विदेशी फेसनले नछोएको नेपाल वि.सं २००० सालअघिसम्म छोरी मान्छेले जाँघवाला सुरुवाल र चोलो, युवतीहरुले सोह्रदेखि छत्तीस हातसम्मका फरिया,चोलो लगाउँदथे।पटुका कस्दथे र खास्टो ओढ्दथे।स्वास्नीमानिसले आँखीभुइँ टिपेपनि कपाल कसैले काट्दैनथे,निधारमा बरु थरिथरिका टिका बनाउँदथे।त्यति बेला हुनेखानेले अनेकप्रकारका गहना लगाउँदथे।घरभित्र बाथरुम बनाउने र चियाखाने चलन थिएन।एकाधघरमा बिजुली भए पनि बत्ती बाल्नका लागि मात्रै प्रयोग गरिन्थे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्