२०७७ असार २४, बुधबार

‘जीवनरक्षाको लडाईंमा छौँ, आहा ! मेरो स्वतन्त्रता भनेर कविता गोष्ठी गर्ने बेला होइन यो’

काठमाडौं।सरकारले कोभिड–१९ को विश्वव्यापी महामारीसँग जुध्न गरेको देश बन्दाबन्दी (लकडाउन) अहिले चौंथो हप्तामा पुगेको छ। त्यति नै समयदेखि अन्तर्राष्ट्रिय उडान र सीमानाका बन्द गरिएका छन्। र, लकडाउनले १५ वैशाखसम्मलाई निरन्तरता पाएको छ। बाह्य आवागमन निषेध र देशभित्रको आवागमनमा कडाइ गरिएपनि परीक्षणको दायरा बढाइएसँगै संक्रमितहरूको संख्या पनि बढ्दै गएको देखिँदैछ। पूर्वदेखि पश्चिमसम्म, पहाडदेखि तराईसम्म र दूरदराजदेखि काठमाडौं उपत्यकासम्म संक्रमणको उच्च जोखिममा देखिएका छन्। कोरोना भाइरस संक्रमणको महामारीसँग जुधिरहँदा नेपाललाई सबभन्दा ठूलो संकट के बाट वा कहाँबाट छ ? त्योसँग जुध्न सरकार के गरिरहेको छ ? महामारी रोकथाम र नियन्त्रणको रणनीति के हो र त्यसका लागि के के गरिँदैछ ? यिनै विषयमा केन्द्रित रहेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग देखापढीका लागि रामेश्वर बोहराले गरेको कुराकानीको सारसंक्षेपः

मिर्गौला प्रत्यारोपणपछि अस्पतालबाट डिस्चार्ज हुँदैगर्दा चिकित्सकहरूले तपाईंलाई पूर्णतया आराम गर्नुपर्ने सल्लाह दिएका थिए। आफ्नो स्वास्थ्यको केयर गर्नुपर्ने बेला यति ठूलो महामारीसँग लड्नु परिरहँदा कस्तो लागेको छ? 

मलाई लाग्छ, सबभन्दा पहिले जीवन के हो र के का लागि हो भनेर बुझ्नुपर्छ। निश्चय नै म अप्रेसनपछि रिकभरीको अवस्थामै छु। यसभन्दा अगाडि पनि मैले धेरै गम्भीर पेटको अप्रेसन गरेको थिएँ, त्यसको छोटो समयमै मिर्गौला प्रत्यारोपण पनि गरेँ। लगातारका दुईवटा अप्रेसनपछि स्वाभाविक रूपमा रिकभरीको समय अलि लामो हुन्छ। तर, जीवन के हो, स्वास्थ्य र उपचार के हो, बाँच्नु के हो र रिकभरी कसरी गर्ने भन्नेबारे मानिसका आफ्नै बुझाई हुन्छन्। म जीवनलाई बाँच्नुमात्रै ठान्दिनँ, कर्तव्यसँग जोडेर हेर्छु। म जीवनलाई समयसँग जोडेर हेर्छु। बाँच्नुको अर्थसँग जोडेर हेर्छु। अर्थात् मेरो रिकभरी भनेको हाड मासुको मात्रै रिकभरी होइन।

अप्रेसनका बेला मलाई बेहोस बनाइएको थियो। बेहोसीबाट होसमा आएँ। अप्रेसन गरेका बेला भेन्टिलेटरमै राखेको थियो, त्यसबाट निस्केर आफैं सास फेर्ने स्थितिमा फर्किएँ। होसमा आएपछि मैले चौतर्फी रिकभरी गर्नुपर्ने थियो। मेरो वैयक्तिक, पारिवारिक, सामाजिक, मेरो राष्ट्रिय दायित्व के छ, म त्यो सँगसँगै रिकभर हुनुपर्छ। मलाई जनताले दिएको स्नेह, शुभकामना, विश्वास, उत्तरदायित्व बहन गर्ने क्षमता सँगै रिकभर हुनुपर्छ। त्यसकारण विस्तारामै सुतिराखेर होइन, काम गर्दै रिकभर हुनुपर्छ भन्ने मलाई लाग्छ। अप्रेसनपछि मैले थाहा पाउँदा हातखुट्टा चल्दैन्थे। एनेस्थेसियाले छोड्दै जाँदा स्वाभाविक रूपले हातखुट्टाहरू चल्दै जान्छन्। कमजोर भएकाले शुरूमा खुट्टा नटेकिने हुन्छ, विस्तारै खुट्टा टेकिने हुन्छन्। त्यसपछि खुट्टा, हातसँगै मस्तिष्कले आफ्नो काम गर्न थालेपछि मैले आफ्नो उद्देश्यहरूसँग जोडेर रिकभरीका कामलाई अगाडि बढाएँ। अहिले रिकभर पनि भइराख्या छ, म काम पनि गरिररहेको छु।

खेलमा रिकभर गर्नलाई खेल्नुपर्छ। मेरा दार्शनिक, वैचारिक, राजनीतिक, सांगठनिक कर्तव्यसँग सम्बन्धित, मेरा गन्तव्य, उद्देश्य र लक्ष्यहरूसँग सम्बन्धित जनताको आशा, विश्वास, भरोसा र त्यसलाई मैले पुरा गर्ने कुरासँग सम्बन्धित सबैको रिकभरी शारीरिक रिकभरीसँगसँगै हुन्छ। त्यसप्रकारको अभ्यास नगरेका मान्छेहरूले रिकभरीको आंशिक पक्षलाई बुझ्छन्, समग्र पक्षलाई बुझ्दैनन्। त्यसकारण आश्चर्यचकित हुन्छन्। 

