आज दशैंको मुख्य दिन, टीका लगाउने उत्तम साइत १० बजेर ०२ मिनेटमा काठमाडाैं । आज बडा दशैं । मान्यजनबाट रातो टिका, पहेँलो जमरा र आशिर्वाद ग्रहण गरेर मनाईंदैछ । घटस्थापनाको दिन राखिएको जमरा आज वैदिक विधिपूर्वक विसर्जन गरेपछि दशैंको टिका लगाएर मनाईंदैछ । आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकको रुपमा यो चाड मनाइन्छ । पञ्चाङ्ग निर्णयक समितिले यस वर्षको टिकाको उत्तम साइत १० बजेर ०२ मिनेटमा रहेको जनाएको हो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्