२०७७ असार २९, सोमबार

नेपालमै बन्यो थर्मोग्राफिक क्यामेरा, भीडभाडमा पनि नाप्‍नसक्छ तापक्रम (भिडिओसहित)

काठमाडौं। दुई दशक पहिले नुवाकोटका जुम्ल्याहा दाजुभाइ राम रिमाल र लक्ष्मण रिमाल पुल्चोक क्याम्पसमा विज्ञान पढ्न आएका थिए। तर, अंक कम भएकाले विज्ञान पढ्न पाएनन्। 

उनीहरूले व्यवस्थापन विषय पढ्न थाले। यद्यपि, प्रविधिप्रति उनीहरूको रुचिलाई विधाको बारले रोक्न सकेन। विज्ञानको क्याम्पसे कक्षामा भर्ना हुन नपाए पनि उनीहरूले विज्ञान र प्रविधिबारे जान्‍न पुस्तक पढे। अनेक प्रयोग गरे। खोज गरे। अनलाइन कक्षा लिए। सिक्दै, गर्दै, सिक्दै धेरैथोक जाने उनीहरूले। परिणाम, नेपाली समाजअनुसार सुहाउँदो प्रविधि विकास गर्ने थोरै आविष्कारकको सूचीमा उनीहरू अटाउन सक्षम बने।

यी जुम्ल्याहा दाजुभाइले स्थापना गरेको ‘रामलक्ष्मण इन्‍नोभेसन्स प्रा.लि.’को प्रयोगशालामा तयार भएका ५० भन्दा बढी प्रकारका उपकरण अहिले प्रयोगमा छन्।

हालै यो प्रयोगशालामा थर्मोग्राफिक क्यामेरा र यसको सफ्टवेयरको निर्माण भएको छ। उक्त थर्मोग्राफिक क्यामेराले भिडभाडमा पनि ६ मिटरको दुरीबाटै ६ जना सम्मको ज्वरो मापन गर्न सक्छ। भिडमै कोही १००.२ डिग्री फरेनहाइटभन्दा माथि ज्वरो आएको व्यक्ति भए साइरन बजाउँछ र उक्त व्यक्तिको तस्वीर खिच्छ।

यो थर्मोग्राफिक क्यामेरा कोभिड-१९ का संक्रमित पत्ता लगाउन लाभदायक हुने विश्‍वास गरिएको छ। अहिले अत्यावश्यक क्षेत्रहरूमा सेवाग्राहीहरूको तापक्रम नाप्‍न थर्मल गन प्रयोग भइरहेको छ।

उक्त थर्मल गनबाट ताफक्रम नाप्‍न १६ सेन्टिमिटरसम्म नजिक जानुपर्छ। न त यसमा कसैको तापक्रमको रेकर्ड नै रहन्छ। थर्मोग्राफिक गनले ती सीमितता पूरा गर्छ।

यसरी तयार भयो थर्मोग्राफिक क्यामेरा
आवश्यकताअनुसार विभिन्‍न उपकरण निर्माण गरिरहेका यी जुम्ल्याहा दाजुभाइले कोभिड-१९ को जोखिमबारे अध्ययन गरिरहेका थिए। त्यहीबेला थर्मल गनको प्रयोग देखे। थर्मोमिटरभन्दा सुरक्षित भए पनि विश्‍व स्वास्थ्य संगठनले भनेजस्तो दुई व्यक्तिबीच डेढ मिटरको दूरी कायम गर्ने सुविधा थर्मल गनले दिँदैन। त्यो सीमितता देखेपछि यसको विकल्प खोज्‍न लागिपरे यी दाजुभाइ। र, फेला पारे थर्मोग्राफिक क्यामेराको अवधारणा।

विकसित देशहरूमा वर्षौं पहिला प्रयोगमा आइसकेको भए पनि यो प्रविधि नेपालमा थिएन। उनीहरूले क्यामेराका लागि लाग्‍ने सामग्री चीनबाट र त्यसको सेन्सर अमेरिकाबाट मगाए। अनि १२ जनाको टिमले २ महीना प्रयोगशालामै बितायो। र, तयार भयो थर्मोग्राफिक क्यामेरा।

कहाँ हुनसक्छ उपयोग ? 

राम-लक्ष्मण दाजुभाइका अनुसार, यस्को मुख्य प्रयोग मानिसहरूको भीडभाड हुने स्थानमा गर्न सकिन्छ। खासगरी सीमानाकामा यसको प्रयोग उपयोगी हुनसक्छ।

त्यस्तै अस्पताल तथा सार्वजनिक क्षेत्र, सरकारी एवं गैरसरकारी संस्थाहरू, क्वारेन्टाइन स्थल, सपिङ मल, प्रहरी कार्यालय, बसपार्क, तरकारी बजार, चर्च, मस्जिद, मन्दिर, शैक्षिक संस्था, परीक्षा हल तथा तालिम केन्द्र, सभाहल, सिनेमाहलमा यसको प्रयोग गर्न सकिन्छ।

विद्युत र इन्टरनेट नभए पनि हुन्छ 

इन्टरनेट नभएका स्थानमा समेत प्रयोग गर्न मिल्ने गरी क्यामेरामैै १६ जीबीको स्टोरेज समेत राखिएको राम-लक्ष्मण बताउँछन्। त्यस्तै यो प्रणाली सञ्‍चालन गर्न १२ वाट ऊर्जा भए पुग्छ।

त्यसैले विद्युतको पहुँच नभएको ठाउँमा पनि गाडी, मोटरसाईकालको ब्याट्री अथवा सोलारबाट पनि चलाउन सकिन्छ। थर्मोग्राफिक रिपोर्ट निकाल्न वा पठाउन पर्‍यो भने कम्प्युटर र इन्टरनेट चाहिन्छ।

कति खर्च लाग्छ ? 

अन्य देशहरूमा ८ लाख पर्ने यही सामग्री नेपालमा भने २ लाख ८० हजारसम्म पर्ने राम-लक्ष्मण बताउँछन्। त्यसमा एक वर्षको वारेण्टीसमेत दिइएको छ। 

थर्मोग्राफिक क्यामेराका विशेषता
- आर्टिफिसिएल इन्टेलिजेन्समा आधारित, अनुहारको तापक्रम पत्ता लगाउने। 
-  लाइभ प्रशारण गर्न सकिने।
- तोकिएको भन्दा बढी ज्वरो भएका व्यक्तिहरूको तथ्यांक राख्‍न १६ जीबी स्टोरेज।
- तोकिएको भन्दा बढी तापक्रम भएको व्यक्ति फेला परे सावधानी घण्टी बजाउने। 
- तापक्रम बढी भएका व्यक्तिको तस्वीर सहितको डेटा पठाउन सकिने।
- क्यामेराका लागि एचआई ३५१६ डीभी ३०० मेन चिपसेट, आईएमएक्स ३२७ सेन्सर, ४ एमएम लेन्स।
- बिजुली खपत १० वाट मात्र।
- अंग्रेजी र नेपाली दुवै भाषा सपोर्ट गर्ने।

हेर्नुहोस् भिडिओ

प्रकाशित: बिहिबार, जेठ २२, २०७७ ०६:५६

नेपालका आविष्कारक जुम्ल्याहा दाजुभाइ राम-लक्ष्मणले बनाएको थर्मोग्राफिक क्यामेराले भीडभाडमै ६ मिटरको दूरीबाट एकैपटक ६ जनासम्मको तापक्रम नाप्‍नसक्छ। तोकिएको भन्दा बढी तापक्रम भएको व्यक्ति फेला परे अलार्म बजाउँछ।