२०७७ असार २९, सोमबार

कस्तो होला कोरोना महामारीपछिको शिक्षा प्रणाली ?


देखापढी
आईतबार, असार १४, २०७७ ०७:२३
प्रकाशित: आईतबार, असार १४, २०७७ ०७:२३

काठमाडौं। बुद्धिचाल सिकाउने अनुराधा बेनीवाल आफ्नो फुर्सदको समय बेलायत र भारतमा एकसाथ सदुपयोग गरिरहेकी छिन्। 

बेलायत र भारत फरक महाद्विप भए पनि उनी अहिले दुवै देशका विद्यार्थीलाई बुद्धिचाल सिकाइरहेकी छिन्। 

लण्डनको महंगो स्कूलमा पढ्ने विद्यार्थी होस वा भारतको दुर दराजमा रहेका गरिब बच्चाहरू। सबै वर्गका विद्यार्थीलाई अनुराधाले वुद्धिचाल सिकाइरहेकी छिन्। कोभिड-१९ महामारीले उनको दैनिकी पुरै वदलिदिएको छ।
 
कोरोना भाइरस संक्रमण फैलिएपछि डिजिटल प्रविधिको पहुँचमा असमानता रहेको भारतमा शिक्षाका लागि ठूलो चुनौती बनेको छ।  

विद्यालय तथा विश्वविद्यालयहरूले लकडाउन खुलेपछि कसरी काम गर्ने भन्नेबारे विचार गरिरहेका छन्। विद्यालय वा विश्वविद्यालय खुलेपनि सामाजिक दूरी महत्वपूर्ण हुनेछ। शैक्षिक संस्थाहरूले यूरोप, दक्षिण कोरिया र चीनको अनुभवबाट सिक्नुपर्नेछ।

शिक्षा नीतिमा आमुल परिवर्तनको जरूरी 

लण्डनमा रहेकी अनुराधाले कोरोना भाइरस संक्रमणले शिक्षाविदलाई नयाँ सिराबाट सोच्न र वर्तमान शिक्षा नीतिमा पुनर्विचार गर्न बाध्य बनाइदिएको बताउँछिन्।
 
उनी भन्छिन्, “म लण्डनमा बढीमा आठ विद्यार्थीलाई जुममा कक्षा लिन्छु। यहाँ धेरै जसो बच्चाहरूको आफ्नै कोठा हुन्छ। उनीसँग तीब्र गतिको इन्टेरनेट सेवा हुन्छ। ल्यापटप वा ट्याब्लेट जस्तो मल्टिपल स्क्रीन भएको ग्याजेट हुन्छ र त्यसमा उनीहरू अभ्यस्त पनि हुन्छन्।”

भारतको अवस्था विकसित देशको तुलनामा धेरै फरक

अर्कोतर्फ, यदि हामी भारतको कुरा गर्ने हो भने धेरै स्कूल र विश्वविद्यालयहरूले यहाँ अनलाइन शिक्षा अपनाएका छन्। तर, यसबारे शिक्षाविद् र विद्यार्थीहरूको मिश्रित अनुभव छन्।

नयाँ दिल्लीको अशोका विश्वविद्यालयका प्राध्यापक सैकत मजुमदार भन्छन्, “अनलाइन अध्ययनतर्फ रूपान्तरण हुन धेरैजसो सजिलो थियो। लकडाउनका कारण विश्वविद्यालय बिदा भए लगत्तै हामी अनलाइन शिक्षामा रूपान्तरित भयौं। सबै कक्षा गुगल मीट वा जुममा भइरहेको छ।”

सौकतले भने, “तर त्यससँगै विश्वविद्यालयमा केही विद्यार्थीहरूले इन्टरनेट समस्याको सामान गर्नुपरेको थियो। त्यस्ता विद्यार्थी प्रायजसो काश्मिर र ग्रामीण इलाकाका थिए।”

‘अनलाइन कक्षा अस्थायी विकल्पबाहेक अरू केही हुँदैन’

देशका धेरैजसो ठूला निजी विद्यालयहरूले अनलाइन कक्षाका लागि जुमको सहारा लिइरहेका छन्। अभिभावकहरूले यसलाई अस्थायी विकल्पभन्दा अरू केही नभएको बताएका छन्।
 
