मेरो समाचार

तिक्तता बढाउन मैले अलग प्रस्ताव गरेको होइन : प्रचण्ड
बुधबार, मंसिर ३, २०७७

प्रचण्डको ‘राजनीतिक प्रस्ताव’ सचिवालयमै अलपत्र, छलफलसमेत भएन
- प्रचण्डको प्रस्तावमा प्रवेश नै नगरी सचिवालय बैठक १० दिनसम्मका लागि स्थगित
- मंसिर १३ को सचिवालय र मंसिर १८ को स्थायी कमिटीमा छलफलको अजेण्डा बन्न नसक्ने
बुधबार, मंसिर ३, २०७७

प्रचण्डलाई ओलीले भने, ‘लाञ्छानायुक्त आरोपका एक-एक जवाफ पाउनुहुन्छ’
- प्रचण्डको प्रस्तावलाई ‘राजनीतिक प्रस्ताव’मान्न प्रधानमन्त्रीद्वारा अस्वीकार
- प्रचण्डको आरोपमा तथ्यहीन, कुण्ठाग्रस्त र आधारहीन भएको प्रधानमन्त्रीको भनाइ
- मंसिर १३ गते बस्ने सचिवालय बैठकमा प्रधानमन्त्रीले एकल रूपमा राजनीतिक प्रस्ताव पेश गर्ने
बुधबार, मंसिर ३, २०७७

नेकपा सचिवालय भङ्ग गर्न महासचिव पौडेलको प्रस्ताव
- नेकपा सचिवालय अक्षम भएको महासचिवको निष्कर्ष
- सचिवालयको सांगठानिक संरचना कायम राखे नेकपा विघटनतर्फ जाने भनाई।
- सचिवालयको काम स्थायी कमिटीले गराउनु पर्ने पौडेलको जोड
बुधबार, मंसिर ३, २०७७

प्रचण्डजीले लगाएको आधारहीन लाञ्छानाको जवाफ व्यवस्थित र तथ्यपरक रूपमा दिनेछु : प्रधानमन्त्री
- कार्यकारी अध्यक्ष प्रचण्डले लगाएको आरोप स्वीकार गर्न नसक्ने भन्दै प्रधानमन्त्री ओलीले सचिवालय बैठकमा व्यवस्थित रूपमा जवाफ दिने जनाएका हुन्।
बुधबार, मंसिर ३, २०७७

अन्तरिम विधान, कार्यविभाजन र स्थायी कमिटीको निर्णयविपरीत प्रचण्डको ‘प्रस्ताव’
- अध्यक्षद्धयको परामर्श मात्रै महासचिवले बैठकमा प्रस्ताव र कार्यसूची पेश गर्न सक्ने प्रावधान छ।
- अध्यक्ष र महासचिवसँग परामर्श नै नगरी अचानक प्रचण्डद्धारा ‘प्रस्ताव’ पेश भएपछि प्रधानमन्त्री ओलीको अस्वीकारोक्ति।
- कार्यकारी अध्यक्ष प्रचण्ड भने जसरी पनि छलफल गर्नुपर्ने अडानमा छन्।
मंगलबार, मंसिर २, २०७७

नेपाल र गौतमसमक्ष ओलीको गुनासो : प्रचण्डले काम गर्नै दिएनन्, बखेडा मात्रै झिकिरहे
- वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष बामदेव गौतमसँग अलग-अलग भेटघाट।
- अब हुने मन्त्रीमण्डल पुनर्गठनदेखि महाधिवेशनको नेतृत्वसम्म छलफल।
- प्रचण्डका कारण पार्टी गम्भीर मोडमा पुगेको भन्दै सहमतिको वातावरण तयार पार्न नेताद्वयसँग आग्रह।
- प्रचण्डले जिम्मेवारी पाएको काम नगर्ने तर सरकारको काममा हस्तक्षेप मात्रै गरेको गुनासो प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपालसमक्ष राखेका छन्।
आईतबार, कात्तिक ३०, २०७७

नेकपा सचिवालय बैठक सम्पन्न : अन्तरपार्टी निर्देशका (अपानि) पढ्ने निर्णय
- प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले मंसिर ३ गतेसम्म सो अन्तरपार्टी निर्देशिनका अध्ययन गरेर आउने निर्णय गरेको छ।
शुक्रबार, कात्तिक २८, २०७७

