालबाट अमेरिका फर्किँदा

तीन महिनाअघि बुबा बिरामी हुनुभएको कारण अचानक अमेरिकाबाट नेपाल आउनुपर्‍यो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिनासाथ झोला थन्क्याएर सीधै अस्पताल गएँ। बुबा कठिन अवस्थामा रोगसँग जुधिरहनुभएको थियो। डाक्टरको भनाइअनुसार त्यो रोग बुबाको उमेर र अवस्थाअनुसार अत्यन्त जटिल थियो। उपचार सम्भव थिएन।

अवस्था झन बिग्रिँदै गएपछि केही दिन आईसीयूमा राख्यौं। पछि डाक्टरले घर लैजान भनेपछि उहाँलाई घरै लगेर २४ घण्टै नर्सिङ केयरमा राख्यौं। नेपालमा पनि होम केयर कम्पनीहरू खुलिसकेकाले यो सम्भव भयो। कोभिड-१९ कै सन्त्रास बीच म अमेरिकाबाट नेपाल पुगेको थिएँ। ठूलो दाजु बेलायतबाट पुग्नुभयाे। भान्जा बङ्गलादेश र स्वास्थ्यसम्बन्धी तालिमका लागि जानुभएका भिनाजु अफ्रिकाको किगालीबाट फर्किँदै हुनुहुन्थ्यो।

घरमा पुगेपछि एकआपसमा दूरी कायम गर्‍यौं र सबै किसिमका सावधानीसहित बुबाको स्याहारमा जुट्यौं। परिवारका धेरै सदस्य स्वास्थ्य सेवासँग सम्बन्धित भएकाले पनि घरमा बुबाको हेरचाहमा कुनै कमी हुन दिएनौं। तर, रोगलाई परास्त गर्न हाम्रो केही लागेन। अन्ततः बुबा हामीलाई छाडेर बिदा हुनुभयो।

बुबाको भौतिक शरीरले हामीबाट बिदा मागिरहँदा विश्व भने कोभिड-१९ महामारीको चपेटामा थियो। चीनको वुहानमा पहिलोपटक देखिएको यो विश्वव्यापी महामारी यो भाइरसको संक्रमण युरोप, अमेरिका र एशियाको कैयौं मुलुकहरूमा फैलिसकेको थियो। नेपालमा लकडाउन शुरू भइसकेको थियो। घरमै सीमित थिएँ।

बुबाको काजकिरिया गरिरहँदा अमेरिकामा रहेका छोराछोरी र श्रीमती बिरामी परे। त्यहाँ महामारी तीव्र गतिमा फैलिरहेको हुनाले सामान्य बिरामी हुँदा पनि चिन्ता बढ्थ्यो। उनीहरू निकै आत्तिएका थिए, यस्तो अवस्थामा जो कोहीलाई अत्यास लाग्नु स्वभाविक नै थियो।  म परिवारसँग भेट्न अमेरिका कहिले पुग्ने भन्ने एकहोरो खोजीमा थिएँ।

प्रेसिडेन्ट ट्राभल्सले २६ मेमा अमेरिका प्लेन चार्टर्ड गर्दैछ रे भनेर सुनेपछि इमेलमार्फत् सोधें। तुरून्तै जवाफ पाएँ। पासपोर्टको प्रतिलिपि पठाइदिन र एउटा अनलाइन फाराम भर्न भनियो। ट्राभल्सले मलाई अमेरिका जान पाउनेमा आश्वस्त पार्‍यो। तर, उडानको दुई दिन अघिबाट सम्पर्कमा नआएर ट्राभल्सले धोका दियो। एउटा व्यावसायिक कम्पनीको यो हर्कतबाट मजस्ता अरू आजित थिए।

डेलिजेन्ट ट्राभलले गरेको चार्टर्ड फ्लाइटबाट अमेरिका फर्किन सफल भइयो। नेपाल बस्दा त सुरक्षित थिएँ तर गन्तव्यसम्म पुग्न तीनवटा हवाईजहाजमा धेरै मान्छेको बीचमा यात्रा गर्नुपर्ने भयो। अहिले अमेरिका आइपुगेर संक्रमणको जोखिमबाट बच्न बेग्लै कोठामा बसेको छु।