अनलाइन कक्षा लिइरहेका दुई बच्चाको अभिभावकले नाम नछाप्ने सर्तमा बीबीसीसँग भने, “मेरा बच्चाहरूले जुममा नियमित कक्षा लिइरहेका छन्। अनलाइन शिक्षाको अनुभव ठीक छ। प्रत्येक बच्चालाई विशेष ध्यान दिइनु पर्दछ। त्यसमा भने समस्या देखिन्छ।”

लगभग सबै व्यक्तिको अनुभव यस्तै छ। चाहे त्यो शिक्षक होस वा विद्यार्थी। अभिभावकको पनि त्यो भन्दा फरक अनुभव छैन। कोभिड-१९ महामारीले कलेज अनुभवलाई परिवर्तन गरिदिएको छ। 

सौकत भन्छन्, “त्यहाँ अर्को सेमेस्टरको परीक्षा अनलाइनमार्फत हुने सम्भावना छ। हामीले विद्यार्थीहरूलाई पाठ्यक्रम अनलाइनमै दिएका छौं। विज्ञानको विद्यार्थीहरूका लागि यो केही चुनौतीपूर्ण छ। किनकी उनीहरूले प्रयोगशालामा गएर अभ्यास गर्नुपर्छ।”

विद्यालय तथा विश्वविद्यालयहरूले लकडाउन खुलेपछि कसरी काम गर्ने भन्नेबारे विचार गरिरहेका छन्। विद्यालय वा विश्वविद्यालय खुलेपनि सामाजिक दूरी महत्वपूर्ण हुनेछ। शैक्षिक संस्थाहरूले यूरोप, दक्षिण कोरिया र चीनको अनुभवबाट सिक्नुपर्नेछ।

केही अन्य विद्यालयहरूले विद्यार्थीलाई कक्षाकोठामा प्रवेश गर्दा तापक्रम लिन अनिवार्य गरेको छ। तर, भारत जस्तो सामाजिक र आर्थिक विविधता भएको देशमा फरक फरक वर्गका विद्यार्थीहरूलाई हेर्दा शिक्षाको भविष्य सायद केही फरक हुनेछ। 

अनलाइन शिक्षा नयाँ ट्रेण्डका रूपमा देखा परे पनि सीमान्तकृत बालबालिकाका लागि यो कसरी सम्भव हुनेछ ?

अनुराधा भन्छिन्, “धेरै छात्राहरूका लागि विद्यालय उनीहरूको घरको कठिन जीवनबाट केही सयमका लागि भए पनि स्वतन्त्र हुने थलो थियो। विद्यालयमा पढाईबाहेक साथीहरू हुन्छन्, उनीहरूसँग कुराकानी हुन्छ र दिउँसोको खाना पनि हुन्छ। तर अनलाईन शिक्षाले यी सबै कुरा समाप्त भयो।”

९ वर्षीया रानी राजपूत नयाँ दिल्लीको एक सरकारी प्राथमिक विद्यालयमा पढ्छिन्। लकडाउन शुरू भएपछि रानी घरमा फुर्सदमा बसेकी उनकी आमा राधा राजपूतले बताइन्। 

आमा राधा भन्छिन्, “हामी उत्तर प्रदेशबाट कामको खोजीमा दिल्ली आएका थियौं। श्रीमानले अटोरिक्शा चलाउनुहुन्छ। म घरको घरेलु कामहरू गर्छु। ठूला विद्यालयहरूले कम्प्युटरमा कक्षा लिइरहेका छन् भन्ने हामीले थाहा पाएका छौं। तर, हामीसँग स्मार्टफोनसमेत छैन। विद्यालय बन्द भएदेखि हामीले कुनै पनि सूचना प्राप्त गरेका छैनौं। मेरी छोरी दिनभरि घरभित्र कोठमा बस्दा बस्दा विचलित भइसकिन्।”

नवीनता आवश्यक

अनलाइन कक्षा पँहुच भएका केही शहरी विद्यालयहरूमा सीमित भएका कारण, शिक्षाविद्हरूलाई सबै प्रकारको आर्थिक, सामाजिक पृष्ठभूमि भएका बच्चाहरूको लागि अध्ययन गर्ने नयाँ तरिकाहरू पत्ता लगाउनु चुनौतीपूर्ण भए्को छ। 

“अनलाइन कक्षाले यतिबेला व्यापकता पाए पनि यसले विद्यालयहरूको स्थाको स्थान कहिल्यै लिने छैन”, सामाजिक शिक्षा प्लेटफर्म इकोवेशनका संस्थापक रितेश सिंह भन्छन्।

