फेरि कार्यकक्षमै चिकित्सक कुटिए, दोषीमाथि कारबाहीको माग काठमाडौं। झापाको मेची अस्पतालका कार्यरत डा. केवल कपुरी आफ्नो कार्यकक्षमै कुटिएका छन्। उनलाई बबरामीका कुरुवाले कुटपिट गरेको अस्पतालले जनाएको छ। हल्दिबारी गाउँपालिकाका ४०वर्षीय पुष्पराज निरौलाले आइतबार आकस्मिक कक्षमा उनलाई कुटपिट गरेका हुन्। उनले अनावश्यक विवाद गरी चिकित्सकमाथि हातपात गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डा. टङ्कप्रसाद बाह्रकोटीले जानकारी दिए।“हामीले असुरक्षा महसुस गरिरहेका छौं। अस्पतालमै कुटपिट गर्ने जुनसुकै दोषीमाथि कडा कारबाही हुनुपर्छ,”उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्