२०७७ असार २९, सोमबार

हिँडेरै पनि हुनसक्छ ध्यान, गर्ने होइन त ?

काठमाडौं।  ध्यान शब्द सुन्नासाथ तपाईंको मनमा कस्तो चित्र बन्छ ? पलेंटी कसेर, आँखा चिम्लेर बसिरहेको होइन त? तर, ध्यान त्यति मात्र होइन। ध्यानका धेरै विधि छन्। ती मध्ये एक हो, पैदल हिँडेर गरिने ध्यान। त्यसरी पैदल हिँडेरै गरिने ध्यान हो, चक्रमण।

यो होसपूर्वक पैदल हिँडेर गरिने ध्यान हो। २५ सय वर्ष अघि नै गौतम बुद्धले शुरूआत गरेको यो विधिबारे रजनीश ओशोले आफ्नो पुस्तक ‘गहरे पानी पैठ’मा चर्चा गरेका छन्।

बोधिवृक्षको चर्चा गर्ने क्रममा उक्त रुखमुनि बुद्धले बर्षौँ चक्रमण ध्यान गरेको उनले उल्लेख गरेका छन्। उक्त पुस्तकको २६ सौं अध्यायमा उनले लेखेका छन्, ‘बोधगया मुल्यवान् होइन, मुल्यवान् त्यो बोधिवृक्ष हो। त्यस बोधिवृक्षको मुनि वर्षौं बुद्धले चक्रमण गरेका छन्। त्यहाँ बुद्धको पुरै खुट्टाको छाप सम्हालेर राखिएको छ। बुद्ध ध्यान गर्दागर्दै थाके भने उक्त वृक्ष नजिक घुम्न थाल्थे। उनी घण्टौं घुमिरहन्थे।’

पहिले बौद्ध भिक्षु वा आनीले मात्रै गर्ने यो ध्यान अचेल गैर बौद्ध धर्मावलम्बीहरूले पनि गर्न थालेका छन्। काठमाडौंको सानोभर्‍याङमा रहेको ‘रत्न विपश्यना ध्यान केन्द्र’की बिना गुरुमाका अनुसार यो ध्यान गरेपछि स्मरणशक्ति बढ्नुका साथै  शारीरिक रूपमा फाइदा गर्ने भएकाले मानिसहरू यसतर्फ आकर्षित भएका हुन्।

गौतम बुद्धले ‘धर्मचक्र प्रवर्तन सुत्र देसना’मा यसको विधि बताएपछि उनका अनुयायीले यो विधि पछ्याउन थालेको उनले बताइन्। धर्मचक्र प्रवत्र्तन सुत्रलाई प्रथम धर्मदेशनाको रूपमा पनि लिइन्छ।

गुरुमाका अनुसार चक्रमण ध्यान गोलो गरेर हिँडेर वा सिधा हिँडेर दुवै तरिकाबाट गर्न सकिन्छ। यो ध्यान गर्दा मानिसले आफ्नो ध्यान खुट्टामा केन्द्रित गर्नुपर्छ।

“शुरूमा मानिसले कति फरकमा हिड्न सक्छ, त्यसको एक निश्चित दूरी नाप्नुपर्छ। दुरी धेरै बढी वा कम राख्नुहुँदैन। ठिक्कको दुरी नापेर अभ्यास गर्न सकिन्छ,” उनले भनिन्, “त्यस्तै हिँड्दा मेरुदण्ड र टाउको सिधा राख्नुपर्छ। र हिँड्दा आँखा पनि जथाभावी हेर्न हुँदैन। तलमाथि नभई आफुभन्दा चार फिट अगाडि हेर्नुपर्छ। त्यस्तै हिँड्दा पेटमा वा पछाडि देब्रे हतकेला माथि दाहिने हत्केला राखेर विस्तारै हिँड्नुपर्छ।”