मैले अप्रेसनमा जानुभन्दा अगाडि भनेको थिएँ कि म तपाईंहरूले सुम्पेको दायित्व, तपाईंहरूले गर्नुभएको विश्वास र तपाईंहरूले ममार्फत् गर्नुपर्छ भनेर सुम्पिएको अभिभारा बीचैमा चटक्क छोडेर अलपिने छैन। अस्पतालमा खुलेदेखि नै मैले के भइराखेको छ, कस्तो अवस्था छ, त्यो सबैको नियमित रिपोर्टिंङ लिने र निर्देशन दिने काम गरिरहेको थिएँ। डिस्चार्ज भएर आइसकेपछि पनि म काममा छु, बिहान ६ बजेदेखि राति १२ बजेसम्म काममै हुन्छु। 

मेरो स्वास्थ्य अलिकति कमजोर भएको जस्तो अवस्थामा कोरोना भाइरसको विश्वव्यापी महामारी आइलाग्यो। विश्वका साधनस्रोत सम्पन्न देशहरू पनि यसबाट आक्रान्त छन्। त्यो अवस्थामा हामीले गरेका प्रयासहरू अहिलेसम्म प्रभावकारी छन्। प्रभावकारी ढंगले हामीले कोरोनालाई एक हदसम्म नियन्त्रण गर्न सकेका छौँ। म यो कोरोना नियन्त्रण अभियानको एउटा सिपाही र एउटा कमाण्डर हुँ। त्यसकारण मैले मुख्य कमाण्डरको हिसाबमा कोरोना भाइरस विरुद्धको लडाईंलाई सही ढंगले सञ्चालन गर्नुपर्दछ। जनताको ज्यानको रक्षा गर्ने, कोरोना फैलिन नदिने, फैलिन खोज्यो भने रोकथाम गर्ने र कोही संक्रमित पाइयो भने त्यसको उपचार गर्ने प्रयासमा आफूलाई केन्द्रित गर्न पाएको छु। मैले यसमा कुनै अप्ठेरो मानिरहेको छैन। 

भोलि सर्वनाश हुने खतरा देखिएपछि जनताको जीवनरक्षाका लागि हामीले गरेका पहललाई लिएर स्वतन्त्रताका कवि गोष्ठी गर्ने ? स्वतन्त्रताका गीत गाउने ?

मुख्य कमाण्डरका रूपमा हेरिरहँदा यो महामारीसँग लड्ने प्रमुख थ्रेट चाहिँ के कुरालाई देखिरहनुभएको छ ? 

यो संक्रमण हुने रोग हो, संक्रमण नै मुख्य खतरा हो। हामीकहाँ ८ जनासम्म बिरामी पुग्दा बाहिरबाट संक्रमित भएर आएका मानिस मात्रै संक्रमित थिए। त्यसपछि एकजनामा बाहिरबाट संक्रमित भएर आउनेबाट संक्रमण भएको पाइयो। भारतबाट संक्रमित भएर आएका तीनजना पनि भेटिए। भारतबाटै संक्रमित भएर आएका भारतीयहरू नेपालमा के उद्देश्यले हो खै, लुकीछिपी बसेको अवस्थामा पाइयो। उनीहरूलाई उपचार गर्न खोज्दा खास प्रकारको आक्रामकता, रोगप्रतिको बेवास्ता र अत्यन्त गैरजिम्मेवार खालका अभिव्यक्ति पाइयो, जसलाई हामीले नियन्त्रणमा लिएर उपचार गराइरहेका छौँ।

बाहिरबाट संक्रमित भएर आउनेहरू नै अहिले खतराको रूपमा देखिन्छन्। ती आफूलाई लुकाएर बस्छन्, ज्वरो कम गर्ने औषधि खाएर लुकेर बस्छन् र अरुलाई संक्रमित गराउँदै जान्छन्। सबभन्दा खतरनाक कुरा यही हो। समुदायमा  तिनीहरूबाट संक्रमण हुने खतरा नै मुख्य हो।

भारत ठूलो भूगोल र जनसंख्या भएको देश हो। त्यहाँ संक्रमण बढिरहेको छ, त्यहाँ बस्ने नेपालीको संख्या पनि ठूलो छ। सीमाना पनि एक ढंगले भन्दा खुला सीमानाकै परम्परा रहिआएको छ। हामीले ठूला बाटाहरू भएका प्रवेशनाकाहरू बन्द गर्‍याैँ , तर तीबाहेक पनि अन्यत्रबाट प्रवेश गर्न सकिने सम्भावना छ। खेतैखेत आउन सकिन्छ। अर्को कुरा, मानिसहरू अलिकति अनुशासनमा बस्न नमान्ने र अवज्ञा गर्नखोज्ने प्रवृति देखिएको छ। यसभित्र अरु विभिन्न प्रकारका अन्धविश्वासी कुराहरू पनि देखिएका छन्। यो रोग मानिसका बुताको कुरा होइन, जे हुन्छ खुदा, अल्लाह, प्रभु, ईश्वर, भगवानले गर्छन् भन्नेखालका अन्धविश्वास बोक्नेहरू पनि छन्। तिनबाट पनि अप्ठेरो छ।

सबभन्दा संवेदनशील दक्षिणी सीमा हो। दक्षिणी सीमाबाट मानिसहरू उत्ताउलो पाराले प्रस्तुत हुने कामहरू भइराखेका छन्। त्यसलाई हामी सम्झाईबुझाई गरिराख्या छौं। दुई/चारजना मान्छेहरूको उत्ताउलोपनसँग सम्झौता गरेर सिंगो देशमा कोरोना फैलाउन सकिँदैन। त्यो प्रवृति अलिक बढ्ता सुदूरपश्चिममा देखिएको छ। त्यहाँ अनुशासनहीन ढंगले क्वारेन्टाइनमा बस्न नमानेको जस्तो अवस्थाले पनि खतरा बढाएको छ। 

एउटा, भारतीयहरू नै संक्रमित भएर नेपालमा आउन सक्ने जोखिम देखिएको छ। अर्को, त्यहाँ संक्रमित भएर नेपालीहरू पनि आउने खतरा छ। त्यसलाई हामी नियन्त्रण गर्न खोजिरहेका छौं।

भारतमा नियन्त्रण नहुँदासम्म, भारतमा संक्रमण फैलिँदासम्म हामीले सीमा खुला गर्न सक्दैनौं। सीमालाई हामीले अझ टाइट गर्नुपर्छ।

तपाईंको बुझाईमा भारतमा जुन किसिमले संक्रमित बढिरहेका छन्, हाम्रो लागि त्यो नै अहिले मुख्य थ्रेट हो ?

