दशैंमा दर्शन गर्न सकिने उपत्यकाका नौ शक्तिपीठ काठमाडौं। दशैं शुरु भएसँगै उपत्यकाका शक्ति पीठहरुमा भक्तजनहरुको भिडभाड बढेको छ। उपत्यकाका नौ शक्तिपीठ भद्रकाली, संकटा, नक्साल भगवती, कालिकास्थान, शोभा भगवती, इन्द्रायणी, टुडालदेवी, गुह्वेश्वरीलगायतका मन्दिरहरुमा यतिबेला भक्तजनको ठूलो भीड देखिन्छ। नवरात्रका नौ दिनसम्म नै यी शक्ति पीठहरुमा भक्तजनको घुइँचो लाग्ने गर्दछ। नवरात्रमा शक्तिपीठहरुमा गएर देवी दुर्गाको आराधना गर्नाले शक्ति, ऐश्वर्य र सुख शान्ति मिल्ने जन विश्वास रहेको पाइन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्