२०७७ साउन १, बिहिबार

रुकुममा भएको घटनाको विरोधमा माइतीघरमा प्रदर्शन (तस्वीरहरू)


देखापढी
मंगलबार, जेठ १३, २०७७ ०९:२८
प्रकाशित: मंगलबार, जेठ १३, २०७७ ०९:२८

काठमाडौं। अन्तरजातीय प्रेम सम्बन्धका निहुँमा दलित समुदायका युवा ‘मारिएको’ भन्दै काठमाडौंका प्रदर्शन गरिएको छ। 

रुकुमको चौरजहारी नगरपालिका-८ सोतीमा जाजरकोटको भेरी नगरपालिका–४ का दलित युवालाई गाउँलेले लखेटेपछि भेरी नदीमा परेर मृत्यु भएको घटनाको विरोधमा नेपाल दलित विद्यार्थी संघले आज दिउँसो काठमाडौंंको माइतीघर मण्डलमा प्रदर्शन गरेको हो। 

प्रदर्शनकारीहरूले दोषीलाई कडा कारबाही गर्न र राजनीतिक आडमा घटनालाई नछाड्न माग गरेका छन्।

१० जेठ साँझ भएको घटनाको भेरी नगरपालिका-४ का नवराज बिक, गणेश बुढा मगर र चौरजहारी नगरपालिका-१ का टीकाराम सुनारको शव भेटिइसकेको छ। 

भेरी नगरपालिका-११ का गोविन्द शाही, लोकेन्द्र सुनार र भेरी नगरपालिका-४ का सन्दीप बिक बेपत्ता छन्।

घटनाको अनुसन्धान गर्न गृहमन्त्रालयले आजै छानबिन समिति बनाएको छ भने घटनाले संसद्‌मा प्रवेश पाएको छ।