अवश्य पनि। त्यो थ्रेट हो। किनभने हाम्रो सम्बन्ध धेरै हिसाबले भारतसँग छ र त्यो खुला सीमानाकै सम्बन्ध छ। अहिले पनि सीमावर्ती क्षेत्रमा राति राति सबै ठाउँमा निगरानी हुन सक्दैन। खेतबाट, उखुबारीबाट, गरा र खेतका आलीबाट मान्छेहरूले आवागमन गर्ने खतरा हुनसक्छ। त्यसकारण हामीले सीमानाका वारपारका कुरालाई मात्र होइन, सम्पूर्ण सीमाबाट प्रवेशलाई रोक्न सक्दामात्रै यसको संक्रमणलाई न्यून गर्न सकिन्छ। भारतमा केही पनि समस्या नभएको भए यो ठूलो कुरा हुने थिएन। हामीले बाहिरबाट आउने सबै उडानहरू रोकिसक्यौँ। भारतमा समस्या भएकै हुनाले, त्यो समस्या बढ्दो भएको हुनाले र भारत आफैं पनि यसबाट असमञ्जस स्थितिमा परिरहेको हुनाले हामीलाई त्यसबाट असहज, अप्ठेरो परिस्थिति त हुन्छ नै। त्यसकारण हामीले सीमाक्षेत्रलाई आवागमनमा कडाईका साथ रोक्नुपरेको हो।

अहिले भइरहेको सीमानाकाबाट आवागमनमा रोक सँगसँगै देश नै लडकडाउनमा छ। त्यसबाहेक यो मुख्य थ्रेटलाई आकलन गरेर सरकारले थप केही रणनीति बनाएको छ वा अहिलेकै उपायबाट त्यसलाई ट्याकल गर्न सकिन्छ भन्ने छ ?

हामीले सीमाक्षेत्रमा सशस्त्र प्रहरीका बीओपीहरू राखेका छौँ। प्रहरी पनि चनाखो छ। स्थानीय तहका जनप्रतिनिधिहरू पनि चनाखो छन्। र, आम जनता पनि चनाखो छन्।  कोरोना भाइरसको संक्रमण सम्बन्धी जोखिमबाट जोगिन के गर्नुपर्छ र सामाजिक दूरीलाई कायम राख्नुपर्छ भन्ने कुरा जनताले बुझेकाले धेरै असहज हुँदैन। सरकारले यसमा दृढताका साथ प्रभावकारी कदम चाल्छ। त्यसकारण नेपालमा यो असाधारण या सम्हालिनसक्नु अवस्थामा जान त सक्दैन। किनभने हामी यसलाई नियन्त्रण गर्छौँ। तर, हामी भावनात्मक कुराहरू गरेर मात्रै हिँड्दैनौं। व्यवहारिक रूपमा जनताको जीवन जोगाउन र रोग फैलिन नदिन रोकथाम सबभन्दा मुख्य कुरा हो। हामी त्यसमा पूर्णतः केन्द्रित छौं। 

अहिले अन्तर्राष्ट्रिय आवागमन र देशभित्रको आवागमन बन्द छ। आजको आकलनअनुसार यो कति समयसम्म लम्बिन सक्छ ?

यो धेरै लामो समय त नजाला। बाँकी दुनियाँको कुरा हेरेर होइन, हाम्रो तयारी, हाम्रा प्रयास र हाम्रा सफलताहरूको जगमा उभिएर म यो भन्दैछु। तर, विश्वको स्थिति के हुन्छ ? भारतको स्थिति के हुन्छ ? त्यो कुरासँग हाम्रा नीति र कदमहरू पनि जोडिन्छन्। भारतमा नियन्त्रण नहुँदासम्म, भारतमा संक्रमण फैलिँदासम्म हामीले सीमा खुला गर्न सक्दैनौँ। र, सीमालाई हामीले अझ टाइट गर्नुपर्छ। यस सम्बन्धमा भारत पनि सहमत छ। भोलि आन्तरिक लकडाउन खुल्यो भने पनि सीमा छिट्टै खुल्दैन। किनभने यो कुरा भारतको अवस्थासँग पनि जोडिएको हुन्छ। कति छिटो भारतले नियन्त्रण गर्नसक्छ ? यो कुरा पनि महत्वपूर्ण छ। यो अवस्थामा भारतले औषधिजन्य, उपकरणजन्य, खाद्यसामग्री, इन्धन आदीको आपूर्तिमा जुन निर्वाध सहयोग पुर्‍याइराखेको छ, त्यसका लागि म धन्यवाद भन्न चाहन्छु। तर, यस गुणको लागि संक्रमित मान्छेहरू प्रवेश पाउनुपर्छ वा छोडिदिनुपर्छ भन्ने कुरा हुन सक्दैन। त्यसकारण संक्रमित मान्छेहरूलाई हामी कडाईका साथ रोक्छौँ।

