२०७७ असार २९, सोमबार

राष्ट्रसंघमा प्रधानमन्त्री ओलीको आह्वान- ‘सुन्दर भविष्यका लागि सामाजिक सुरक्षामा लगानी गरौं’

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ सँग जुध्न सबै खालका व्यापार युद्ध र पृथक्यवाद (प्रोटेक्सनिज्म)लाई पन्छाउँदै बहुपक्षीय संस्था र अभ्यासमा जोड दिएका छन्।

२८ मेमा संयुक्त राष्ट्र संघको आयोजनामा सम्पन्न ‘कोभिड-१९ को समय र यसपछि विकासमा वित्तिय लगानीबारे उच्च स्तरीय बैठक’मा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बहुपक्षीय अभ्यासलाई जोड दिएका हुन्।

“अन्य अप्ठ्यारा परिस्थितिमा जस्तै यो महामारीको असर पनि विकासशील देशलाई बढी परेको छ। उनीहरू अपर्याप्त स्रोत, सिमित सामाजिक सुरक्षा र अविकसित स्वास्थ्य पूर्वाधारसहित यो महामारीसँग जुधिरहेका छन्”, प्रम ओलीले भने।

प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र जी२० ले गरेको वित्तिय सहयोगको शुरुवात स्वागतयोग्य भए पनि पर्याप्त नभएको धारणा राखेका छन्।

“ऋण मुक्ति, प्रविधि प्रसार, प्रत्यक्ष वैदेशिक लगानीजस्ता अन्तर्राष्ट्रिय अभ्यासले उनीहरूले गरेको शुरुवातलाई सहयोग गर्नुपर्छ”, प्रधानमन्त्री ओलीले भने,

“हामीले सामूहिक समृद्धिका लागि अन्तर्राष्ट्रिय व्यापारलाई न्यायसंगत बनाउनुपर्छ।”

प्रधानमन्त्री ओलीले विश्व अर्थ व्यवस्थालाई समावेशी बनाउन समेत जोड दिएका छन्। “हामीले विश्व आर्थिक व्यवस्थालाई समवेशी बनाउनैपर्छ जसले गरीब, धनी, ठूला साना सबै अर्थतन्त्रलाई उकास्न सकोस्”, उनले भने, “सोही समयमा आफ्नै देशमा सामाजिक-आर्थिक अवस्था सुधार्न आन्तरिक स्रोतको पुनर्वितरण गर्नुपर्छ।”

उनले सामूहिक प्रयत्नबाट मात्रै यो महामारी र यसका असरहरूको सामना गर्न सकिनेमा जोड दिए।

“कोभिड-१९ को भ्याक्सिन विकासले विज्ञानको परीक्षण गर्छ तर त्यो भन्दा महत्वपूर्ण यसको पर्याप्तता र सर्वसुलभता हो जसले मानवजातिकै परीक्षण गर्नेछ”, प्रम ओलीले भने, “हामीले सुन्द भविष्यका लागि सामाजिक सुरक्षामा लगानी गर्नुपर्छ।”

प्रकाशित: शुक्रबार, जेठ १६, २०७७ १२:५६

संयुक्त राष्ट्र संघले आयोजना गरेको लगानी सम्बन्धी उच्च स्तरीय बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले समावेशी विश्व अर्थ व्यवस्था निर्माणमा जोड दिएका छन्।