गुरुमाका अनुसार हिड्ने पनि तीन तरिका छन्। पहिलोमा बिस्तारै एकपछि अर्को गर्दै गोडाहरू अगाडि बढ्छन्। हिँड्दा कुन खुट्टा अगाडि बढिरहेको छ भनेर खुट्टामा होस पुर्‍याउनुपर्छ।

दोस्रो विधिमा एक पटकमा एउटा खुट्टा मात्रै सक्रिय हुन्छ। जस्तै एउटा खुट्टा उचालेर अगाडि बढुञ्जेल अर्को खुट्टा स्थिर राखिन्छ। यसमा एउटा खुट्टा उचाल्दा र अगाडि लगेर राख्दा दुई पटक होस् पुर्‍याउनुपर्छ।

तेस्रो विधिमा भने तीनपटक होस पुर्‍याउनुपर्छ हुन्छ। पहिलो, खुट्टा उचाल्दा, दोस्रो, खुट्टा अगाडि सर्दा र तेस्रो खुट्टा भुईमा छोएको तीन समयमा होस् पुर्याउनुपर्छ। यो दोस्रो भन्दा अलि बिस्तारै हुन्छ। गुरुमा भन्छिन्, “यो ध्यान पढेर वा सुनेर मात्रै सिकिँदैन। सिक्नको लागि गरेर हेर्नुपर्छ।”

विश्व शान्ति विहार, मिनभवनका उपप्रमुख भिक्षु वोधिज्ञान महास्थविरका अनुसार शुरूशुरूमा यो ध्यान गर्दा खुट्टा झम्झमाउने, निदाउने, दुख्ने हुन्छ। तर त्यो सहेर ध्यान गर्नुपर्नेमा उनी जोड दिन्छन्।

“मानिसको मन बाँदर जस्तो हुन्छ। उफ्रिरहन्छ वा चञ्चल भइरहन्छ। ध्यानमा बस्दा पनि मानिसहरू दुख्यो भने खुट्टा, टाउको चलाइराख्छन्,” उनी भन्छन्, “ध्यान गर्दा दुखेको अनुभव भयो भने पनि हामीले त्यसलाई सहेर बस्नुपर्छ। नसहेर घरीघरी फेरिरह्यो, चलाइराख्यो भने मन एकाग्र हुँदैन। वेदना र दुःख सह्यो भने त्यो विस्तारै कम हुँदै जान्छ। केही बेरमा दुख्दै नदुख्ने हुन्छ। त्यसैले आत्मविश्वास र लक्ष्य दह्रो बनाएर ध्यान गर्नुपर्छ।”

त्यस्तै एकाग्र भएर ध्यान गर्दा विगतको सम्झना हुने वा भविष्यको चिन्ता हुनसक्छ। तर, महास्थविर ध्यान गर्दा वर्तमानमा केन्द्रित रहन आग्रह गर्छन्। यसले सन्तुष्टि दिने उनी बताउँछन्।

जसरी जीवन स्वस्थ राख्न स्वच्छ पानी, हावाको आवश्यकता पर्छ, त्यसरी नै मनलाई स्वच्छ राख्न ध्यानको आवश्यकता पर्ने महास्थविर बताउँछन्। भन्छन्, “दिनमा एक घण्टा ध्यान गरौँ, सकिँदैन भने बिहान बेलुका १५ मिनेट भए पनि गरौँ। यसले मनका साथै शरीरलाई पनि फाइदा गर्छ।”  

चक्रमण ध्यानका फाईदा

१. रगत प्रवाह बढाउँछ

लामो समय बसिरहने मानिसले चक्रमण ध्यान अपनाउँदा राम्रो हुन्छ। किनकी लामो समय बसिरहँदा मानिसको शरीरमा रगत प्रवाह कम हुन सक्छ। यो ध्यान गरेमा शरीरमा रगत प्रवाह बढाउन मद्दत गर्छ। यसले अल्छीपन र स्थिरताका भावनाहरू कम गर्न मद्दत गर्छ।