सीमामा आवागमन रोकेकाले हामी यताबाट उता पनि जान दिन्नौँ। त्यस स्थितिमा नेपाल सरकारले भारतका नागरिकहरूलाई अप्ठेरो र असहज स्थिति पर्दा आफ्ना नागरिकभन्दा भिन्न व्यवहार नगरीकन रेखदेख गर्छ, बसोबास र खानपिनको व्यवस्था गर्छ, बिमारी परेमा उपचारको व्यवस्था गर्छ। त्यसैगरी हाम्रा नागरिकहरू भारतमा छन् भने उनीहरूको बसोबास र खानपिनको व्यवस्था र बिरामी परेमा उपचारको व्यवस्था भारतले गर्नुपर्दछ। यता आउन दिने खालको कुरा गर्नुहुँदैन। उहीँ उहीँ बताइदिनुपर्छ कि सीमा बन्द छ, सीमा आवागमन हुँदैन, त्यसकारण तपाईंहरू अलपत्र पर्न त्यहाँ नजानुस्, आफ्नै ठाउँमा बस्नुस्। लकडाउन छ, उहाँहरू टाढाटाढाबाट लकडाउन तोडेर कसरी सीमासम्म आइपुग्नुहुन्छ ? त्यसकारण त्यो लकडाउनको कार्यान्वयन हुनुपर्छ, हामी पनि गर्छौँ। उहाँहरूले पनि गर्नुपर्छ। अहिले सीमा वारपार हुँदैन।

नेपालभित्रै पनि कहीँ आवागमन नगरेका एकजनामा संक्रमण देखियो। भोलि अरुमा पनि देखिन सक्छ। त्यसका लागि टेस्टहरू पनि बढाइएको छ। अब आन्तरिक रूपमा देशभित्रै संक्रमण फैलिनसक्ने जुन चेन हुनसक्छ, त्यसलाई ब्रेक गर्नेगरीको अरु रणनीति के छन् ?

बाहिरबाट आएका संक्रमितहरूले यहाँभित्र संक्रमण गराउन नपाऊन्, संक्रमितहरूले रोग छुपाएर, लुकाएर विभिन्न ठाउँमा आश्रय लिने र त्यो आश्रय लिएका ठाउँहरूमा रोग संक्रमण गराउने कुरा हुन नपाओस् भनेर हामी सजग छौँ। त्यसका निम्ति लुकेर बसेका, लुकाएर राखिएका मान्छेहरू निकाल्ने, आवश्यक परे ती ठाउँमा छापा मारेर पनि निकाल्ने, धर्म र धार्मिक संस्थाका आडमा र धार्मिक संस्थाभित्र लुकाएर राखिने वा धार्मिक नेताको रूपमा वा जनप्रतिनिधिको रूपमा लुकाएर राखिने कुरा पनि सह्य हुँदैनन्। र, त्यस्ताहरूलाई हामी खानतलासी गर्ने, ती ठाउँमा छापा मारेर भए पनि मानिसहरू निकाल्ने र संक्रमणका सम्भावनाहरू खोजेर पाएसम्म रोक्ने काम गर्छौँ। 

एकाध मान्छेका केही असन्तुष्टि र कुण्ठा हुनसक्छन्। ती अभिव्यक्त हुनसक्छन्। आफ्ना छटपटीहरु हुनसक्छन्, ती अभिव्यक्त हुनसक्छन्। त्यस्तो कुरालाई सिंगै पार्टीको समस्याको रुपमा बुझ्नुहुन्न।

यति ठूलो महामारीविरुद्धको लडाईंमा हुनुहुन्छ। राजनीतिक रूपमा तपाईंलाई कत्तिको साथ र सहयोग प्राप्त छ?

संसदमा भएका र नभएका दलहरूसँग समन्वय समितिबाट परामर्श गर्ने काम भएको छ। सबै पार्टीले ऐक्यबद्धता जनाउनुभएको छ। यो खुशीको कुरा हो कि सबै राजनीतिक दलहरू कोरोना भाइरसविरुद्धको लडाईंमा हामी एक छौँ, साथमा छौँ भनेर वचन दिनुभएको छ। म उहाँहरूलाई धन्यवाद भन्न चाहन्छु।

साथ नपाएको र जेमा पनि विरोध गर्ने, विरोधका छिद्र खोज्ने, छिद्र नभए आफैं छिद्र बनाएर त्यसलाई उधारेर खेल्ने, त्यसप्रकारका र त्यसै उद्देश्यका निम्ति स्थापित, सञ्चालित अथवा मिसन बोकेकाहरू पनि छन्। त्यसमा लेख्नेहरू छन्, छाप्नेहरू छन्, बोल्नेहरू छन्, फेसबुकमा राख्नेहरू छन्, युट्युवमा राख्नेहरू छन्, अनेक छन्। नेपाल एउटा मानवीय सभ्यता, संस्कार र संस्कृति भएको, राष्ट्रिय एकताको भावनामा विविधतामा एकताको भावना भएको देश हो। केही वर्षयता जातीय साम्प्रदायिकता, क्षेत्रीय, भाषिक र अरु प्रकारका साम्प्रदायिकता उछाल्ने कामहरू भए। जसबाट नेपाली समाजलाई अलिकति प्रदूषित गर्न खोजियो। हाम्रो स्पष्ट दृष्टिकोणसहितको दृढतायुक्त लडाईंले त्यस विद्धेषयुक्त अवस्थातर्फ लैजाने प्रयासलाई असफल बनायौँ। विविधतामा एकताको हाम्रो पुरानो संस्कृति, राष्ट्रियता र राष्ट्रिय एकताको भावनालाई केन्द्रमा राखी अप्ठ्यारा परिस्थितिहरूमा अरु कुरा छाडेर हामी एकजुट हुने अभ्यासलाई बढायौँ।

