२०७७ जेठ २०, मंगलबार

प्रधानमन्त्रीले दिए दीप प्रज्वलनमा सहभागीलाई धन्यवाद

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीविरुद्धको लडाईंमा अग्रभागमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीप्रति सम्मान प्रकट गर्दै दीप प्रज्ज्वलनका लागि गरिएको आग्रहलाई सक्रियताका साथ सफल पारेकोमा सबैलाई धन्यवाद दिएका छन्।

प्रधानमन्त्रीले ट्वीट मार्फत् भनेका छन्, ' ऐक्यबद्धता प्रदर्शन गर्न मन्त्रिपरिषद्का सदस्यसँगै आज साँझ ७ बजे मैले पनि दीप प्रज्ज्वलन गरें। सरकारको यस आह्वानलाई सफल पार्न सक्रिय सबै दिदीबहिनी तथा दाजुभाइलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु।'

प्रधानमन्त्री निवास बालुवाटारमा भएको सामूहिक दीप  प्रज्ज्वलनमा प्रधानमन्त्रीसँगै  मन्त्रिपरिषद्का सदस्यहरूसमेत सहभागी भएका थिए।

हिजो २४ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले आज बेलुका देशैभर दीप  प्रज्ज्वलन गर्न अपील गर्ने निर्णय गरेको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत रूपमा समेत यस्तो अपील गरेका थिए।

प्रकाशित: बिहिबार, वैशाख २५, २०७७ २१:५५
देखापढी