२०७७ साउन १, बिहिबार

अफ्रो-अमेरिकीमाथिको विभेदविरुद्ध किन सबैले बोल्नुपर्छ ?

संयुक्त राज्य अमेरिकाका प्रहरी अधिकारी डेरेक चौविनले अफ्रो-अमेरिकी जर्ज फ्लोयडको हत्या गरे। हत्यामा चौविनलगायत मिनियापोलिस प्रहरी विभागका बुजुर्ग टाउ थाओसहित तीन अधिकारी सामेल थिए।

थाओको घुँडा फ्लोडको घाँटीमा नभए पनि उनी फ्लोयडको मृत्युको साक्षीमध्ये एक थिए। अन्य दुई अधिकारीसँगै थाओलाई पनि अपराधिक गतिविधिमा साथ दिएको आरोप लगाइएको छ। यही घटनाबाट शुरू भएको रंगभेद विरोधी आन्दोलन अहिले अमेरिकाभर छाएको छ।

खासमा अमेरिकाको डीएनएमा नै रंगभेद छ। अहिले अश्वेत जातिमाथि भएको चरम  चरम विभेदविरुद्ध जातीय र आप्रवासी समूहहरू लागिपरेका छन्। यसमा एशियाली मूलका अमेरिकीहरू पनि सहयोगी बनेका छन्।

नेपालमा हुर्कँदै गर्दा नै मैले अमेरिकामा काला जातिले गरेको संघर्षबारे केही थाहा पाएको थिएँ। तर, मैले मिडियाले बताएभन्दा बढी थाहा पाएको थिइनँ। त्यसो त नेपालमा पनि शताब्दीऔंदेखि कथित दलित समुदायमाथि विभेद हुने गरेको छ। मलाई लाग्थ्यो, अमेरिकामा त्यस्तो विभेद नहोला। विश्वमा अमेरिकी संस्कृतिको रुमानी छविको जस्तो प्रचार भएको छ त्यसलाई हेर्दा यहाँ विभेदले जरा गाडेको छ भन्ने भान नै हुँदैन। तर अमेरिका आइपुगेपछि मेरो आँखा खुल्यो।

मैले अमेरिकाले विकास गरेको गहिरो विभाजित र दमनकारी प्रणालीबारे यहीँ आएर बुझेँ। फेसन जगतमा काम गर्दा म पनि प्रायः अफ्रो-अमेरिकीहरूमाथि हुने क्रुर भेदभावको साक्षी भएँ। अहिले पनि म र मेरा अश्वेत, लेटिनेक्स, एशियाली, नेटिभ अमेरिकन र ‘एलजीबीटिक्यु’ साथीहरूमाथि भएको भेदभाव देख्छु। पहिले त म यस्तो विभेदको विरोधमा खासै बोल्दिनथेँ। तर, अहिले भने बोल्छु। अहिले म मेरो विचारप्रति अरूको असन्तुष्टि हुन्छ कि भन्ने चिन्ता गर्दिनँ। मेरो मनलाई ठिक लागेको विषयमा झगडा गर्न परे पनि गर्छु।

अहिलेको आन्दोलन शून्यबाट शुरू भएको भने होइन। कोरोना भाइरसले सिंगो मानव समुदायलाई आक्रमण गरिरहेको बेला अमेरिकामा एशियाली मूलका अमेरिकीमाथि पनि हिंसात्मक गतिविधि बढ्दै गएको थियो। कोभिड-१९ बाट अफ्रो-अमेरिकीहरू अप्रत्याशितरूपमा प्रभावित भए किनकी अमेरिकी स्वास्थ्य सेवा प्रणालीमा मानवताको खडेरी परेको छ। यो महामारीले यस देशमा व्याप्त गहिरा असमानताहरूमाथि लागेको सबै पर्दा उघारिदियो र त्यसको वास्तविक रूप देखाइदिएको छ।