२०७२ सालमा भूईंचालो जाँदा हामीले राष्ट्र एकजुट भएर त्यसको सामना गर्‍यौँ। हामीमाथि नाकाबन्दी हुँदा एकजुट भएर त्यसको सामना गर्‍यौँ। अहिले कोरोनाविरुद्धको लडाईंमा पनि हामी एकजुट भएर सामना गर्छौँ। तर, केहीको चाहिँ मिसनकै कारणले पनि बेग्लै स्वभाव हुँदोरहेछ। तिनले नेपाली जनतालाई भ्रममा पारेका छौँ भन्ने ठानेका छन् भने त्यो भ्रममा नपरे हुन्छ। जनताले कुरा बुझेका छन्। 

दुई वर्षमा सरकारले गरेका कामका सन्दर्भमा उनीहरूले एउटा पनि समर्थन गरेनन्, सधैँ विरोधमात्र गरे। जनताले त बनेको बाटो देखेका छन्, खानेपानीका नयाँ संरचना देखेका छन्, विद्युतदेखि सबै कुरा देखेका छन्। विमानस्थल बन्दै गरेको, फास्टट्रयाक अगाडि बढ्दै गरेको देखेका छन्। नदी नियन्त्रणदेखि कृषिमा भएको काम देखेका छन्। हामी उत्साहका साथ अगाडि बढेका थियौँ। अहिले कोरोनाले अलिकति गम्भीर धक्का दिएको छ। यस धक्काबाट पनि हामी पार पाउँछौँ, हामी उठ्छौँ र यसलाई सकेसम्म छिटै नियन्त्रण र निर्मूलन गर्छौँ। 

यो लडाईंमा आफ्नै पार्टी नेकपाभित्रबाट चाहिँ कत्तिको साथ र सहयोग मिलेको छ ?

यसका लागि मेरो दृढ प्रयास छ। मैले लगातार प्रयास गरिराखेको छु। मलाई लाग्छ, म पार्टीलाई एकताबद्ध बनाएर लाने कुरामा पनि सफल छु। हो, एकाध मान्छेका केही असन्तुष्टि र कुण्ठा हुनसक्छन्। ती अभिव्यक्त हुनसक्छन्। आफ्ना छटपटीहरू हुनसक्छन्, ती अभिव्यक्त हुनसक्छन्। त्यस्तो कुरालाई सिंगै पार्टीको समस्याको रूपमा बुझ्नुहुन्न। यसलाई एकाध मान्छेका कुण्ठा र अभिव्यक्तिको रूपमा बुझ्नुपर्छ, जो लगातार सरकारको विरोध गर्नको लागि अरु केही काम छैन जस्तो गरेर बस्छन्। अरु कसैको विरोध गर्दैनन्, तर सरकारको विरोध गर्छन्। त्यसप्रकारका एकाध मान्छेहरू पार्टीमा छन्। त्यस्ताहरूको सम्बन्धमा जनताले पनि देखेका, बुझेका छन्। काम गर्नेहरू काम गरिरहेका छन् र काम गर्नेहरूको विरुद्ध डिलमा, आलीमा बसेर खिसिट्युरी गर्नेहरूलाई जनताले चिनेकै छन्। त्यसकारण एकाध अपवादका रूपमा रहेका त्यस्ता छिटपुट कुराहरूलाई खासै महत्व दिनुपर्छ जस्तो मलाई लाग्दैन। आमरूपमा पार्टी एकजुट छ र मैले साथ सहयोग पनि पाएको छु। सरकारले साथ सहयोग पाएको छ।

लकडाउन चौंथो हप्तामा पुगेको छ। लकडाउन पालना कसरी भएको छ ? तपाईंको बुझाइ यसमा के हो ?

आमरूपमा जनताले लकडाउनलाई स्वागत गरेका छन्। केही मान्छेले अपवादमा टिकाटिप्पणी गर्नु र तिनले आफ्नो बानी प्रकट गर्नु बेग्लै कुरा हो। यसमा आम जनताको साथ, सहयोग, समर्थनका लागि म धन्यवाद भन्न चाहन्छु।

यो लकडाउन कहिलेसम्म जाला भन्ने सवालमा म सबैलाई आग्रह गर्न चाहन्छु, सरकारले कुनै आवेश, उत्तेजनामा निर्णय गर्दैन, जे निर्णय गर्छ सोची सम्झी जनताको हितको लागि गर्छ। हरेक नेपाली कोरोनाविरुद्धको लडाईंमा एउटा सिपाही हो। हामी हरेक सिपाही हौं। हरेक सिपाहीले कर्तव्यपालनाका साथ अनुशासित ढंगले यसलाई पालना गर्नुपर्दछ। र, सरकारले जनताको साथ र सहयोगमा मात्रै यस लडाईंलाई जित्न सक्ने हो। यो लडाईं सरकारको हारजितको लडाईं होइन, राष्ट्रको हारजितको लडाईं हो। जनताको हारजितको लडाईं हो। मानवताको हारजितको लडाईं हो। त्यसकारण यो सिंगै मानवजातिको लडाईं भएकाले हामीले त्यसैगरी जानुपर्छ। 

हामी अनेक कठिन युगहरू पार गरेर आएका छौँ। हिउँयुगको अवस्थाबाट पनि मानवजातिले आफ्नो अस्तित्व जोगाएर यहाँ आइपुगेको हो। आज हामी प्रभावकारी कदमहरूद्वारा एकताबद्ध प्रयासहरूद्वारा मानवीय अस्तित्वको रक्षाका लागि मानवजातिले विगतमा गरेको बहादुरीपूर्ण योगदान र खेलेको भूमिकालाई स्मरण गरेर यस लडाईंमा सामेल हुन्छौँ। र, यसलाई पार लगाउनुपर्छ। म सबैमा यो आग्रह गर्न चाहन्छु।

महामारीको अवस्थामा अघि बढाइएको स्वास्थ्यसामग्री प्रक्रिया रद्ध भयो भनेर मैले पनि सञ्चारमाध्यमबाट थाहा पाएँ। प्रक्रिया उपयुक्त भएन भनेर विभागका डीजीले नै रद्ध गरिसकेका छन्। यस्तो अवस्था किन आयो भनेर हेर्ने र बुझ्ने काम गरिरहेका छौँ

महामारीको मारमा जहिले पनि आर्थिक रूपमा विपन्न वर्ग, श्रमिक र गरीबहरू नै पर्दोरहेछन्। मिडियामा ७००, ८०० किलोमिटर पैदल हिँडेर मान्छेहरू आफ्नो गाउँ घर फर्किरहेका दृष्यहरू आइरहेका छन्। यो देख्दा तपाईंलाई कस्तो लाग्छ ? 