२. पाचन प्रक्रियामा सुधार गर्छ

खाना खाइसकेपछि हिड्यो भने यसले खानालाई पचाउन मद्दत गर्छ। खाना खाएपछि पेट टन्न भएको वा अपच भएको महशुस भएमा खाना पचाउने यो उत्तम तरिका पनि हो। यो ध्यान गर्दा हिँड्ने हुँदा शरीर चलायमान हुन्छ। जसले कब्जियत हुन दिँदैन।

३. चिन्ता कम गर्छ

तनाव कम गर्ने उपाय खोज्दै हुनुहुन्छ भने यो उत्तम रहन्छ। हिँड्दा मन खुट्टामा एकाग्र हुने भएकाले चिन्ताको मात्रा घट्छ।

४. रगतमा चिनीको मात्रा सन्तुलन गर्छ  

सन् २०१६ मा गरिएको एक अध्ययनमा चक्रमण ध्यान गर्ने मानिसहरूको रगतमा चिनीको मात्रा सन्तुलन भएको देखिएको हेल्थलाइनको एक रिपोर्टमा उल्लेख छ। परम्परागत हिँड्ने र चक्रमण ध्यान गरी हिँड्नेहरूबीच गरिएको उक्त अध्ययनमा चक्रमण ध्यान गरी हिँड्नेहरूको रगतमा चिनीको मात्रा सन्तुलन भएको देखिएको हो।

५. डिप्रेसन कम गर्छ

कुनै पनि काममा सक्रिय रहनु महत्वपूर्ण हुन्छ। नियमित व्यायामले फिटनेसको स्तर बढाउनुका साथै मुड पनि सुधार गर्छ।

२०१४ मा गरिएको एक अध्ययनका अनुसार वृद्धहरूमा देखिएको डिप्रेसनको सामान्य लक्षणहरू पनि यो चक्रमण ध्यान गरेपछि हटेको उल्लेख छ। उनीहरूले १२ हप्तासम्म हप्ताको तीनपटक यो ध्यान गरेका थिए। त्यस्तै यसले उनीहरूको फिटनेस स्तर बढाउनुका साथै रक्तचाप पनि सन्तुलन गरेको थियो।

६. राम्रो निद्रा लाग्छ

यो ध्यान वा व्यायाम गर्न धेरै कसरत गरिरहनुपर्दैन। २०१९ मा गरिएको एक अध्ययनका अनुसार यो ध्यान गर्नेहरूमा राम्रो निद्रा लागेको देखिएको थियो। हिँड्दा शरीरमा मांसपेशीका समस्या समाधान गरी शारीरिक रूपमा राम्रो महशुस गर्ने अध्ययनले देखाएको छ।

७. रचनात्मक कार्यमा प्रेरित गर्छ

यो ध्यान गर्नाले स्मरण क्षमता बढ्नुका साथै ध्यान गर्ने क्रममा सोच्न फुर्सद हुने भएकाले रचनात्मक कार्य गर्न मद्दत गर्छ।

८. सन्तुलन बढाउँछ

सन् २०१९ मा पाका महिलाहरूमा गरिएको एक अध्ययनमा चक्रमण ध्यान गरेर हिँड्दा उनीहरूले आफ्नो खुट्टा टेक्नमा सन्तुलन पाएको महशुस गरेको देखिएको छ। त्यस्तै हिँड्दा खुट्टामा मन वा होस पुर्‍याइने भएकाले खुट्टा सचेत हुने उनीहरूले महशुस गरे।

प्रकाशित: बुधबार, जेठ २१, २०७७ ०७:०१

चक्रमण ध्यान गरेपछि स्मरण शक्ति बढ्नुका साथै शारीरिक रूपमा फाइदा हुने भएकाले मानिसहरू यसतर्फ आकर्षित भएका छन्।