सचिवालय बैठकमा जानुअघि प्रचण्डले गरे एक्लाएक्लै परामर्श
- सचिवालय बैठकमा जानुअघि अध्यक्ष प्रचण्डले बिहीबार र शुक्रबार सामूहिक रूपमा नभइ एक्लाएक्लै परामर्श गरेका हुन्।
- पत्रको जवाफ पत्रमा पाएपछि प्रचण्डले अन्तिममा उपाध्यक्ष बामदेव गौतमसँग राय लिएका थिए।
- गौतमले सचिवालय बैठकमा नरम भएर प्रस्तुत हुन प्रचण्डलाई सुझाव दिएको बुझिएको छ।
शुक्रबार, कात्तिक २८, २०७७

सचिवालय बैठकमा दुवैतर्फको साझा अजेण्डा : पत्रका सवालजवाफ!
- अजेण्डा नभएको भन्दै प्रधानमन्त्रीले सचिवालय बैठक बोलाउन अस्वीकार गरिरहेका थिए।
- प्रचण्ड नेतृत्वको असन्तुष्ट समूहले प्रधानमन्त्रीलाई आरोप लगाउँदै कात्तिक २२ गते पत्र पठाएर सचिवालय बैठक माग गरेको थियो।
- प्रधानमन्त्रीले कात्तिक २७ गते पत्रको जवाफ दिने क्रममा उल्टै प्रचण्डमाथि प्रतिप्रश्न गरेका थिए।
शुक्रबार, कात्तिक २८, २०७७

कांग्रेसमा नेतृत्व हस्तान्तरण बहस : ‘टेस्टेड’लाई दोहोर्याउनु भन्दा ‘अनटेस्टेड’लाई मौका दिन सुझाव
- ‘टेस्टेड’ भन्दा ‘अनटेस्टेड’ व्यक्तिले सफल नेतृत्व गर्ने भएकाले नयाँलाई प्राथमिकता दिनुपर्ने बहस सुरू।
- अहिलेको ६० प्लसको पुस्ता असफल भएको राजनीतिक विश्लेषक श्याम श्रेष्ठको भनाई।
- नयाँ पुस्ता तयार छ, तर उनीहरुलाई अवसर छैन भन्ने मतको मात्रा बढी।
बिहिबार, कात्तिक २७, २०७७

प्रचण्डले नगरेपछि ओली आफैं महाधिवेशन कार्ययोजना बनाउँदै
- स्थायी कमिटीको निर्णयअनुसार प्रचण्डले कात्तिकको पूर्वाद्र्धमै महाधिवेशनको कार्ययोजना बनाएर सचिवालयमा पेस गर्नुपर्ने थियो।
- प्रचण्डले महाधिवेसनको कार्ययोजना नबनाएर पार्टीको काम अलपत्र पारेको बुझाइका साथ प्रधानमन्त्री ओलीले आफै कार्ययोजना बनाउने काममा अग्रसरता लिएका छन्।
- प्रचण्डले मस्यौदा दस्तावेज पेश नगर्दा सचिवालय बैठक एजेन्डाविहिन हुन पुगेको छ।
- स्थायी कमिटीले चैतको अन्त्यमा एकता महाधिवेसन गर्ने निर्णय गरेको थियो।
आईतबार, कात्तिक २३, २०७७

मदन भण्डारीको जबज ओली-नेपाललाई जोड्ने ‘सुपर–ग्लु’ बन्ला ? (भिडिओसहित)
- आन्तरिक शक्ति संघर्षमा अध्यक्ष एवं प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधव नेपाल फरक कित्तामा छन्।
- पार्टीमा आन्तरिक शक्ति संघर्ष चुलिएका बेला प्रधानमन्त्री ओलीले नेपालसँग सहकार्यको प्रस्ताब गरेका छन्।
- अन्य विवादमा फरक ठाउँमा उभिए पनि ओली र नेपाल दुवै जबजको स्वामित्व लिने विषयमा भने एक छन्।
शनिबार, कात्तिक २२, २०७७

आज नेकपा सचिवालय बैठक नै छैन- विष्णु पौडेल
- आज नेकपाको सचिवालय बैठक नबोलाइएको नेकपा महासचिव पौडेलले बताएका छन्।
- अध्यक्ष प्रचण्डले सल्लाह गर्नका लागि साथीहरूसँग भेटघाटको निम्तो दिएको हुनुपर्छ। यसबारे उहाँलाई नै बढी जानकारी होला।
शुक्रबार, कात्तिक २१, २०७७