लकडाउनमा सबैको साथ सहयोग मिलेको छ, सँगै दुःख कष्ट पनि हुने नै भयो। महामारी फैलिएको छ, त्यसका विरुद्ध हामीले कठोर कदमहरू नै चाल्नुपरेको छ। यसले अर्थतन्त्रमा, जनताको आर्थिक, सामाजिक र दैनिक जीवनमा सकारात्मक योगदान गरेको छैन, प्रतिकुल असर पारेको छ। जाडो मौसममा हिउँ पर्‍यो भने कम कपडा हुनेहरूलाई नै जाडो बढी हुने हो। गर्मीका बेला पनि गरीबलाई नै बढी मर्का हुने हो। अलि सम्पन्न त एसीमा बस्न सक्ला। अथवा अलि शीतल ठाउँमा गएर बस्न सक्ला। ठाउँको छनोट पनि गर्न नसक्ने र सुविधा प्राप्ति पनि गर्न नसक्नेलाई नै बढी मर्का पर्ने हो। तसर्थ दिनभरि काम गरेर बेलुका खानुपर्ने वा आज काम गरेर भोलि खानुपर्ने दैनिक ज्यालादारीको हिसाबमा परिवार पाल्नेलाई सबभन्दा बढी कठिन हुन्छ। तर, मैले अघिल्लोपल्ट प्रधानमन्त्री हुँदा २०७२ सालमा घोषणा गरेको थिएँ, नेपाल सरकारको नीति के हो भने नेपालमा कोही भोकै पर्दैन, कोही भोकले मर्दैन। यो हामीले लोकप्रियताका लागि दिएको सस्तो नारा होइन। जिम्मेवारी वहन गर्ने, गरीबीको दुष्चक्रबाट जनतालाई मुक्त गर्ने कठोर संकल्प हो।

मैले नेपाली जनता मात्र भनेको छैन, नेपालमा कोही भोकै पर्दैन, कोही भोकले मर्दैन भनेको छु। यसमा विदेशबाट आएका श्रमिकहरू पनि हुन सक्छन्। नेपाल सरकारको नीति छः नेपालमा कोही भोकै पर्दैन, कोही भोकले मर्दैन। त्यसको उत्तरदायित्व सरकारले लिन्छ। तर, कतिपय ठाउँमा सरकारको जानकारीभन्दा पर, सरकारलाई जानकारी नहुने कुरा पनि हुन्छन्। कुन कारखानामा कति मान्छे छन्, कहाँ कहाँ कति मान्छे भोकै परेका छन् भन्ने जानकारी समयमा आउँदैन। त्यसबारे प्रशासनमा जानकारी गराउने अथवा त्यहाँका जनप्रतिनिधिहरूले हाम्रो वडाका स्थायी बासिन्दा, मतदाता अथवा हाम्रो वडाअन्तर्गत्का जनता होइनन्, तर बाहिरबाट आएर यहाँ बसिरहेका यति मान्छे यस्तो ठाउँमा छन् भनेर जानकारी लिइदिने व्यवस्था गरिएको छ। उनीहरूको बस्ने र खाने व्यवस्थाका लाग सके ती वडाहहरूले, नसके पालिकाहरूले, नसके प्रदेशले, प्रदेशले पनि नसके केन्द्र सरकारले यसको व्यवस्था गर्छ। त्यसका निम्ति हामी बजेट छुट्याउँछौँ। हामी आवश्यकताअनुसार सामाजिक दूरी कायम राखेर काम पनि दिने, पारिश्रमिक र रोजगारीको पनि बन्दोबस्त गर्ने काम गर्छौँ। हामीले आपूर्ति व्यवस्थालाई पनि मजबुत बनाएका छौँ। यदि रोजगारी मिल्यो र आपूर्ति व्यवस्था पनि ठीक छ भने समस्या पर्दैन। हामी त्यो बाटो पनि लिन्छौँ।

मैले चैत २९ गते सातै प्रदेशका मुख्यमन्त्रीसँगको भिडिओ कन्फ्रेन्समा यसप्रकारको तयारी गर्नुस् भनेर भनेको थिएँ। र, एकैरुपताका साथ अहिले सबै प्रदेशमा र सबै पालिकामा कामहरू अगाडि बढेका छन्। त्यसकारण केहीले जस्तोखालको चित्रण गर्न खोजेका छन्, त्यस्तो अवस्था होइन। नेपालमा इतिहासमा कहिल्यैभन्दा बढी गम्भीरता, उत्तरदायित्व र गर्वका साथ जनताप्रति उत्तरदायी छु, भोकै पर्न दिन्न भोकले मर्न दिन्न भन्ने सरकार छ। मैले यस्तो परिस्थिति आएर मात्रै भनेको होइन, सामान्य अवस्थामा पनि भनेको थिएँ, अब नेपालमा जनताको सरकार छ, यसले भोकै पर्न दिँदैन, भोकै मर्न दिँदैन। यो जनताको सेवक सरकार हो, जनताको सेवकले आहार, सेल्टरजस्ता कुराबाट जनतालाई विपत्तिमा पर्न दिँदैन। 

यो महामारीबाट हरेक व्यक्ति प्रभावित छन्। उद्योग, कलकारखाना, व्यापार, व्यवसाय, स्टार्टअपलगायतका सिर्जनशील उद्यमहरू पनि ठूलो मारमा परेका छन्। तिनलाई सम्बोधन गर्ने कुनै योजना बनेको छ वा बन्दैछ?