रितेशले अध्ययनका लागि उन्नत एप बनाए वापत प्रधानमन्त्री इनोवेशन पुरस्कार प्राप्त गरेका थिए। उक्त एपमार्फत देशका आठ राज्यमा करीब १२ लाख विद्यार्थीले अध्ययन गरिरहेका छन्। 

“यदि हामी अनलाइन शिक्षा प्रणाली प्रभावकारी बनाउने हो भने त्यसका लागि प्रत्येक विद्यार्थीको लागि तयार बनाउनु पर्छ,” रितेश भन्छन्, “उदाहरणका लागि, दिल्लीमा बसोबास गर्ने विद्यार्थीका लागि डिजाइन गरिएको भिडियो ट्यूटोरियल बाडमेर वा लातेहार जस्तो दुर्गम क्षेत्रको विद्यार्थीहरूका लागि प्रभावकारी नहुन सक्छ। साथै, यदि तपाईं कमजोर विद्यार्थीहरूलाई त्रिकोणमिति सिकाइरहनु भएको छ भने त्यसबाट कुनै लाभ मिल्ने वाला छैन।”

रितेश र उनको टीम अहिले क्षेत्रीय आवश्यकताअनुसार अध्ययन सामग्री तयार गर्दैछन्।

स्मार्टफोन र इन्टरनेट नभएकाहरूबीच कसरी शिक्षा पुर्‍याउने

तर, भारतको ठूलो जनसंख्यामा अझै पनि स्मार्टफोन तथा इन्टरनेटको पहुँच पुग्न सकेको छैन। त्यसकारण भारतजस्तो मुलुकमा कोभिड-१९ पछि मोबाइल एपमा आधारित शिक्षा प्रणालीबाट बच्चाहरू कसरी लाभान्वित हुनसक्छन् ? भन्ने अहम प्रश्न खडा भएको छ। 

त्यसकारण रितेश र उनको टीम टेलिभिजनको माध्यम अपनाउँदै छन्। उनीहरूले अनुकूलनशील शिक्षाको प्रसारण मोडल बनाएका छन्। भारतको केही राज्यमा उक्त टेलिभिजन कार्यक्रम प्रशारण भइरहेको छ। 

रितेश भन्छन्, “कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरूका लागि बनाइएको हाम्रो एपिसोडहरू २० जुलाईदेखि बिहार र झारखण्डमा प्रसारण भइरहेका छन्। त्यसको धेरै राम्रो प्रतिक्रिया पाएका छौं। त्यसैले अब हामी निम्न माध्यमिक विद्यालयका लागि पनि सामग्री तयार गर्दैछौं।’’

गरीब परिवारबाट आएका प्रायः बच्चाहरूको बाबुआमा काम गर्न जान्छन् र उनीहरूले मोबाइल पनि सँगै लैजान्छन्। त्यस्ता बच्चाहरूले बेलुकी मात्र मोबाइलमा अनलाइन ट्यूटोरियलहरू पढ्न सक्ने बिजेन्दर बताउँछन्। 

तर, यो स्पष्ट छ कि बच्चाहरूलाई टिभी सेटको अगाडि राखेर पढाउन केही झन्झट अवश्य हुनेछ। त्यसका लागि घरमा टिभी हुनुपर्‍यो। घरमा राम्रो वातावरण हुनुपर्‍यो। विद्यार्थीलाई एकाग्रता हुने वातावरण हुनु आवश्यक हुन्छ।

“भविष्यमा हामीले ह्वाट्सएपमार्फत पाठ्य सामाग्री विद्यार्थीहरूसम्म पुर्‍याउने रणनीति बनाएका छौं। तर यस माध्यमबाट हामी ३० प्रतिशत विद्यार्थीमाझ मात्र पुग्न सक्छौं,’’ गुजरातको चिकोदरा गाउँको सरकारी बालिका विद्यालयकी शिक्षिका छाया बेन भन्छिन्, “मेरो स्कूलमा जम्मा ३८० विद्यार्थी छन्। त्यसमध्ये धेरैजसो एकदम गरीब परिवारबाट आएका छन्। तिनीहरूका अभिभावकसँग स्मार्टफोन छैन र उनीहरू आफ्ना बच्चाको पढाइलाई लिएर धेरै चिन्तित पनि छैनन्।’’

त्यस्ता परिवारका बच्चाहरूको लागि महामारीमा एकदमै कठिन भएको छाया बताउँछिन्। त्यस्ता बच्चाहरू पढाई एक वर्ष खेर जाने सम्भावना छ। अझ भनौं उनीहरूले पढाई नै छाड्ने सम्भावना पनि हुनसक्छ।