बालुवाटारमा प्रचण्डलाई प्रधानमन्त्रीले सोधे- ‘कार्यकारी अधिकार दिएको एक वर्ष पुग्यो, पार्टीको के-के काम गर्नुभयो ?’
- गएको स्थायी कमिटी बैठकले १० दिन भित्र सबै विवाद हल गर्ने निर्णय गरेको थियो। त्यसमा के–कति प्रगति गर्नुभयो ? महाधिवेशन केन्द्रित के–के काम गर्नुभयो ?
- सबैलाई निकालेर मन्त्रीमण्डल पुर्नगठन गरौं भन्नुहुन्छ, त्यो कसरी सम्भवः हुन्छ ? उनीहरुलाई निकालेर पुनर्नियुक्ती गर्दा अपमान हुदैन ?
- बालुवाटारमा एउटा कुरा गर्ने, यहाँ सहमति गरेर जाने अनि खुमलटारा पुगेपछि अर्को कुरा गर्ने ?
बिहिबार, कात्तिक २०, २०७७

आफ्नाले छाड्दै गएपछि पार्टीभित्र कमजोर बन्दै प्रचण्ड
- दुःखमा सँगै संघर्ष गरेका पूर्व माओवादीकै नेताहरूको प्रचण्डलाई साथ छैन।
- डा. बाबुराम भट्टराई, मोहन वैद्य र नेत्रविक्रम चन्दजस्ता नेताहरूले धेरैअघि प्रचण्ड र उनको माओवादी छोडिसकेका थिए।
- पूर्व माओवादीले निरन्तर प्रचण्डको साथ छाड्नुका साथै नेकपामा पनि मुख्य नेताहरू अहिले प्रचण्डसँग छैनन्।
११ घण्टा पहिले

नेकपामा नयाँ मोड : ओली-नेपालबीच सहकार्य गराउन प्रयास जारी
- कात्तिक ५ र ११ गते प्रधानमन्त्री ओलले वरिष्ठ नेता नेपाललाई सहकार्यको प्रस्ताव गरेका थिए।
- प्रधानमन्त्रीका खास सहयोगीहरूले पुराना एमाले नेता प्रदीप नेपाललाई भेटेर ओली-नेपालबीच सहकार्यको वातावरण बनाउन आग्रह गरेका थिए।
- वरिष्ठ नेता नेपालले पनि आफू सहकार्यका लागि तयार रहेको तर ओली सच्चिनुपर्ने सन्देश दिन प्रदीप नेपाल निवास पुगेका थिए।
मंगलबार, कात्तिक १८, २०७७

बालुवाटार-खुमलटार विवादमा खनाल, नेपाल र गौतमको मौनता अर्थपूर्ण
- नेकपा अध्यक्षद्वयबीच विवाद उत्कर्षमा पुग्दा सचिवालयका तीन नेताको मौनतालाई अर्थपूर्ण रूपमा हेरिएको छ।
- पार्टी विवादबारे बोल्न सञ्चारकर्मीले आग्रह गर्दा माधवकुमार नेपाल मौन रहे।
- झलनाथ खनाल र बामदेव गौतम पनि आइतबारको घटनापछि सार्वजनिक कार्यक्रममा सहभागी भएका छैनन्।
मंगलबार, कात्तिक १८, २०७७

प्रचण्डलाई परराष्ट्रमन्त्रीको कुरा मन परेपछि ओलीले सोधे, ‘नाश हुने हो?’
- परराष्ट्रमन्त्री ज्ञवालीले प्रचण्डलाई ‘मिल्नै नसके अलग हुनु, नत्र गाईजात्रा नगर्नू’ भनेर सुझाएका थिए।
- प्रचण्डले प्रधानमन्त्रीलाई अलग हुने प्रस्ताव गरेका थिए।
- स्थायी कमिटीको निर्णय अनुसार ओलीलाई पाँच वर्ष सरकार चलाउन दिनुपर्ने रामबहादुर थापाको अडान।
सोमबार, कात्तिक १७, २०७७