अवश्य बन्छ। एउटा कुरा के ख्याल राख्नुपर्छ भने यो महामारीले महाशक्ति राष्टहरूलाई पनि हैरान बनाएको छ, कायल पारेको छ। उनीहरूले केही टिलियन डलर सहयोगराशिका कुराहरू गरेका होलान्। हामीसँग टिलियन डलर छैन, टिलियन डलरको क्षति वा सहयोग पुर्‍याउनुपर्ने गरीको प्रतिकूलता, औद्योगिक क्षेत्र वा उद्योमीहरू वा कामको संसार पनि यहाँ छैन। हाम्रोमा सानो मात्रामा उद्योग छन्। तर, हामी सबै क्षेत्रहरूलाई डुब्न नदिनका निम्ति परेका मर्काहरू कसरी समाधान गर्न सकिन्छ भन्ने कुरामा संवेदनशील छौं।

पहिलो कुरा, कोरोनाको रोकथामको कुरा हो। कोरोना फैलिन नपाओस् भन्ने नियन्त्रणको कुरा हो। कोरोना कतै संक्रमण भइहाल्यो भने निको पारेर तन्दुरुस्त बनाउन सकियोस् र देशलाई सकेसम्म छिटै कोरोनामुक्त गराउन सकियोस्। यतिबेलाको पहिलो काम हो। यसले कुनै पनि बेला विष्फोटक रूप लिन सक्छ। त्यो रूप लिन नपाओस् भन्नेमा ध्यान जान जरुरी छ।

कतिपय मान्छेको हाउभाउ, भागभंगीमा, अभिव्यक्ति हेर्दाखेरि नेपालमा मान्छे नमरेकोमा चिन्ता गरेजस्तो, महामारीको रूप नलिएकोमा चिन्ता गरेजस्तो अभिव्यक्ति पनि देखिन्छ। त्यो दुःखद पक्ष हो। हामी त्यस्तो हुन पनि दिँदैनौँ। अर्को कुरा, उद्योग, व्यवसाय, कृषि क्षेत्र, किसानदेखि साना किसानसम्मलाई कसरी  सहयोग पुर्‍याउन सकिन्छ, दूग्ध उत्पादन, पोल्ट्री, नगदेबाली लगाउनेदेखि भित्र्याउने किसानसमेतलाई कसरी सहजीकरण गर्नसकिन्छ भनेर हामीले काम गरिरहेका छौं। अहिले होटलहरू खालि छन्। कोरोना संक्रमण छिटै नियन्त्रण भएर नेपाल एउटा सुरक्षित ठाउँ रहेछ, स्वस्थकर ठाउँ रहेछ भन्ने सन्देश दुनियाँलाई दिएर हाम्रा होटल व्यवसाय र पर्यटन व्यवसायलाई स्थापित गर्नुपर्नेछ। तर, यी कुरा हामी त्यतिखेर मात्र गर्नसक्छौं जब विश्व कोरोनामुक्त हुन्छ। अहिले हतारिएर हामी पर्यटनको प्रवर्छनमा जान सक्दैनौं। किनभने ठूलाठूला देशहरू आक्रान्त भइरहेका छन् र भयावह स्थिति छ। यस्तो बेलामा पर्यटनको बारेमा सोच्नु नै सामयिक खालको सोच हुँदैन। पर्यटन क्षेत्र, सामाजिक जीवनका अरु विविध क्षेत्र, व्यापार र उद्योगको क्षेत्रमा परेको प्रभावलाई हामी नीति कार्यक्रम, बजेटमार्फत् सम्बोधन कसरी गर्न सकिन्छ भनेर हेर्दैछौँ। यो साधारण कदमहरूबाट मात्रै हुने कुरा होइन। यसमा बजेटको प्रबन्ध गर्नुपर्ने हुन्छ। त्यसको आकलन कसरी गर्ने? त्यसका फाइदा बेफाइदाहरू के छन्? भनेर पनि हेर्नुपर्ने हुन्छ।

अर्को कुरा, राष्ट्रले लाभ लिँदा पनि लाभको हिस्सेदारी सबैले मिलेर गर्नुपर्ने र देश अप्ठेरोमा हुँदा, क्षति व्यहोर्दा त्यो क्षति पनि हामी सबैले मिलेर बाँड्नुपर्ने हुन्छ। अर्थतन्त्रमा धक्का त परेकै छ, पर्ने नै वाला छ। यो राष्ट्रिय धकका हो। त्यो राष्ट्रिय धक्कामा हामी सबैले साझेदारी गर्नुपर्छ। साझेदारी गर्नुपर्छ भन्नुको अर्थ त्यो राष्ट्रिय धक्कामा एकजनाले मात्रै क्षति व्यहोर्नुपर्छ भन्ने पनि होइन। त्यसको चाँजोपाँजो मिलाइदिनुपर्ने कुरामा सरकारको अगुवाई पनि आवश्यक छ। यी सबै कुरामा सरकारको गम्भीरतासाथ ध्यान गएको छ र जान्छ।

कोभिड-१९ विरुद्धको लडाईंमा फ्रन्टलाइनमा रहेर लड्ने सुरक्षाकर्मी र स्वास्थ्यकर्मी छन्। उनीहरूको योगदानबारे तपाईंको मूल्यांकन के हो ?

