घुस खाँदा बाबुबाजेको नाम जाने डर ! २००० सालतिर नेपालमा सरकारी कर्मचारीहरुले घुस खाने चलन शुरु भएकै थिएन । कर्मचारी नियुक्ति, अदली, बदली, हुँदाखेरी घुस खाने छैन भनी शालिग्राम, तामा, तुलसी शिरमा राखी शपथ खुवाइन्थ्यो ।पाएको महिनावारीले सबैजसो कर्मचारीलाई एकपेट मनग्य खान पुग्दथ्यो ।राष्ट्रसेवकहरु अनुशासित, लगनशी र समर्थित मात्र हैन व्यवहारिक र राजभक्त जस्ता देखिन्थे।निजामति कर्मचारीको सेवाको हद नतोकिएकाले कर्मचारी प्रायः कहिले पनि सेवा मुक्त हुँदैनथे ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्