खुमलटारमा प्रचण्डको बिफ्रिङ : अबको प्रधानमन्त्री माधव नेपाल
- आइतबार बिहान खुमलटारमा बोलाइएका गृहमन्त्री रामबहादुर थापालाई प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अविश्वासको प्रस्तावबाट हटाएर नेपाललाई प्रधानमन्त्रीको रूपमा अगाडि सार्न लागेको ‘ब्रिफिङ’ गरेका हुन्।
आईतबार, कात्तिक १६, २०७७

प्रधानमन्त्री हटाउने प्रचण्डकाे प्रस्ताव थापाद्वारा अस्वीकार, श्रेष्ठसँग खुमलटारमै वादविवाद
- आइतबार बिहान प्रचण्डनिवास खुमलटारमा बोलाइएको भेलामा पुगेका नेकपा सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री थापाले प्रचण्डको प्रस्ताव अस्वीकार गरेका हुन्।
- थापाले भने प्रचण्डको प्रस्ताव अस्वीकार गर्दै आफ्नो समर्थन नहुने भन्दै हिँडेका थिए।
- उक्त भेलामा वरिष्ठ नेता नेपाललाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गर्ने योजना बनाएको पनि थापालाई ‘बिफ्रिङ’ गरिएको थियो।
- सचिवालय र स्थायी कमिटी बैठकबाट मात्रै महत्त्वपूर्ण निर्णय लिनुपर्नेमा थापाले जोड दिएपछि पार्टी प्रवक्तासमेत रहेका नारायणकाजी श्रेष्ठ एक्कासी थापामाथि बर्सिन पुगेका थिए।
आईतबार, कात्तिक १६, २०७७

खुमलटारमा प्रचण्डको ब्रिफ्रिङ: प्रधानमन्त्रीले अलग हुने प्रस्ताव गर्नुभयो
- खुमलटारमा आफू निकट नेताहरूसँग कुराकानी गर्दै कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले शनिबारको भेटघाटमा सो प्रस्ताव गरेको ब्रिफ्रिङ गरेका हुन्।
आईतबार, कात्तिक १६, २०७७

‘माइक्रो म्यानेजमेन्ट’मा नलाग, नेपाली भूमिबाट फौज हटाऊ
- प्रधानमन्त्री ओलीले भारतको राजनीतिक तहबाट भन्दा पनि गुप्तचर संस्था ‘रअ’ले नेपालको राजनीतिमा हस्तक्षेपको प्रयास गरिरहेको उल्लेख गर्दै उक्त कार्य तत्काल रोक्नु पर्ने सन्देश पठाएको स्राेतकाे दाबी छ।
- भारतीय प्रधानमन्त्रीका विशेष दूतका रूपमा ‘रअ’ प्रमुख गत कात्तिक ५ गते नेपाल आएका थिए।
शनिबार, कात्तिक १५, २०७७

समाचार टिप्पणी: कर्णालीले यसरी हल्लाउँदैछ काठमाडौंको नेकपालाई
- गत असोज २५ गते छापामार शैलीमा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध बहुमत १८ सांसदकाे अविश्वासको प्रस्तावबाट सुरु भएको विवादले नेकपाभित्र ‘विसर्जन’ सम्मको बहस सुरु भएको छ।
- बालुवाटारको बैठकमा बोलाइएका प्रचण्ड भने उपस्थित भएनन्, जुन घटनाले नेकपाभित्र ओली–प्रचण्डबीच मनमुटाव भएको प्रस्टै देखिन पुग्यो।
- थापा र सापकोटाले जारी गरेको अलग-अलग विज्ञप्तिले ओली-प्रचण्ड बीचमा कति धेरै अविश्वास गहिरिएको छ भन्ने पुनर्पुष्टि कात्तिक ४ गते नै छरपष्ट भयो।
शनिबार, कात्तिक १५, २०७७

नेकपा अध्यक्ष र प्रवक्ताबीच ६ महिनायता व्यक्तिगत भेटघाट बन्द
- “पार्टी अध्यक्ष र प्रवक्ताबीच खासमा दिनदिनै भेटघाट हुनुपर्ने हो, तर त्यो हुन अझै सकेको छैन” : नेकपा प्रवक्ता
- स्थायी कमिटीले गरेको निर्णय कार्यान्वयन गर्नका लागि र त्यसको समीक्षा गर्नका लागि सचिवालय बैठक आवश्यक भएको श्रेष्ठको भनाइ छ।
शुक्रबार, कात्तिक १४, २०७७
.jpg)
पोखरेललाई शक्तिशाली बनाउँदै प्रधानमन्त्री
- प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतमा धेरै योजनाहरु छन्।
- समृद्ध नेपाल र सुखी नेपालीको अभियान पूरा गर्ने उद्देश्यमा प्रधानमन्त्रीले पोखरेलको जिम्मेवारी हेरफेर गरेको भनाइ।
- पोखरेलले अब विकास–निर्माणका आयोजना अनुगमन, सम्पत्ति शुद्धीकरणलगायतका काम कारवाही हेर्ने छन्।
बुधबार, असोज २८, २०७७