यस्तो महामारीको समयमा पनि देशको सुरक्षात्मक मोडेलले हामीलाई सेवा दिएन। हामीमध्ये धेरैले बितेका महीनामा यस्तै अनुभव गर्‍यौं। यसले पनि श्वेत सर्वोच्चताविरुद्ध जुध्न प्रेरित गरिरहेको थियो।

एशियाली मूलका अमेरिकीहरू आफ्नो सुरक्षाको लागि अश्वेत र अन्य सीमान्तकृत समुदायबाट टाढा बसेका थिए। अमेरिकामा सफलता चाहने हो भने उनीहरूसँग सम्बन्ध गाँस्नु हुँदैन भन्ने प्रचार जो गरिएको थियो। अमेरिकामा गोराहरूको नजिक भए सुरक्षित भइन्छ भन्ने पटकपटक महसूस गराइन्छ।

अब समय फेरिएको छ। हामीले अफ्रो-अमेरिकीहरूसँग एकता कायम गर्ने बेला आएको छ। उनीहरूको बलिदानले गर्दा नै हामीले पनि नागरिक अधिकार र सुविधाहरूको लाभ उठाउन पाएका हौं। पहिले अमेरिका आएका हाम्रा पुर्खाहरू र अभिवभावकहरूले अमेरिकामा कडा परिश्रम गरे ताकि हामीले अझै राम्रा अवसरहरू पाउन सकौँ। पितापुर्खाले आफ्नो आवाजको बलिदान दिए, ताकि हामीले आफ्नो आवाज पाउन सकौँ। हामीले आफ्नो लागि मात्रै लड्यौँ। अब हामीले यो दलनको चक्रलाई रोक्नुपर्छ। आफ्नो र अरूको अधिकारको लागि लड्नुपर्छ। भावि पुस्ताको लागि ढोका खोल्नुपर्छ।

एशियाली अमेरिकीहरूले पनि अश्वेतमाथि विभेद गर्छन्।सक्रियरूपमा यसविरुद्ध लड्नै पर्छ। एक एशियाली मानिस कालो मानिसको हिंस्रक हत्यामा संलग्न भएको देखेपछि अब म काला र एशियाली मूलका अमेरिकी समुदायहरूबीच एकता बढाउन सहयोग गर्ने दायित्वको महसूस गर्दैछु।

अल्पसंख्यक समूहको साथमा नहुनु भनेर उपनिवेशवादीहरूले फैलाएका कथालाई हामी स्थायी बनाउन सक्दैनौँ। समानतातिरको लडाइँमा यो कथाको अन्त्य गर्न हामीले हाम्रो समुदायका थाओ र युन जस्ता सदस्यहरूलाई उत्तरदायी बनाउनुपर्छ।

यसका लागि हामीले शुरूमा हामीभित्रै भएको काला जातिमाथि हेर्ने नजर फेर्नुपर्छ। सांस्कृतिक र सामाजिकरूपमा काला जातिको विरोधी हुनु स्वीकार्य हुँदैन। यस चक्रबाट अलग हुन हामीले आफैँसँग प्रश्न गर्नुपर्छ- अल्पसंख्यक समूहहरू आपसमा झगडा गर्दा वा एक अर्काको संघर्षमा भावशून्य हुँदा कसलाई फाइदा हुन्छ ?

मानवता एक व्यक्ति, स्थान, लिंग वा जातिमा बाँधिएको छैन। हामीले हाम्रो अलग-अलग उत्पीडनलाई सामूहिक प्रतिरोधमा परिणत गर्नुपर्छ।

- द वासिङ्टन पोस्टमा प्रकाशित गुरुङको लेखको सुनिता साखकर्मीले गरेको अनुवाद।

प्रकाशित: मंगलबार, जेठ २७, २०७७ १५:४३

मानवता एक व्यक्ति, स्थान, लिंग वा जातिमा बाँधिएको छैन। हामीले हाम्रो अलगअलग उत्पीडनलाई सामूहिक प्रतिरोधमा परिणत गर्नुपर्छ।