स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा.कृष्ण पौडेल नियुक्त काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्तामा डा. कृष्ण पौडेल नियुक्त भएका छन्। स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशक रहेका डा.पौडेललाई मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयको प्रवक्ताको जिम्मेवारी दिइएको हो। यसअघिका प्रवक्ता प्रा.डा.जागेश्वर गौतम कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को प्रमुख कार्यकारीमा नियुक्त भएपछि प्रवक्ताको पद खाली थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्