कर्णाली विवादमा प्रचण्डको हस्तक्षेप प्रयास जारी, मुख्यमन्त्री शाहीको पक्षमा ८ सांसद मात्रै
- गत आइतबारदेखि प्रचण्डले हस्तक्षेपको प्रयास निरन्तर गरिरहे पनि विववाद साम्य भने भइसकेको छैन।
- गम्भीर राजनीतिक संकटमा परेका मुख्यमन्त्री शाहीले पार्टी केन्द्रलाई हस्तक्षेप गर्न आग्रह मात्रै गरिरहेका छैनन्, मन्त्रीमण्डल पुनर्गठन गरेर भए पनि कर्णाली प्रदेशका विवाद हल गर्ने प्रयास गरिरहेका छन्।
मंगलबार, असोज २७, २०७७

आफूलाई साथ नदिने पूर्वमाओवादी नेतालाई मन्त्री हुनबाट रोक्दै छन् प्रचण्ड
- ओली सरकारको मन्त्रीमण्डल पुनर्गठन गर्ने प्रयास जारी रहेको बेला पूर्वमाओवादी समूहका केही नेताहरूप्रति प्रचण्ड अनुदार देखिएका हुन्।
- गृह मन्त्रालय छाडेर उपप्रधानमन्त्रीसहित अर्को मन्त्रालय रोज्ने प्रस्ताव प्रचण्डले बादलसँग राखेका थिए।
- सबैलाई राजीनामा दिलाएर पुनर्नियुक्त गर्नुपर्ने प्रचण्डको प्रस्तावको दोस्रो मार उद्योगमन्त्री लेखराज भट्टले भोग्नुपर्ने थियो।
शुक्रबार, असोज २३, २०७७

आफूलाई साथ नदिने पूर्वमाओवादी नेतालाई मन्त्री हुनबाट रोक्दै छन् प्रचण्ड
- ओली सरकारको मन्त्रीमण्डल पुनर्गठन गर्ने प्रयास जारी रहेको बेला पूर्वमाओवादी समूहका केही नेताहरूप्रति प्रचण्ड अनुदार देखिएका हुन्।
- गृह मन्त्रालय छाडेर उपप्रधानमन्त्रीसहित अर्को मन्त्रालय रोज्ने प्रस्ताव प्रचण्डले बादलसँग राखेका थिए।
- सबैलाई राजीनामा दिलाएर पुनर्नियुक्त गर्नुपर्ने प्रचण्डको प्रस्तावको दोस्रो मार उद्योगमन्त्री लेखराज भट्टले भोग्नुपर्ने थियो।
शुक्रबार, असोज २३, २०७७
.jpg)
वामदेवकै वरिपरि नेकपाका तीन वर्ष, अझै देखिँदैन व्यवस्थापनको संकेत
- संघीय संसदमा जाने वामदेवको धोको तीन वर्षमा पूरा भएसँगै उनमा अब मन्त्री हुने चाह चुलिएको छ।
- गौतमको काँधमा बन्दुक राखेर पड्काउने काम धेरै भए पनि अन्ततः उनी साउन १९ देखि ओलीको कित्तामा उभिए।
- गौतमको व्यवस्थापनको काम निप्टारा लाग्ने संकेत अझै देखिइसकेको छैन।
बिहिबार, असोज १५, २०७७

चार प्रमुख राजनीतिक दलमा महाधिवेशनको रटान, तर कसैका संगठन छैनन् चलायमान !
- सत्तारुढ नेकपा, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राप्रपा महाधविशेनको मुखैमा छन्।
- कुनै पनि पार्टीको एकीकरण र समायोजन प्रक्रिया नसुल्झिँदा संगठन भताभुङ्ग अवस्थामा छन्।
- नेकपाको चैतमा र कांग्रेसको फागुनमा महाधिवेशन गर्ने तय भएको छ।
- राजपा र समाजवादी मिलेर बनेको राजपा र हालसालै एकीकृत भएको राप्रपा एकीकरणको सुरूआती प्रक्रियामै छन्।
सोमबार, असोज १२, २०७७