मैले उच्च मूल्यांकन गरेको छु। कोरोना भाइरससँग फ्रन्टलाइन र फ्रन्ट डेस्कमा रहेर सिधै मुकाबिला गर्नुपर्ने स्वास्थ्यकर्मीहरू, सुरक्षाकर्मीहरूका निम्ति हामीले २५ लाखको बीमा गरेका छौँ शतप्रतिशत इन्सेन्टिभको व्यवस्था गरेका छौँ। हामीले सुरक्षाकर्मी, चिकित्सक, स्वास्थ्यकर्मीहरूको सम्बन्धमा विभिन्न प्रकारका प्रभावकारी व्यवस्थाहरू गरेका छौँ, गर्दैछौँ। 

फ्रन्टलाइनका सिपाही भनिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरूको पनि थुप्रै गुनासो देखिन्छ। स्वास्थ्यकर्मीहरू हामीले सुरक्षित तरिकाले बिरामी जाँच्न पाउने व्यवस्था भएन भनिरहेका छन्। सुरक्षाकर्मीहरू पनि स्रोतसाधनबिना जोखिमपूर्ण तरिकाले खटेका छन् नि ?

यस्तो समस्या हाम्रोमा मात्र होइन, यो नयाँ परिघटनाका रूपमा विश्वमा फैलियो। अहिलेको अवस्था भनेको अमेरिका, फ्रान्स, जर्मनी, क्यानडालगायत मुलुकले साधन, स्रोत र उपचारका उपकरण नपाइरहेको अवस्था हो। त्यसकारण केही अभावको स्थितिमा गुनासो स्वाभाविक हो। अर्को चाहिँ भयले सिर्जना गरेको गुनासो पनि हो। जुनसुकै बिरामी जाँच्न पनि शुरूमै पीपीई चाहियो भन्ने कुरा त होइन नि। ज्वरो आएको बिरामी आउनसाथ डाक्टरहरू भागाभाग गर्नुपर्ने स्थिति त अलि होइन नि। ज्वरो त जहिले नि आइराख्या हुन्छ, रुघाखोकी लागिराख्या हुन्छ। तर, हामीले विभिन्न ठाउँको कुरा सुन्यौँ, ज्वरो आएको मान्छे देखेपछि पनि डाक्टर भाग्ने, रुघाखोकी लागेको देखेपछि पनि डाक्टर भाग्ने। त्यो त्रसित मनस्थितिको उपज हो। त्यसबाट पैदा भएको अवस्था पनि यसमा जोडिएको छ। सँगसँगै इक्युपमेन्टको पर्याप्तता नभएको स्थिति पनि हो। त्यसकारण उपचार गर्ने, फ्रन्ट डेस्कमा बस्ने र खतरा मोल्नुपर्ने मान्छेहरूले प्रोटेक्सन पाउनुपर्छ। त्यही भएरै मैले स्वास्थ्य मन्त्रालय, उच्चस्तरीय समिति, सीसीएमसी सबैलाई दिएको निर्देशन के छ भने पहिले फ्रन्टमा रहेर काम गर्नेहरूको प्रोटेक्सन गर्नुस्। त्यसका लागि उनीहरूलाई प्रोटेक्टिभ उपकरण र मेजर्सहरू उपलब्ध गराउनुस्। 

तर, भन्नेबित्तिकै त सबैलाई पुग्दैन। अहिलेसम्म संक्रमित भेटिएकाको संख्या ठूलो होइन, तर हामीले त हजारौँको टेस्ट गर्नुपरेको छ। अब एकैचोटी हजारौँ होइन, लाखौँको टेस्ट गर्नुपर्ने अवस्था आइसक्यो। क्वारेन्टाइनमा मान्छेहरू राख्दै जानुपर्ने, टेस्ट गर्दै जानुपर्ने अवस्था आयो। हामीले स्वास्थ्यकर्मीहरूको सुरक्षा भएको छैन भनेरै हेलिकप्टरबाट पनि स्वाबको नमूना ल्याएर ल्याब टेस्ट गरेका छौँ। टेस्ट गर्ने उपकरण त्यहीँ भए पनि स्वास्थ्यकर्मीको सुरक्षाकै लागि हेलिकप्टरबाट ल्याउनुपरेको हो। प्रोटेक्टिभ उपकरण छैन भने त्यस्तो ठाउँमा हामीले डाक्टरलाई बाध्य गरेका छैनौँ। त्यस्तो ठाउँबाट हेलिकप्टरबाट परीक्षणका लागि स्याम्पलहरू ल्याएर परीक्षण गरेका छाैँ त्यसकारण हामी त्यो गुनासोलाई अन्त्य गर्दैछौँ। अब लगभग अन्त्य पनि हुने क्रममा छ। 

कतिपयले सामानहरू गुणस्तरको भएन भनेका छन्। सबैलाई पीपीई नै चाहिने होइन, गाउनमात्रै लाएर उपचार गर्ने बिमारी हुँदैनन् र ? देशै संक्रमित छ भन्ने ठान्यो भने त्यसमा सबै मान्छेहरूले पीपीई लगाएर त साध्य हुँदैन नि। 

स्वास्थ्य उपकरणको प्रसंग उठ्दा स्वास्थ्य सामग्री खरिद प्रक्रिया निकै चर्चामा रह्यो। त्यसमा अनियमितताको आरोप लाग्यो, प्रक्रिया मिचिएको कुरा पनि उठ्यो नि?

काग पनि नआइकन कागले

प्रधानमन्त्री केपी शर्मा ओलीसँग अन्तर्वार्ता (भिडिओसहित)

प्रकाशित: मंगलबार, वैशाख २, २०७७ २०:२२
प्रधानमन्त्री ओली भन्छन्, “दुई/चारजना मान्छेहरूको उत्ताउलोपनसँग सम्झौता गरेर सिंगो देशमा कोरोना फैलाउन सकिँदैन।”