विद्यालयहरूले आफूलाई सान्दर्भिक बनाउने उपाय खोज्नुपर्छ

२४ बर्षे आनंद प्रधान भारतको सबैभन्दा कान्छा शिक्षाविद् हुन्। उनले आफ्नो जन्मथलो ओडिशा राज्यमा अन्तर्राष्ट्रिय ‘पब्लिक स्कूल अफ रूरल इनोवेशन’को स्थापना गरेका छन्।

कोभिड-१९ पछिको समयमा विद्यालयले आफूलाई उपयोगी बनाइराख्नका लागि उनीहरूले आफैंलाई पूर्ण रूपमा पुन:संरचना गर्नुपर्ने आनंद बताउँछन्। 

उनी भन्छन्, “अनलाइन शिक्षा अबको वास्तविकता हो। यस्तो अवस्थामा बच्चाको जीवनमा आफूले कसरी योगदान पुर्‍याउन सक्छु भनेर विद्यालयहरूले सोच्नु आवश्यक छ।’’

विद्यालयहरू जति ठूला वा साना भए पनि कोभिड-१९ पछिको समय यस्ता चुनौतीहरू कायमै रहने विज्ञहरू बताउँछन्।  शिक्षामा एक खालको क्रान्ति आएको छ र यसले विद्यार्थीमा कसरी लामो अवधिसम्म असर गर्दछ भन्ने हेर्न बाँकी नै छ। 

आनंदको विद्यालयमा विद्यार्थीको प्रतिभा प्रष्फुटन तथा नवीन सोचलाई विशेष जोड दिइन्छ। विद्यार्थीहरूले वैज्ञानिक खेती, उद्यमशिलता तथा आविष्कार सोचजस्ता व्यवहारिक सीप सिकिरहेका छन्। 

“हामी कुशल व्यक्ति तयार पार्न चाहन्छौं। जसले समस्या बुझेर आफै समाभान गर्न सकोस्,’’ आनंद भन्छन्। 

चुनौती विद्यार्थीलाई मात्र होइन शिक्षकहरूलाई पनि छ

हरियाणाको रोहतक जिल्लाले शिक्षाको भविष्यको अर्को तस्वीर देखाउँछ। त्यहाँ बिजेन्दर हुड्डाको टोली त्यहाँ काम गर्दैछन्।

बिजेन्दर त्यहाँ शिक्षा अधिकारीको रूपमा कार्यरत छन। उनी शिक्षकहरूको नेटवर्कका माध्यमबाट डिजिटल शिक्षा दिने प्रयास गरिरहेका छन्। 

उनी भन्छन्, “हामी ह्वाट्सएप मार्फत अधिकतम विद्यार्थीहरू माझ पुग्ने प्रयास गरिरहेका छौं। हामी तिनीहरूलाई भिडिओ र अडिओ ट्यूटोरियलहरू पठाईरहेका छौं।’’

तर, गरीब परिवारबाट आएका प्रायः बच्चाहरूको बाबुआमा काम गर्न जान्छन् र उनीहरूले मोबाइल पनि सँगै लैजान्छन्। त्यस्ता बच्चाहरूले बेलुकी मात्र मोबाइलमा अनलाइन ट्यूटोरियलहरू पढ्न सक्ने बिजेन्दर बताउँछन्। 

“त्यस्ता विद्यार्थीको प्रश्नहरू समाधान गर्नका लागि हामी राती अबेरसम्म काम गर्छौं। हाम्रा शिक्षकहरूले पनि अडिओ र भिडिओ प्रयोग गर्न सिकिरहेका छन्। यो निकै कठिन छ। तर हामीसँग अर्को विकल्प छैन,’’ बिजेन्दरले भने।
 
बिजेन्दरको टीमले गाउँका प्रत्येक बच्चाको शैक्षिक स्थिति सर्वेक्षण गरेको छन्।

विद्यालयहरू जति ठूला वा साना भए पनि कोभिड-१९ पछिको समय यस्ता चुनौतीहरू कायमै रहने विज्ञहरू बताउँछन्।  शिक्षामा एक खालको क्रान्ति आएको छ र यसले विद्यार्थीमा कसरी लामो अवधिसम्म असर गर्दछ भन्ने हेर्न बाँकी नै छ। 

बीबीसीबाट