देउवाबिरुद्ध मोर्चाबन्दी कसिलो पार्दै पौडेल समूह, असन्तुष्ट केन्द्रीय नेताहरुको हस्ताक्षर दर्ता गरिँदै
- महाधिवेशनको मिति तय भइसकेपछि पनि देउवाले विभागहरु गठन गर्दै गएको र क्रियाशील सदस्यता वितरणमा एकलौटी गरेको भन्दै पौडेल समूह रुष्ट।
- सिटौला समूह भने हस्ताक्षर संकलनमा सहमत हुन आनाकानी गरिरहेको छ।
- हस्ताक्षर संकलन प्रक्रियामा संलग्न नभए पनि यो विषय केन्द्रीय समितिमा उठाउने सिटौला समूहको भनाइ।
आईतबार, असोज ११, २०७७

असोज १४ को पर्खाइमा बामदेव
- प्रधानमन्त्री ओलीलाई भेटघाट गरेर गृह वा अर्थ मन्त्रालयको जिम्मेवारी दिएमा आफूले 'कायापलट' गर्ने प्रस्ताव बामदेवले गरेका छन्।
- सर्वोच्चले असोज ७ गते बामदेवलाई तत्काल थप जिम्मेवारी नदिन आदेश जारी गरेको थियो। उनी अब सर्वोच्चको असोज १४ को निर्णय कुरिरहेका छन्।
आईतबार, असोज ११, २०७७
.jpg)
एसिडपीडितको पक्षमा सरकार : आक्रमण गर्नेलाई २० वर्ष कैद र १० लाखसम्म जरिवानासहितको कानून आउँदै
- एसिड आक्रमणमा परेर अङ्गभङ्ग भएका पीडितलाई प्रधानमन्त्रीले सामूहिक भेटेर कडा कानून ल्याउने प्रतिबद्धता जनाएलगत्तै सरकारले प्रक्रिया अघि बढाएको हो।
- अब पीडितको उपचार सरकारले गर्नेछ र पीडक प्रक्राउ परेपछि वा अदालतको अन्तिम फैसलापछि सो रकम असुल गरिनेछ।
शुक्रबार, असोज ९, २०७७

पाठयपुस्तकमा त्रुटि भेटियो, सच्याएर वितरण गर्छौं: मन्त्री अर्याल
- भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालले पाठयपुस्तकमा राखिएका तथ्यांकहरु सच्याएर मात्रै वितरण गरिने जानकारी दिइन्।
- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले नयाँ नक्सासहित समेटिएको पुस्तक वितरण गर्न रोक प्रधानमन्त्री ओलीले रोक लगाएको भन्ने विभिन्न खाले टिका–टिप्पणी आईरहेको बेला मन्त्री अर्यालले सो जानकारी दिएकी हुन्।
बुधबार, असोज ७, २०७७

कांग्रेस महाधिवेशनः क्रियाशील सदस्यता टुंगिएको छैन, उम्मेदवारी घोषणाको प्रतिस्पर्धा
- १३ औं महाधिवेशनकै प्रतिनिधिहरूलाई कायम गरेर भए पनि विशेष महाधिवेशन समयमा गर्नुपर्ने नेता पौडेलको भनाइ।
- बिजयकुमार गच्छदारले नेतृत्व गरेको तत्कालीन मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबीच पार्टी एकता भए पनि प्रदेश-२ का ८ जिल्लामा अझै समायोजन हुन सकेको छैन।
- अहिलेसम्म ५६ जिल्लाको मात्रै क्रीयाशील सदस्यता केन्द्रबाट जिल्ला पठाइएको छ।
मंगलबार, असोज ६, २०७७

पेरिसडाँडा बैठकः फिलिङ कार्यकारी कि फिलिङ नेकपा ?
- पार्टीको औपचारिक बैठक कहिल्यै पनि पेरिसडाँडामा बसेको थिएन।
- प्रचण्डलाई कार्यकारी अध्यक्षको भूमिका दिइँदा भदौ २६ मा नेकपाको विवाद समाधानतिर गएको थियो।
- ''यो प्रचण्ड कमरेडको ‘फिलिङ कार्यकारी’ कदम होइन। यो त लाखौं नेता कार्यकर्ताको ‘फिलिङ नेकपा’ हो।''
आईतबार, असोज ४, २०७७