तीन महीनाअघि सन्फ्रान्सिस्को एअरपोर्टबाट नयाँदिल्ली हुँदै काठमाडौं पुग्दा एअर इन्डियाको जहाजमा लगभग ३५० यात्रुमा म पनि थिएँ। जहाजमा कोरोना भाइरसको संक्रमणको त्रासका कारण २५ जना यात्रुले मास्क लगाएका थिए। तर, जहाज र विमानस्थलका कर्मचारीहरूले मास्क लगाएका थिएनन्। तर, तीन महीनापछि काठमाडौंबाट टर्किस एअरको जहाजमा इस्तनबुल–सिकागो हुँदै क्यालिफोर्निया आइपुग्दाको दृश्य पहिलेको तुलनामा आकास-जमिनको फरक थियो।

एअर टर्किसमा प्रवेश गर्नासाथ ढोकानेरै ज्वरो नापियो र केही थान ह्वाइप हातमा थमाइयो। यात्रा गर्ने लगभग ३०० यात्रु सबैले मास्क लगाएका थिए भने बेलाबेलामा स्यानिटाइजर प्रयोग गरिरहन्थे।  जहाजका कर्मचारीहरू अर्कै स्वरूपमा देखिन्थे, उनीहरू सबैले पर्सनल प्रोटेक्टिभ इक्विपमेण्ट (पीपीई)  को प्रयोग गरेका थिए। सिकागोदेखि क्यालिफोर्नियाको उडानमा त भौतिक दूरि कायम गर्न जहाजमा प्रत्येक एउटा सिट खाली गरेर यात्रु राखिएको थियो। जहाजभित्र प्रवेश गर्नुपूर्व नै सबैलाई मास्क लगाएर मात्र प्रवेश गर्न उर्दी जारी गरिँदै थियो।

कोरोना कहरबीच यस्तो लामो यात्रा तय गर्नुपर्ने जहाजमा भएका सबै यात्रुको आ-आफ्नो बाध्यात्मक परिस्थितिहरू रहेछन्। कसैको नेपाल गएको धेरै समय भैसकेको, कोही आमा वा बुबा बिरामी भएर गएको र कसैको साना छोराछोरी मात्र छोडेर गएको। बाध्यात्मक व्यवहारिक परिस्थितिका बीच महामारीको बेला नेपाल पुगेको मलाई अमेरिकामै रहेका मेरा परिवारको मायाले बढी पिरोलेको थियो।

मेरो यात्रा यसअघि गरिएको जस्तो हाँसीखुशी  र उत्सुकताले भरिएको थिएन। एअरपोर्टसम्म छाड्न आएका मेरा आफन्तको चेहेरामा कुनै हाँसोको धर्सा देखिँदैन थियो। एकातिर म बुबा गुमाउनुको पीडाबाट प्रताडित थिएँ भने अर्कोतिर कोरोनाको जोखिमबाट बचेर कसरी यात्रा गर्ने र पुगेर परिवारको सदस्यहरूसँग कसरी बचेर बस्ने भन्ने चिन्ताले सताइएको थिएँ।

मेरो फ्लाइटको ट्रान्जिट हुने र म पुग्नुपर्ने कर्फ्यु जारी भइरहेका शहरहरूमा एअरपोर्टबाट कसरी घरसम्म पुग्ने होला भनेर चिन्तित थिएँ म। यी सबै परिस्थितिहरू मेरो मानसपटलमा तँछाड-मछाड गर्दै आइरहेका थिए र यो परिस्थिति म र सम्पूर्ण मानव समाजको लागि प्रतिकूल हो।

सधैँ जहाज चढ्नुअघि र ओर्लेपछि विमानस्थलमा खिच्ने ‘सेल्फी’ पनि यसपालि यत्तिकै भयो।

कोरोना कहरबीच नेपालबाट अमेरिका फर्किँदा

तस्वीरः बीबीसी।
प्रकाशित: शुक्रबार, जेठ ३०, २०७७ १२:४७
सारांशमा :
  • तीन महीनाअघि अमेरिकाबाट नेपाल जाँदा जहाज र विमानस्थलका कर्मचारीले मास्क लगाएका थिएनन्।
  • तीन महीनापछि नेपालबाट अमेरिका फर्किँदा विमानका परिचारिकाहरू पनि पीपीईले ढाकिएका थिए।
  • यात्रामा कुनै उत्साह थिएन, पिरलो र बेचैनी मात्र थियो।
     
पूरा पढ्नुहोस्