संविधान कार्यान्वयन र स्वामित्व ग्रहणको अन्तिम वर्ष
- अघिल्ला सबै संविधान शासकको स्वार्थ र चाहना अनुसार बने। तर, २०७२ सालको संविधान जनता आफैंले आफ्ना लागि बनाएकोले यसको महत्व बढी छ।
- नयाँ संविधानको कार्यान्वयन लगभग सकिन लाग्दा संविधान निर्माण प्रक्रियामा असन्तुष्ट हुँदै आन्दोलनमा होमिएका दल तथा समुदाय पनि यसको स्वामित्व ग्रहणमा आउँदेछन्।
- संविधान निर्माण प्रक्रियामा सबै विचार र सिद्धान्तको प्रतिनिधित्व भएकोले नेपालको संविधान अन्तर्राष्ट्रिय समुदायसामु उदाहरणीय दस्तावेज भएको छ।
- "संविधान बनाउँदा सबै राजनीतिक दलले जिते, कसैको एकल मान्यता र सिद्धान्त स्थापित भएन, त्यसैले त सवैको स्वामित्व ग्रहण हुन पुग्यो।"
शनिबार, असोज ३, २०७७

विरोधाभाषपूर्ण ‘कालो दिवस’: सधैं विवादैमात्र गरिरहने कि सहमतिको उपाय पनि खोज्ने ?
शनिबार, असोज ३, २०७७

राजनीतिक स्थायित्व र बलिया दलहरु
- गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता, समानुपातिक प्रतिनिधित्वको व्यवस्थासहित मौलिक हकअधिकार समेटिएको यो संविधानलाई राजनीतिक स्थायित्व दिने संविधानको रुपमा पनि सम्झन सकिन्छ।
- संघीय निर्वाचनपछि ८ राजनीतिक दल प्रतिनिधिसभामा पुगेका थिए, अहिले त्यो घटेर ६ वटामा सीमित छ।
- राजनीतिक स्थिरताले देशमा समृद्धि ल्याउँछ, विकासको ढोका खुल्छ भन्ने जनविश्वासलाई साकार रुप दिन पनि बाँकी नै छ।
शुक्रबार, असोज २, २०७७

कांग्रेसको १४औं महाधिवेशन: ‘पारिवारिक लिगेसी’ कायम राख्न टक्कर
- पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले अभिभावकको भूमिकामा बस्नुपर्ने आवाज।
- कांग्रेस संस्थापक तथा पहिलो जननिर्वाचित प्रधाननमन्त्री बीपी कोइराला, सर्वमान्य नेता गणेशमान सिंह तथा कांग्रेसका पूर्वमहामन्त्री महेन्द्रनारायण निधिको पारिवारिक लिगेसी थामिरहेका शीर्ष नेताहरू बीचमा आगामी महाधिवेशन केन्द्रित हुने संकेत।
- कांग्रेसको सात दशक लामो राजनीतिक इतिहासमा पहिलोपटक तीन जना नेताका सुपुत्रहरूले एकैपटक सभापतिको दाबी प्रस्तुत गरेका छन्।
बिहिबार, भदौ २५, २०७७

नेकपाको स्थायी कमिटीमा प्रस्ताव : कालापानीलगायत भूमिमा हकभोग स्थापित गर्न तत्काल पहल गरिने
- अतिक्रमित भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई नयाँ नक्सामा समावेश गरेपछि सो भू-भागको राजनीतिक तथा प्रशासनिक हकभोग स्थापित गर्नका लागि भारतसँग तत्काल सम्वाद प्रक्रिया अघि बढाउने।
- भारतले सुस्ता र कालापानीलाई विवादास्पद क्षेत्र भनेर स्वीकार गर्दा गर्दै पनि नयाँ राजनीतिक नक्सा प्रकाशन गर्नु र सडक उद्घाटन गर्नु दुवै गलत भएको नेकपाको प्रस्तावमा उल्लेख।
- नेकपाले भारतलाई लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भू-भाग हो भनेर स्वीकार गर्न र नेपालको भौगोलिक अखण्डताको कदर गर्न आग्रह गर्दै वार्ताद्धारा समस्याको समाधानका लागि वार्तामा आउन आह्वान गर्ने।
बिहिबार, भदौ २५, २०७७

नेकपा स्थायी कमिटी बैठक बोलाइँदै, प्रचण्ड-नेपालले कार्यदल प्रतिवेदनको थप व्याख्या खोज्ने
- कार्यदलको प्रतिवेदनप्रति कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले थप स्पष्टता खोजेका छन्।
- प्रचण्डको कार्यकारी भूमिकाको स्पष्ट व्याख्या र ‘एक व्यक्ति, एक पद’को अजेन्डालाई कार्यदलको प्रतिवेदनले सम्बोधन नगरेको भनाइ।
- आफूनिकट कार्यदलका सदस्यले प्रतिवेदनको बचाऊ गरे पनि कार्यकारी अध्यक्ष प्रचण्डले आफ्नो भूमिकाको थप व्याख्या खोजेका छन्।
सोमबार, भदौ २२, २०७७

प्रधानमन्त्री ओलीलाई १२औं पटक मन्त्रीमण्डल पुनर्गठनको बाटो खुल्ला
- संघीय संसदबाट पहिलो निर्वाचित प्रधानमन्त्री ओलीले गत २०७४ फागुन ३ गते कार्यभार सम्हालेपछि खतिवडाले आज राजीनामा दिए लगत्तै १२औं पटक मन्त्रीमण्डल पुनर्गठन गर्ने बाटो खुल्ला भएको हो।
- १२ औं पटक हुन लागेको ओली मन्त्रीमण्डल पुनर्गठनमा ३ जना मन्त्रीहरु थपिने छन्।
- ओलीले आफू २०७६ फागुन ३ मा प्रधानमन्त्री नियुक्त भएपछि दुई महिनामा- फागुन ३, फागुन १४ र चैत २ गते मन्त्रीमण्डल विस्तार गरेका थिए।
११ घण्टा पहिले

युवराज खतिवडा बाहिरिएपछि दुई मन्त्रालय रिक्त हुने, मन्त्रीमण्डल विस्तार हुँदै
- अर्थ मन्त्रालयमात्रै सम्हाल्दै आएका खतिवडाले यसअघि विवादमा परेका तत्कालिन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएपछि सो पदसमेत सम्हाल्दै आएका थिए।
- प्रधानमन्त्री ओलीलाई मन्त्रिपरिषद बैठकमा खतिवडाले आफ्नो पदीय जिम्मेवारीको राजीनामा बुझाएपछि अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय खाली भएका हुन्।
१५ घण्टा पहिले
.jpg)
पाँचौं प्रयासमा गौतम संघीय संसदमा पुग्दै, गौतमको गुन तिर्दै ओली
- अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संविधान संशोधन गरेर भएर पनि राष्ट्रियसभामा लैजान मञ्जुर भएको तर २०७६ फागुन १६ गते सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले संविधान संशाेधन लान नसकिने बताएका थिए।
- हुदाँहुदाँ गत असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठक चलिरहेको बखतमा ‘भैसेपाटी गुट’ले असार १६ मा पुग्दा ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने शर्त राखेको थियो।
- सो मागपछि नेकपा भित्रको विवाद निकै चर्किन पुगी पानी बाराबारको स्थिति रहेको बेला गौतमले साउन ३१ गते ६ बुदेँ प्रस्ताव राखेका थिए।
बिहिबार, भदौ १८, २०७७

नेकपा विवाद समाधान उन्मुख: दुई महिनाको संघर्षपछि ओलीलाई अनुकूल, प्रचण्ड-नेपाल समूह रक्षात्मक
- प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध लागेका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई ‘रक्षात्मक’ बनाउँदै कार्यदलले सुझाव दिएपछि नेकपा भित्रको विवाद समाप्तिको दिशातर्फ गएको छ।
- गत असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठक आन्तरिक विवादमा रुमल्लिएपछि दुई महिना नाघिसक्दा पनि ननिस्किएको समाधान खोज्न कार्यदल गठन गरी सुझाव मागिएको थियो।
- कार्यदलको प्रतिवेदनले पार्टीभित्र ओलीका मान्यता र अडानलाई नै संस्थागत गरिदिएको अवस्थामा भदौ १८ मा सचिवालय बैठक बस्दैछ।
बुधबार, भदौ १७, २०७७